आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेको काभ्रे जिल्लामा क्रियाशील गठबन्धन दलहरू निर्वाचनको तयारीलाई तीव्रता बनाएको छ । सोही क्रममा आज (मङ्गलवार) गठबन्धन दलहरूको प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ स्तरीय बैठक सम्पन्न भएको छ ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभा स्तरीय निर्वाचन परिचालनको लागि संयुक्त सचिवालय गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी)को जिल्ला कार्यालयमा बसेको बैठकले प्रतिनिधि सभा स्तरीय निर्वाचन परिचालन सचिवालय माओवादी केन्द्रका जिल्ला सचिव दैवलाल घिसिङको संयोजकत्वमा गठन गरेको छ ।
सचिव घिसिङका अनुसार समितिको सह–संयोजकमा नेपाली काँग्रेसबाट दिनेश लामा, नेकपा एसबाट लाप्साङ लामा, नेपाल समाजवादी पार्टीबाट रामहरि खनाल रहेका छन् भने सदस्यहरूमा नेकपा (माओवादी केन्द्र)बाट अशोक गौतम रहरी तिमल्सिना नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेसबाट राम योञ्जन र विद्यासागर लामा, नेकपा एसबाट गोकुल गौतम र पाल्देन वाङछु लामा, नेपाल समाजवादी पार्टीबाट अनिता पिङ रहेका छन् ।
यसैबिच सो क्षेत्रको प्रदेश सभा (क)को संयोजकमा माओवादी केन्द्रबाट टासी लामालाई जिम्मेवारी दिएको छ । सह–संयोजकहरूमा नेपाली काँग्रेसबाट गोकुल भुर्तेल, नेकपा एसबाट पासाङ डोल्मु लामा, नेपाल समाजवादी पार्टीबाट राजीव लामा रहेका छन् । सदस्यहरूमा नेपाली काँग्रेसबाट गोविन्द स्याङतान र डम्बर लामा, नेकपा (माओवादी केन्द्र)बाट राजकुमार गौतम र डिएस लामा, नेकपा (एस)बाट समिप त्रिपाठी र घनश्याम आले रहेका छन् ।
यसैबिच प्रदेश सभा (ख) मा भने नेपाली काँग्रेसका चन्द्रबहादुर लामालाई संयोजक तोकिएको छ । सह–संयोजकहरूमा नेकपा (माओवादी केन्द्र)बाट मिना पाख्रिन, नेकपा (एस)बाट कृष्णाबहादुर लामा, नेसपाबाट ज्ञानेन्द्र श्रेष्ठ, सदस्यहरूमा नेपाली काँग्रेसबाट सुदर्शन अधिकारी र अनिश वल, नेकपा (माओवादी केन्द्र)बाट रत्न लामा र सुन्तली थिङ, नेकपा एसबाट भीम घिसिङ र सञ्जीता लामा रहेका छन् ।
बैठकले निर्वाचनसँग केन्द्रित रहेर आगामी असोज २७ गते भकुण्डेमा प्रतिनिधि सभा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने जनाएको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रदेश सभा (क)को उम्मेदवार रत्न प्रसाद ढकाल, नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभाको सभापति दिनेश लामा, जिल्ला समन्वय समिति प्रमुख एवं नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष दीपक गौतम लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















