माओवादी केन्द्रको भातृसंगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल पनौती नगर कमिटीको भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सूर्यबहादुर तामाङलाई नगर अध्यक्षमा निर्वाचित गरेको छ ।
भेलाले उपाध्यक्षमा काजीमान गोले र प्रताप सिं तामाङ, सचिवमा बिनिता थोकार, सह–सचिवमा फूल माया तामाङ, कोषाध्यक्षमा पन्च माया तामाङ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा मोति लाल थिङ, ज्ञान बहादुर थिङ, रोहन ग्लान, सन्त बहादुर तामाङ, कृष्ण तामाङ, शान्ता तामाङ, हिरोनी माया तामाङ, अमर तामाङ, सान बहादुर तामाङ, तिर्थ मान वाइबा, फुल बहादुर तामाङ, बिष्णु तामाङ, सम्मेर तामाङ, सुरेश घिसिङ, लाल बहादुर पाख्रीन, मंगल सिं तामाङ र सन्च माया तामाङ निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा मोर्चाको केन्द्रिय अध्यक्ष सूर्यमान दोङ (लालध्वज), विशेष अतिथि तथा माओवादी केन्द्र जिल्ला समन्व्य समितिका सचिव दैवलाल घिसिङ (अनुशील), अतिथिहरुमा मर्दन सिं तामाङ (पेमा), होम ब खुलाल, हस्त बहादुर तामाङ, सन्त ब. तामाङ, रामराज थिङ, प्रदिप खड्का, सुनिता तामाङ लगायतका सहभागी थियो ।
कार्यक्रमको सञ्चालन शितल थोकरले गरेका थिए भने स्वागत सन्त ब. तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















