आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले उम्मदेवार टुंगो लगाएको छ ।
प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ तर्फ राप्रपाबाट एमालेमा प्रवेश भएका पूर्व राज्यमन्त्री रेशम लामाले टिकट पाएका छन् । उनी अहिले एमालेको केन्द्रीय सदस्य हुन् ।
यसैबीच प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ प्रदेशसभा (क) तर्फ दिल बहादुर लामा (दिलीप) र (ख) मा चन्द्र लामाले टिकट पाएका छन् । लामा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री हुन् ।
यस्तै प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ तर्फ गोकुल बास्कोटाले टिकट पाउँदा प्रदेशतर्फ २ क मा प्रदेश कमिटी सदस्य कुमार खकुरेल र ख मा कुमार थापाले टिकट पाएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















