‘आशा जगाऔं, जोवन बचाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस आइतबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काभ्रेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमुख एसपी चक्रराज जोशीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका पालिकाहरुका उप–प्रमुख तथा उपाध्यक्ष, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, उद्योग बाणिज्य संघका प्रमुख तथा पदाधिकारीहरु, गैर सरकारी महासंघ काभ्रेका अध्यक्ष, बनेपा नगरपालिका भित्र रहेका शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, समाजसेवीहरु, बिभिन्न क्लब तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु,बनेपा, धुलिखेल नगरपालिकाभित्रका बिभिन्न सामुदायिक तथा निजि बिद्यालयका विद्यार्थीहरुको सहभागीता थियो ।
कार्यक्रममा एसपी जोशीले ‘आत्महत्या रोकथाममा नेपाल प्रहरी’ विषयमा प्रस्तुतीकरण दिएका थिए भने भने मनोपरामर्श कर्ता निर्मला काफ्ले, स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा पुरुषोतम सेढाई, स्थानिय पालिकाहरुको तर्फबाट बनेपा नगरपालिकाका उप–प्रमुख बिमला सापकोटा दाहाल र कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पाण्डेले आत्यमत्या रोकथामको बिषयमा मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















