काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ ।

चलालगणेशथान स्थित गणेशस्थान ढुंगाखानीबाट झरेको पहिरोमा परेर स्थानीय ४४ वर्षीय निर बहादुर तामाङ, ४० वर्षीया साबित्री तामाङ र ठुलीमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पहिरोले पुरिएर ठुलीमाया तामाङ गम्भिर भएको र उनको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी नायब उपीक्षक अन्जना श्रेष्ठले जानकारी दिइन् ।उनका अनुसार आज बिहान ३ः३० बजे ढुंगाखानीबाट झरेको पहिरोले निर बहादुर तामाङको तीन तल्ले कच्ची घर पूर्ण रुपमा क्षति भएको छ ।

पहिरोले पुरिएका उनीहरुको नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।