नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी काभ्रेको बैठक विहिबार सम्पन्न भएको छ । माओवादी केन्द्रको जिल्ला कार्यालयमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको नेपाल समाजवादी पार्टीका जिल्ला समन्वय समितिका संयोजक कृष्ण भण्डारीले जानकारी दिएका छन् ।

बैठकले आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुवै पार्टीको एउटै निर्वाचन चिन्ह भएकोले प्रत्यक्षतर्फ गठबन्धन दलको साझा उम्मेदवार र समानुपातिकतर्फको मत पार्टीको चुनाव चिन्ह (गोलाकारभित्रको हसिया हथौडा)मा बढी भन्दा बढी मतदान गर्न गराउन मतदातालाई दुवै पार्टीको जिल्ला मातहातको सबै तहगत पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ । साथै दुर्व पार्टीलाई निर्वाचन सम्बन्धी सबै गतिविधि एवं कार्यक्रमहरु संयुक्त रुपमा सहभागी भई प्रभावकारी ढंगले सञ्चालन तथा परिचालन गर्न र गराउन समेत आव्हान गरेको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक भोला आर्याल र नेसपाका जिल संयोजक कृष्ण भण्डारी (शिशिर)ले एक परिपत्र जारी गर्दै दुवै पार्टी पंक्तिलाई निर्देशन दिएको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।