काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ६ को गोसाईकुण्डबाट प्रहरीले चोरीको आरोपमा ५ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिका वडा नं. ६ को गोसाईकुण्ड स्थित पदम कुमार दुलाल समेतको निर्माणधिन घरबाट घर निर्माण कार्यामा प्रयोग गरीने फलामका टेकाहरु चोरेको अरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले चोरी गरी लगेको फलामका टेकाहरु सहित सोमबार काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ को राम मन्दिर स्थित कपन लसुनटार भन्ने स्थानमा लुकाई छिपाई राखेको अबस्थामा फेला पारी चोरी कार्यमा संम्लग्न उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ परेकोहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२० चोरी तथा डाँका संम्बन्धी कसुर अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट दिन–७ म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे न.पा. वडा नं. ०८ बस्ने बर्ष ३५ को दिनेश लामा, सिन्धुली जिल्ला तिनपाने गा.पा. वडा नं. ०९ बस्ने बर्ष २६ को मान सिं पाख्रिन, बर्ष २८ को पदम ब्लोन, बर्ष १८ को लिला ब्लोन, बर्ष २३ को टेक बहादुर मिजार रहेका छन् ।
पक्राउ परेकाहरुको साथबाट घर बनाउनको लागी प्रयोग हुने फलामको टेका २६० थान बरामत गरिएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















