आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रे जिल्लामा नेपाली काँग्रेसले आफ्ना उम्मेदवार टुंग्याएको छ । सहमति अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश ख र प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ अन्तर्गत (ख)को उम्मेदवार काँग्रेसले टुंगो लगाएको छ ।

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ को उम्मेदवारको लागि भने छलफल जारी रहेको काँग्रेस जिल्ला सचिव गुणराज मोक्तानले जानकारी दिएका छन् ।

सचिव मोक्तानका अनुसार प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (ख)मा जिल्ला सभापति तिर्थ लामाले टिकट पाएका छन् । केन्द्रिय सदस्य गणश लामाको चर्चा निक्कै भएपनि सभापति लामाले टिकट हात पार्न सफल भएको छ ।

त्यसैगरि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ अन्तर्गत (ख)को उम्मेदवार काँग्रेस वागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे बन्ने भएको छ ।

सचिव मोक्तानका अनुसार केही समय भित्रै प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ को उम्मेदवार समेत टुंगो लगाउने बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।