काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. २, नाग्रेगगर्चेमा विजय दशमीमको अवरमा ‘खुल्ला (नकआउट) फुटवल प्रतियोगिता हुने भएको छ । आगामी असोज १६ गते हुने सो प्रतियोगिताको आयोजना महाकाली युवा क्लबले गर्न लागेको आयोजकले बताएको छ ।

क्लबले प्रतियोगितामा भाग लिन सबैमा अनुरोध समेत गरेको छ । आयोजकका अनुसार सो प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, द्वित्तीय पुरस्कार नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र, तृत्तिय पुरस्कार ३० हजार रुपैयाँ नगद, कप, मेडल, प्रमाण पत्र तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ता लाई ट्रफीको व्यवस्था गरिएको जनाएको छ ।

प्रतियोगिताको लागि प्रवेश शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।

Comments

comments