काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ का ब्लड क्यान्सरबाट पीडित गोकुल कटुवाललाई नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौ सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ । सम्पर्क समितिका सभापति आकाश तामाङको नेतृत्वमा कटुवाललाई आर्थिक सहयोग गरिएको हो ।
शनिबार काठमाडौंमा आयोजित दशैं, तिहार,नेपाल सम्वत, छठपर्व र ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आर्थिक सहयोग संकलन गरिएको थियो ।
कार्यक्रममा संकलित ७६ हजार १ सय १० रुपैयाँ आज वीर अस्पतालमा पुगेर कटुवाललाई हस्तान्तरण गरिएको नेपाली कांग्रेस नमोबुद्ध(काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















