नेकपा माओवादी केन्द्र काभ्रे प्रतिनिधि सभा २ को आयोजनामा बनेपामा उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिएको छ । शनिबार बनेपामा नेकपा माओवादी केन्द्र केन्द्रिय सचिब लीलामणि पोख्रेलको प्रमुख आथित्यमा बनेपामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सचिब लीलमणि पोख्रेलले समानुपातिक उम्मेदवारहरुलाइ पनि जिताउनु दायित्व संगै सझा उम्मेदवार पार्टीलाई गरिने मत मा अन्योल हुन सक्छ मतदाता शिक्ष कसरी दिन सकिन्छ त्यस बिषयमा पनि उम्मेदवार हरुले जोड दिनु पर्ने बताए ।
जो दम्भ गर्छ उ तल हुन्छ । हिजो माओवादी ठूलो दल थियो अहिले तेस्रो छ । हिजो केपिले दम्भ देखाए अहिले ओलि कहाँ छ, अहिले सम्मको सबै खाले उपलब्धि को रक्षको लागि निर्वाचनमा हामी गठबन्धन निर्वाचनमा रहेको देशको हितको लागि सबैखाले एजेण्डाहरुमा निरन्तर गठबन्धन रहने पौडेलले बताए ।
कार्यक्रममा प्रतिनिधि सभा २ का उम्मेदवार शिव हुमगाइले नेपाली जनता बाट लेखिएको संविधान सुरक्षित हुन सकेन, बहुमत भएको ओली सरकारले दुई दुई पटक संसद विघटन भयो त्यस बिसयमा एमाले अहिले पनि जवाफ दिन नसकेको बताए । हुमगाइले संबिधान देखि सबै खाले उपलब्धि रक्षा गर्नको लागि बाल लोकतान्त्रिक गठबन्धन बाट मेरो उम्मेदवारी रहेको अग्रगमन जाने सवलमा प्रतिगमन कारिको मतियार नहुने प्रतिवद्धता ब्यक्त गरे ।
प्रशिक्षण कार्यक्रममा अगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचन लक्षित राजनीतिक, बैचारिक, साङगठनिक कार्यनीति र रणनीति बनाएर अघि बढ्नको लागि र समनुपातिक मत पार्टीलाई धेरै भन्दा धेरै हाल्ने बातावरण बनाउनको लागि यस्तो कार्यक्रमको प्रभावकारी देखिने नेकपा माओवादी केन्द्र काभ्रेका संयोज एवं प्रदेश समनुपातिक उम्मेदवार भोला अर्यालले बताए ।
गठबन्धनको उम्मेदवार लाई जिताउने देखि समनुपातिक मत पार्टीलाई धेरै भन्दा धेरै खसाल्नको लागि पार्टीको सबै तह तप्कमा रहेकाहरुलाई जिल्ला संयोजक अर्यालले निर्देशन दिए । कार्यक्रममा प्रतिनिधि सभा २ काभ्रेका गठबन्धनका प्रत्यक्ष तर्फका उम्मेदवार शिब प्रसाद हुमागाई र प्रदेश सभा (ख) का उम्मेदवार कन्चन चन्द्र बादे, माओवादी केन्द्र प्रतिनिधि सभा समनुपातिक उम्मेदवार मिना तामाङ, दिल सुन्दर श्रेष्ठ र प्रदेश तर्फका समनुपातिक उम्मेदवार रुकु चौलगाई, भोला आर्यल लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तेज बहादुर मिजार, डा भरत लमिछाने, बागमती प्रदेश सचिब इन्द्र ब थिङ, केन्द्रिय सल्लाहकार सदस्य सुवास काजी श्रेष्ठ लगायत जिल्लाका बिभिन्न पालिका स्तरको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रम प्रतिनिधि सभा २ का अध्यक्ष गोपाल घिमिरेको सभापतित्वमा सचिब रमेश ढकालले संचालन गरिएको थियो । -राेजन तामाङ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















