काभ्रे जिल्लाको बेथाचोक गाउँपालिकाले दशैंमा कालाबजारी गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । आज गाउँपािलकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘कोही कसैले अनुचित फाईदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन वस्तु विक्रीवितरण गर्ने, कृतिम अभाव खडा गर्ने, कालोबजारी गर्ने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने जस्ता गैरकानूनी कार्य गरे/गराईएको पाईएमा कानून बमोजिम हदै सम्मको कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ।’ रानाले जारी गरिएको सूचनामा भनिएको छ, ‘सेवाग्राही तथा उपभोक्ताको कुनै गुनासो भएमा वा कहींकतै प्रचलित कानून विपरितका गतिविधि भएगरेको जानकारी भएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कार्यालयमा जानकारी गराईदिनुहुन अनुरोध गर्दछौं ।’

नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा बेथानचोकवासीलाई सम्बोधन गर्दैसुख, शान्ति, समद्दी एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना सेमत व्यक्त गरेका छन् ।

उपाध्यक्ष रानाले कोभिड-१९ तथा डेंगी रोगको संक्रमणको जोखिम अझै बढ्ने क्रम कायमै रहेकोले स्वास्थ्य मापदण्ड अपनाई, सामाजिक एवं भौतिक दुरी कायम गरी अनिवार्य मास्कको प्रयोग गरी विजया दशमीलाई सभ्य शान्त एवं मितव्ययी ढंगमा मनाउन समेत बेथानचोक गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।