काभ्रेको चौंरीदेउराली गाउँपालिकामा माओवादी केन्द्र निटक अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को पालिका भेला सम्पन्न भएको छ । शनिवार भएको भेलाले चिनीमाया लामालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
भेलाले उपाध्यक्षमा निरञ्जना लामा, तारा गौतम, सृजना पौडेल, सविचमा प्रमिला गौतम, सहसचिवमा मिना लामा, सुनिता चौंलागाईं, कोषाध्यक्षमा विष्णुमाया चौंलागाईं निर्विरोध निर्वाचित गरेको छ ।
सदस्यहरुमा रमला पन्त, विनिता विक, शिला तामाङ, कमला चौंलागाईं, विमला गौतम, कमला गौतम, दुर्गा तिमल्सिना, मिनु परियार, बाटुली दुलाल गौतम, शुसिला गौतम, उर्मु तामाङ, सदिना श्रेष्ठ, धनमाया तामाङ, हिरामाया तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन माओवादी केन्द्रका केन्द्रिय सदस्य पार्वती थापाले गरेकी थिइन् । भेलामा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईं, अनेम संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष उषा अर्याल, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार विष्णु गौतम, गाउँपालिकाका पूर्व उपाध्यक्ष ताराकुमारी चौंलागाईं लगायतका सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















