नेपालको विद्यार्थी आन्दोलनलाई फर्केर हेर्दा वि.स. २००४ सम्म फर्कनुपर्छ । नेपालमा पहिलो पटक जयत् संस्कृत नामक नेपालको विद्यार्थी आन्दोलन भएको थियो । यही आन्दोलनले तत्कालीन समयमा तीनधारा संस्कृत पाठशाला अध्ययनरत विद्यार्थीले पहिलो पटक आन्दोलनको गरेका थियाे ।
नेपालको संविधानको भाग २, मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ । उक्त प्रावधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट शैक्षिक पहुँच र आधारभूत तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । विडम्वना, संवैधानिक प्रावधान विपरीत आज शिक्षा दिन-प्रतिदिन महँगो हुँदै गइरहेको छ । निःशुल्क शिक्षामा व्यापारीकरण भइरहेको छ । निजी विद्यालय फस्टाउँदै गएका छन् भने सरकारको मोटो लगानी गरेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर ओरालो लागिरहेको छ । समाजमा सबै वर्गका लागि शिक्षाको समान पहुँच पुयाउन निजी र सरकारी विद्यालयबीचको शैक्षिक खाडल अन्त्य गर्न जरूरि छ।यसका लागि निःशुल्क शिक्षा कार्यान्वयनमा नेपाली विद्यार्थीको गौरवशाली सङ्गठन केन्द्रित हुनुपर्ने समय आएको छ । यस स्थितिमा शिक्षा प्रणालीलाई समाजवादी बाटोतर्फ अभिमुख गराउन विद्यार्थी आन्दोलनको झन् बढी खाँचो छ ।
विद्यार्थी सङ्गठन सममेलन ,महाधिवेशनका बेला मात्र शैक्षिक मुद्दा जोडतोडले उठाउने गरे पनि अन्य समय लुप्त रहने गरेको यथार्थता छ । अहिलेको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्न ठुलो भूमिका खेलिरहेको छ ।देशमा उच्चवर्ग र निम्नवर्गका विद्यार्थी अलग अलग प्रकारको शिक्षा लिन बाध्य छन् । आर्थिक हैसियत राम्रो भएकाले निजी स्कुल पढ्न पाउने, निम्नवर्गीय मानिसले कम गुणस्तर भएका विद्यालयमा पढ्नुपर्ने बाध्यता छ । यस स्थितिमा शिक्षा सबैका लागि समान हुनुपर्छ । रोजगारमुखी र आत्मनिर्भर बन्न प्रेरित- गर्ने शैक्षिक प्रणाली अपनाउनु पर्ने आवश्यकता छ । त्यसका लागि विद्यार्थी सङ्गठनहरूले राज्यलाई दबाब दिनुपर्छ । यी विषयमा केन्द्रित रहेर विद्यार्थी सङ्गठनहरूले रचनात्मक अभियान चलाउन जरूरि देखिन छ।
विश्वविद्यालय सकारात्मक आलोचनाको केन्द्र बन्नु, स्वतन्त्र र वैचारिक रूपमा र राजनीतिक छलफल, सामाजिक-आर्थिक-सांस्कृतिक रूपान्तरणका बहस हुनु, शैक्षिक मुद्दाका बारेमा बहसउठान हुनु नै विश्वव्यापी मान्यता हो । यसको अगुवाइ विद्यार्थी सङ्गठनले गर्न सक्नुपर्छ । विद्यार्थी सङ्गठन र आन्दोलनको पहिलो मर्म शैक्षिक मुद्दामा जोडिएर शिक्षाको वैज्ञानिक रूपान्तरण गर्नु हो। सबैले पढ्न सहजै शिक्षा प्राप्त गर्न पाउने अधिकारको सङ्घर्षलाई अगाडि बढाउनु हो अब विद्यार्थी आन्दोलनले आफ्नो प्राथमिकता निर्धारण गरेर ।पार्टीका नेतालाई फकाउने हो कि, राजनीतिक भविष्य सुरक्षित गर्ने हो कि अथवा विद्यार्थी आन्दोलनको नेतृत्व गरेर शैक्षिक विकृतिको अन्त्य गर्ने हो प्रमुख मुद्दामा जोडिनुपर्छ ।
