आगामी मंसिर ४ गतेको निर्वाचनका लागि गठबन्धन दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँड टुंग्याएको छ ।
सोही अनुसार काभ्रेमा माओवादी केन्द्रले १ प्रतिनिधि सभा र १ प्रदेश सभा पाएको छ । त्यसैगरि नेपाली काँग्रेसले १ प्रतिनिधि सभा र २ प्रदेश सभा पाएको छ भने एकीकृत समाजवादी पार्टीले १ प्रदेश सभा पाएको छ ।
सिट बाँडफाडमा भएको सहमति अनुसार प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ र प्रदेश सभा (क) माओवादी केन्द्रको भागमा परेको छ र भने (ख) काँग्रेसको भागमा परेको छ ।
त्यसैगरि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ र प्रदेश सभा (ख) नेपाली काँग्रेसको भागमा परेको छ भने (क) एकीकृत समाजवादीको भागमा परेको छ ।
यी क्षेत्रहरुमा एमालेले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ भने अन्य पार्टीले टुंगो लगाउन बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।