नेपाली काँग्रेसका नेता तथा तेमाल गाउँपालिकाका पूर्व अध्यक्ष सलामसिं लामाले लाल सलाम भन्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन् । लोकतान्त्रि वाम गठबन्धले आज तेमाल गाउँपालिका वडा नं. ६ मा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेता लामाले उक्त कुरा बताएका हुन् ।

प्रतिनिधि सभा १ का उम्मेदवार लालध्वज प्रति इंगित गर्दै लामाले ‘तपाईंको नाम लाल र मेरो नाम सलाम’ भएकोले आज लालध्वजलाई भोट हाल्न पाउँदा खुशी लागेको बताए । हँसिया हथौडामा भोट हाल्न पाउनु ऐतिहासिक रहेको उनले बताए ।

‘उहाँहरुले रुखमा भोट हाल्दा यो तेमाल गाउँपालिकाबाट हामीले हँसिया हथौडामा भोट हाल्दा के हुन्छ ?’ लामाले भने, ‘गठबन्धनलाई जिताउने हो, कुनै पनि आपठ्यारो नमानी गठबन्धनको साझा उम्मेदवारलाई भोट हालौं ।’

लामाले गठबन्धलाई जिताउनुको विकल्प नरहेको समेत बताए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला