नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) पाँचखाल नगर भेलाले बुद्धिप्रसाद पराजुलीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । आज सम्पन्न भेलाले पराजुलीको नेतृत्वमा २५ सदस्यीय नगर समिति गठन गरेको छ ।
भेलाले उपाध्यक्षमा हरि बोल सत्याल, तारा गौतम र श्रीराम भारती, सचिवमा बिदुर खतिवडा, कोषध्यक्ष हर्क बहादुर पान्डे, सह–सचिव कृष्ण बहादुर तामाङ निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा पुन्य प्रसाद चौलागाईं, तिलक बहादुर श्रेष्ठ, राजु तिमल्सिना, भिम बहादुर ढुंगाना, राम कृष्ण दनुवार, किशोर ढुंगाना, भक्त बहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, एक नाथ बजगाइ, कोपिला श्रेष्ठ, काइला मिजार, सानुमाया तामाङ, कमली श्रेष्ठ, इन्द्र बहादुर तामाङ, राम बहादुर तामाङ चयन भएाक छन् । नगरको इन्चार्जमा भरत श्रेष्ठ, सह–इन्चार्ज भिमसेन पन्त र गणेश प्रसाद दाहाललाई तोकिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















