काभ्रेको तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा वडा नं. ६ का आगलागी पिडितलाई भेट्न घट्नास्थल पुगेका छन् । हिजो राती सोही वडाको बसपार्कमा रहेको स्थानीय अम्बरबहादुर तामाङको होटलमा आगलागी हुँदा लाखौं क्षति भएको थियो ।

घट्नास्थलमा पुगेर गाउँपालिका अध्यक्ष लामाल आगलागीबाट भएको क्षतिबारे पालिका लामा नेतृत्वको टोलीले अवलोकन गर्नुको साथै क्षतिको अवस्थाबारे बुझेका थिए ।

घट्नाको निरिक्षण गरेपछि अध्यक्ष लामाले पिडितलाई भेटेर गाउँपालिकाले सकेको सहयोग गर्ने वचन दिएका थिए । आगलगीबाट भएको क्षतिबाट आफू निकै दुखी भएको बताउँदै अध्यक्ष लामाले पिडितलाई पालिका तथा अन्य सहयोगी निकायसँग समन्वय गरी सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

आगलागीबाट स्थानीय अम्बर बहादुर तामाङको होटल तथा पसलमा भएको सामान, घर एवं नगद करीव ५ लाखसहित ४० लाख बराबरको क्षति भएको पाईएको लामाले जानकारी दिए ।

घट्नास्थलमा गापा अध्यक्ष लामासँगै वडा अध्यक्ष प्रेम लामा, शिक्षा शाखाका भिम लामा लगायतको टोली पुगेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।