फाइल फाेटाे

नेकपा (एकीकृत समाजवादी)को नेता तथा वागमती प्रदेश सभाका निवर्तमान सदस्य, काभ्रे–२ (क)का उम्मेदवार लक्ष्मण लाम्सालले पूर्व मन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटालाई महादेवको संज्ञा दिएका छन् । बनेपामा आज गठबन्धन दलहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा लाम्सालले यस्तो संज्ञा दिएका हुन् ।

जनतालाई भ्रम फैलाउने काम बाहेक केही नगरेको बताउँदै पूर्व मन्त्री बाँस्कोटाले विकासको योजना आफैले मात्र गरेको भन्दै हिंडेको आरोप समेत उनले लगाए । ‘प्रदेश सरकारसँग हामीले पहल गरेर ल्याएको योजनाहरु समेत मैले गरेको भन्द्र हिंडेका छन् । यो पनि मैले, त्यो पनि मैले गरेको भन्दै भ्रम फैलाउने काम ‘महादेव’ले गर्दै हिंडेका छन् ।’ बाँस्कोटा प्रति इंगित गर्दै लाम्सालले भने, ‘४÷५ वटा मिडिया जम्मा पार्नुहुन्छ र भगवान ‘महादेव’ प्रकट भएर पानी बर्षाउन थाल्नुहुन्छ । प्रदेशबाट हाम्रो पहलमा बजेट ब्यबस्था गरेको छ तर महादेव पानी मर्षाउन थाल्नु हुन्छ । लु बजेट आयो पठाको छ भन्दै ।’

भ्रमको पछाडि नहिंड्न र नपत्याउन आम जनतालाई उनले आव्हान समेत गरे । गठबन्धन समयको आवश्यकता, केपी ओलीले निम्त्याएको परिघट्ना भएको समेत उनले प्रष्ट पारे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।