आगामी आम निर्वाचनका लागि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ का उम्मेदवार तथा नेपाली काँग्रेसका नेता शिवप्रसाद हुमागाईँले पूर्व मन्त्री गोकुल बाँस्कोटाको विकास रेडियमै मात्र सीमित रहेको बताएका छन् । बनेपामा गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदै हुमागाईँले यस्तो कुरा बताएका हुन् ।
बाँस्कोटा प्रति इंगित गर्दै हमागाईंले बाँस्कोटाले प्रचार गरेको योजनाहरू कहाँ छन् र कति सम्पन्न भयो जनतालाई राम्रोसँग थाहा भएको बताए । ‘साथीहरूले ल्याएको योजना बजेट रेडियो र मिडियामा मात्र छ ।’ उनले व्यङ्ग्य गर्दै भने, ‘नगर पनि गरेको छ भनी बढी हल्ला गर्ने एमाले हुन् । हामी काम गर्छौँ तर हल्ला गर्दैनौँ ।’
केही पत्रकारले आफूहरूलाई उत्तेजित बनाउने खालको प्रश्न गर्न खोजेको बताउँदै उनले आफूहरू निक्कै सचेत रहेको बताउँदै गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलन गठबन्धन दलहरुबी राजनीतिक प्रतिबद्धता छ भन्ने विश्वास दिलाउन गरेको उनले प्रस्ट पारे ।
उनले आफूहरू काभ्रेको माटोलाई राम्रोसँग चिन्ने उम्मेदवारहरू रहेकोले काभ्रेको सबै समस्यासँग परिचित रहेको प्रस्ट पारे ।
उनले आफूहरू निर्वाचित भएपछि जसको नेतृत्वमा भए पनि प्रारम्भ भएको काम पूरा गर्ने बताए । ‘हिउँदे सडकहरूको स्तरोन्नति गरेर बाह्रै महिना गाडी सञ्चालन गर्न सक्ने वातावरण बनाउँछौँ । स्थानीय तहले ल्याएको योजनाहरू प्राथमिकिरण गर्छौँ । शैक्षिक तथा अर्ध शैक्षिक बेरोजगार समस्या समाधान गर्ने छौँ ।’ उनले भने, ‘सुशासनको लागि मेरो निष्ठ प्रतिबद्धताको सन्दर्भमा सबैलाई थाहा छ । काभ्रेको माटोमा जन्मे यही माटोमा मर्न चाहन्छु ।’
<iframe src=”https://www.facebook.com/plugins/video.php?height=322&href=https%3A%2F%2Fwww.facebook.com%2Ftemalonline%2Fvideos%2F608256154374588%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”322″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















