काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले सो क्षेत्रमा चल्ने मालबाहक गाडी र यात्रुबाहक गाडीलाई नियम अनुसार सञ्चालन गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै यस्तो भनिएको हो ।

सार्बजनिक मालबाहक गाडीले मालसामान र सार्वजनिक यात्रु बाहक गाडिले यात्रु मात्र आफ्ना क्षमता अनुसारको बोक्न गाउँपालिकाले सूचनामा भनिएको छ ।

‘सवारी चलाउँदा अनिवार्य रुपमा सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब, रुट परमिट लिएर सवारी जाँच पास भएको सवारी साधनले मात्र खानीखोला गाउँपालिका क्षेत्र भित्र आवत–जावत गर्न पाउने भनि निर्णय भएको हुँदा सोहि अनुसार गर्नु गराउनु हुन सम्बन्धित सबैमा यो सुचना मार्फत जानकारी गराईन्छ ।’ सूचनामा उल्लेख छ ।

गाउँ कार्यपालिकाको मिति २०७९ साल असोज ०९ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।