स्थानीय तह निर्वाचन–२०७९ मा उम्मेदवार भई कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने काभ्रेका उम्मेदवारहरुलई निर्वाचन आयोगले जारिवाना तोकेको छ । निर्वाचन खर्च नबुझाएपछि गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष २४ जना र नगरपालिकाका प्रमुख तथा उप्रमुख पदका २५ जना उम्मेदवारहरुलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

 निर्वाचन आयोगका अनुसार निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउनेहरु उपर आयोगको मिति २०७९।४।३१ को निर्णय बमोजिम गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनी मिति २०७९।५।१ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरिएको थियो । सो समयावधि भित्र प्राप्त हुन आएका स्पष्टीकरणहरु अध्ययन गरी हेर्दा स्पष्टीकरणको व्यहोरा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको आधारमा सो जरिवाना तोकिएको आयोगले जनाएको छ । उनीहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा ९१० बमोजिम जनही जरिवाना हुने ठहर गरेको छ ।

कुन पालिकामा को–को छन् ?

चौंरीदेउराली गाउँपालिका

आयोगले सार्वजनिक गरेको विवरण अनुसार चौंरीदेउराली गाउँपालिकामा जम्मा ४ जना उम्मेदवारहरुले खर्च विवरण नबुझाएपछि जरिवानामा परेका छन् । खर्त विवरण नबुझाउनेहरुमा राप्रपाबाट अध्यक्ष पदका उम्मेदवार बनेका गान्धिव राज गिरि, जनता समाजवादी पार्टीबाट अध्यक्ष पदको उम्मेदवार राजन लामा (तामाङ), माओवादी केन्द्रबाट विजयी अध्यक्ष पदका उम्मेदवार रेणुका चौंलागाईं र नेपाली काँग्रेसबाट विजयी उपाध्यक्ष पदका उम्मेदवार शेरबहादुर लामा (तामाङ) रहेका छन् ।

तेमाल गाउँपालिका
तेमाल गाउँपालिकाका २ जना उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएको आयोगले जनाएको छ । जसमा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार इन्द्रबहादुर तामाङ, मंगोल नेशनल अर्गानाइजेसनबाट उपाध्यक्ष पदको उम्मेदवार बनेका सुशिला तामाङ रहेका छन् । इन्द्रबहादुर तामाङ एमाले काभ्रेका प्रभावशाली नेताको रुपमा परिचित छन् ।

बेथानचोक गाउँपालिका
निर्वाचन खर्च नबुझाउने सबैभन्दा बढी उम्मेदवार बेथानचोक गाउँपालिकामा पाइएको छ । एमालेबाट अध्यक्ष पदका उम्मेदवार बनेका कमल प्रसाद तिमल्सिना, जनता समाजवादीबाट अध्यक्ष पदको उम्मेदवार कमान सिं तामाङ, मंगोल नेशनल अर्गनाइजेशनका अध्यक्ष उम्मेदवार रामचन्द्र घ्यावा, जनता समाजवादी पार्टीका उपाध्यक्ष उम्मेदवार लक्ष्मीमाया वाइबा, एमालेबाट उपाध्यक्ष उम्मेदवार सरला लामिछाने (केसी), मंगोल नेशनलका उपाध्यक्ष उम्मेदवार सुनिता स्याङतान जरिवानामा परेका छन् ।

भुम्लु गाउँपालिका
यस गाउँपालिकाबाट २ जना उम्मेदवारहरुले निर्वाचन खर्च नबुझाएको पाइएको छ । खर्च नवुझाउनेहरुमा सामाजिक एकता पार्टीका अध्यक्ष पदका उम्मेदवार लिला भक्त श्रेष्ठ, नेपाली काँग्रेस (विपि)बाट अध्यक्ष पदका उम्मेदवार विष्णु लामा तामाङ रहेका छन् ।

