काभ्रे जिल्लाको बनेपाबाट जुवा खेल्ने र हेर्ने २५ जना व्यक्ति प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं. ६ बाट १६ जना र वडा नं. ७ बाट ९ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालय, बनेपाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई आजै (आइतबार) जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

पहिलो ग्रुपमा को–को भए पक्राउ

पहिलो ग्रुपलाई प्रहरीले आइतबार (हिजो) दिउँसो २ः४० बजे बनेपा–०६ स्थित राजन घोरासाईनेले सञ्चालन गर्दै आएको रोशीका खाजा घरभित्र पक्राउ गरेको प्रहरीले जनकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा महाभारत–४ बस्ने बर्ष २८ को जगत बोम्जन, बस्ने शंकर मोक्तान, वडा नं. ३ बस्ने बर्ष ४६ को भिम बहादुर अस्थानी, मण्डनदेउपुर–७ बस्ने बर्ष ४० को यादब बहादुर खत्री, रोशी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को डिल बहादुर वाईवा, मकवानपुर जिल्ला साविक राइगाउँ गाविस वडा नं। ७ बस्ने बर्ष ३५ को राजु मगर, रामेछाप भिरपानी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ३१ को भिम बहादुर पौडेल, सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २८ को ज्ञान बहादुर गोले, भोजपुर जिल्ला त्याउली गाउँपालिका वडा नं. ९ बस्ने बर्ष २२ को टिका मगर, महाभारत गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २२ को शंकर मोक्तान रहेका छन् ।

को–को छन् दोस्रो ग्रुपमा ?

प्रहरीले दोस्रो ग्रुपलाई बनेपा नगरपालिका वडा नं. ०६ स्थित तरकारी बजारबाट के.यु. चोक जाने भित्री सडक खण्डमा रहेको सुरेश घिसिङले सञ्चालन गर्दै आएको याङ्ला खाजा घरमा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्ला मण्डनदेउपुर न.पा. वडा नं. ४ बस्ने बर्ष ३४ को जित बहादुर तामाङ, वडा नं. ५ बस्ने बर्ष ३८ को डम्बर बहादुर तामाङ, बेथानचोक गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३२ को सुरेश घिसिङ, भुम्लु गाउँपालिका वडा नं. ९ बस्ने बर्ष २९ को साजन तामाङ, रामेछाप जिल्ला दोरम्बा गापा वडा नं. ४ बस्ने बर्ष २६ को नवराज थापा मगर, सिन्धुली जिल्ला घ्याङ्लेख गापा वडा नं. २ बस्ने बर्ष २४ को अनिल कुमार गोले, सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३१ को सशिथिङ लामा रहेका छन् ।

तेस्रो ग्रुमा को–को भए पक्राउ ?

त्यसैगरि काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ०७ उग्रतिर्थ टोल स्थित सिताराम खत्रीको घरमा तेस्रो ग्रुपमा पक्राउ गरेको थियो ।

सो ग्रुपमा पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३९ कोअशविर तामाङ, वडा नं. ८ बस्ने बर्ष २५ को कुमार रसाईली, पाँचखाल नपा वडा नं. ५ बस्ने बर्ष २६ को बिष्णु श्रेष्ठ, खानिखोला गापा वडा नं. ४ बस्ने बर्ष २१ को मिलन जिम्बा, रामेछाप जिल्ला मन्थली नपा वडा नं. ७ बस्ने बर्ष ४० को रमेश पुरी, सिन्धुली जिल्ला सुनकोसी गापा वडा नं. १ बस्ने बर्ष ४५ को बिकास सेन्चुरी, ललितपुर जिल्ला गोदावरी नपा वडा नं. १३ बस्ने बर्ष २८ को अमृत कुमार न्यौपाने, भारत देश ह्वडा अम्ता घरभई हाल बनेपा नपा वडा नं. ७ बस्ने बर्ष ३५ को जगन्नाथ पाल, भारत देश बिहार घरभई हाल धुलिखल नपा वडा नं. ६ बस्ने बर्ष ४६ को फैँयाज आलम रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुबाट ८६ हजार ९ सय १० रुपैयाँ नगर समेत बरामत गरिएको प्रहरीले जनाएको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला