वागमती प्रदेशमा तामाङ र नेपाल (नेवार) भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अघि बढाइएको छ । आज (सोमबार) बसेको प्रदेश मन्त्री परिषद्को बैठकले यी दुई भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अगाडी बढाएको हो ।
आज बसेको बैठकले अघि बढाउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम झमकट्टेलले पुष्टि गरेका छन् ।
वागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषाको बाहुल्यता रहेको छ । संविधान अनुसार सबैभन्दा बढी बोल्ने २ वटा भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने प्राब्धन रहेको छ ।
पहिचान र सामथ्र्यको आधारमा संघीयता निर्माण गर्नुपर्छ भन्ने माओवादी केन्द्रको लक्ष्य रहेता पनि यो हुन सकेन । वागमती प्रदेशको नामाकरण गर्दा माओवादी सांसदहरुले नेवा–तामसालिङको प्रस्ताब गरेको थियो । तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संसदीय दलको नेताका हैसियतले वागमती नामाकरण गर्न व्हीप जारी गरेको थियो । नेवा–तामसालिङ नामाकरण प्रस्ताव पेश गर्न प्रस्तावक र समर्थक समेत नपाएपछि दर्ता हुन सकेन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