महाभारत गाउँपालिका
यस गाउँपालिकाबाट ३ जना उम्मेदवारहरुले निर्वाचन खर्च बुझाएका छैनन् । एमालेबाट अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर वाइबा, नेकपा एसका उपाध्यक्ष पदका उम्मेदवार धनबहादुर आले, एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार शानित तितुङ राना मगरले निर्वाचन खर्च नबुझाएको आयोजले जनाएको छ ।

रोशी गाउँपालिका
यस गाउँपालिकाका पनि ३ जना उम्मेदवारहरुले ३ लाख ५० हजार रुपैयाँ जरिवाना निर्वाचन आयोगलाई बुझाउनुपर्ने भएको छ । कार्वहीमा पर्नेहरुमा राप्रपा नेपालबाट अध्यक्ष पदका उम्मेदवार कुमार सिं लामा, राप्रपाबाट अध्यक्ष उम्मेदवार लोकनाथ गौतम, राप्रपाबाट उपाध्यक्ष उम्मेदवार गिताकुमारी शाही रहेका छन् ।

खानीखोला गाउँपालिका
त्यसैगरि माओवादी समाजवादीका अध्यक्ष उम्मेदवार जेनिसा लामा, स्वतन्त्रका अध्यक्ष उम्मेदवार पावल थिङ, माओवादी समाजवादीका उपाध्यक्ष उम्मेदवार प्रेमबहादुर तिमल्सिना, स्वतन्त्र उपाध्यक्ष उम्मेदवार मानबहादुर सिंतानले पनि निर्वाचन खर्च बुझाएका छैनन् ।

धुलिखेल नगरपालिका
यस नगरमा स्वतन्त्रबाट प्रमुख पदका उम्मेदवार कृष्णमुरारी बडाल, उन्नत लोकतान्त्रिक पार्टीबाट प्रमुख पदका उम्मेदवार तारा केसी कुँवर, सामाजिक एकता पार्टीबाट प्रमुख पदका उम्मेदवार हेकाजी श्रेष्ठले निर्वाचन खर्च बुझाएका छैनन् ।

नमोबुद्ध नगरपालिका
यस नगरपालिकाबाट राप्रपाबाट प्रमुख पदक उम्मेदवार नवराज सत्याल र उपप्रमुख पदका उम्मेदवार प्रमिला मैनाली प्रसाईं रहेका छन् ।

पनौती नगरपालिका
नेपाल सुशासन पार्टीबाट प्रमुख पदका उम्मेदवार भरत आचार्य, विवेकशिल साझा पार्टीका प्रमुख पदका उम्मदेवार भूषणकुमार श्रेष्ठ, जनता लोकतान्त्रिक पार्टीका प्रमुख पदका उम्मदवार राजेन्द्र थापा, स्वतन्त्र उम्मेदवार शम्भू राउत, राप्रपाबाट प्रमुख पदका उम्मेदवार कल्पना घिमिरे श्रेष्ठ, रहेका छन् ।

पाँचखाल नगरपालिका
पाँचखालबाट राप्रपा प्रमुख पदका उम्मेदवार भीमसेन घिमिरे, उपप्रमुख लक्ष्मी बडाल, स्वतन्त्रबाट प्रमुख पदका उम्मेदवारहरु रमेश प्रसाद बजगाईं र सानुकाजी अधिकारी रहेका छन् ।

बनेपा नगरपालिका
लक्ष्मी बडाल, कन्चन गिरी, कृष्णबहादुर श्रेष्ठ, प्रेम बैदार, राजकुमार बजगाईं, विरोजन श्रेष्ठ रहेका छन् ।

मण्डनदेउपुर नगरपालिका
नेकपा एमालेका प्रमुख पदका उम्मेदवार विदुर प्रसाद सापकोटा र उपप्रमुख पदका उम्मेदवार सरिता ढकाल, स्वतन्त्र उम्मेदवार शम्भु प्रसाद फुयाँल, राप्रपाका प्रमुख पदका उम्मेदवार हिरा बजगाईं र उपप्रमुख रविनकुमार दलाल रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।