आजका दिनमा विद्यार्थी आन्दोलनले शैक्षिक ऋण, गुणस्तरीय शिक्षा, शैक्षिक पुनर्संरचना, व्यावसायिक र प्राविधिक शिक्षा, प्राज्ञिक मर्यादा, जवाफदेही स्ववियुलगायतका शैक्षिक मुद्दा उठाउँदै नेपाली विद्यार्थीको हक हित र अधिकारलाई सुनिश्चित गर्न सरकारसमक्ष आवाज उठाउँदै आइरहेको छ ।
अहिलेको नयाँ युवा पुस्तालाई हेर्दा त्यो पुस्ता कुनै न कुनै रूपमा राजनीतिप्रति निरपेक्ष देखिने गरेको छ । अनि आमविद्यार्थीलाई त्यो कुरा जचेको छैन। अर्थात् उनीहरूलाई विद्यार्थी राजनीतिको दलीय गतिविधिमुखी राजनीतिक एजेन्डा नै ठीक लागेको छैन । अहिले विश्वविद्यालय शिक्षामा भइरहेको राजनीतीकरण, नया पुस्ताले मन पराएको छैन । विश्वविद्यालयमा शिक्षा, अध्ययन र अनुसन्धानकै विषयमा पैरवी हुनुपर्ने हो न कि दलीय गतिविधि अनि दलीय आग्रहका साथ अगाडि सारिएका आन्दोलनका कार्यक्रम । तर विद्यार्थी सङ्गठनले त्यसरी आफूलाई रूपान्तरण गर्दै समयसापेक्ष रूपमा आन्दोलनलाई रचनात्मकता दिन सकेका छैनन्।
परिणामस्वरूप विद्यार्थी आन्दोलन अहिले शैक्षिक मागतिर भन्दा दलीय राजनीतितिरै टासियको छ । हिजो कुनै बेला त्यो आवश्यक पनि थियो होला । तर आज राजनीतिक दलका काम गर्न दल नै काफी छन् भने विद्यार्थीले किन दलीय मुद्दा समात्ने ? विद्यार्थी आन्दोलनका आजका माग हुन शैक्षिक गुणस्तर कायम गर्न विषय शिक्षा नीतिमा फेरबदलका विषय, शिक्षा र शिक्षालयलाई सुधार्ने एजेन्डा, शिक्षालयको चुस्त व्यवस्थापनका एजेन्डा, रमणीय सिकाइ केन्द्र बनाउने विषय, सिकाउनेको दायित्वका विषय, विश्वविद्यालयको पुनसंरचना गर्ने एजेन्डा, अध्ययन अनुसन्धानका कुरा सिकाउने पद्धति र प्रविधिका कुरा, प्राध्यापकको नियुक्तिमा हुने अपारदर्शिता र अनियमितताको अन्त्यका विषयवस्तु, प्राज्ञिक क्षेत्रमा बढ्दै गएको राजनीतीकरणको अन्त्य, विश्वविद्यालयमा मौलाउदै गरेको राजनीतिक भागबण्डाको अन्त्य आदि छन् ।
शिक्षाको व्यापार गर्ने उद्देश्य अनुरूप नै विदेशी विद्यालय र विश्वविद्यालयमा अध्ययन गराउने नाउँमा व्यापक ब्रह्मलुट मच्चाइएको छ । यसलाई तुरुन्त रोक्ने र प्रतिबन्ध नै लगाउने आन्दोलन छेड्नु आजको विद्यार्थी सङ्गठनको मुख्य दायित्व पनि हो ।। यही दायित्वलाई हामीले पूरा गरेर मात्र विद्यार्थी आन्दोलनलाई नयाँ गन्तव्यमा पुयाउन सकिन्छ ।त्यसका लागि सम्पूर्ण विद्यार्थी सङ्गठन एउटै मञ्चमा बसेर साझा एजेन्डाहरू तयार गरी लडे मात्र आजको विद्यार्थी आन्दोलनले विजय हासिल गर्नेछ । अन्यथा अबको नेपालको विद्यार्थी आन्दोलनको औचित्य नरहन सक्छ । कुनै विद्यार्थी आन्दोलन निकै महत्त्वपूर्ण हुन्थ्यो अथवा विद्यार्थीलाई सङ्गठित र आन्दोलित बनाइदिने विचार र एजेन्डाको नेतृत्व सङ्गठनले गर्थ्यो। ती आन्दोलनले नेपालको सामाजिक, राजनीतिक परिवर्तनमा निकै महत्त्वपूर्ण र निर्णायक भूमिका खेल्यो ती बेलामा यदि क्याम्पस, सडक, चोक र गल्लीमा उभिएर तत्कालीन सत्ताको प्रतिगामी कुरूपता विरुद्ध चुनौती खडा गरिरहेको, धावा बोलिरहेको वा त्यसको विरुद्ध बहस गरिरहेको विद्यार्थी सङ्गठन हुन्थ्यो ।
सङ्गठन भित्र पदको लोभ, गुटबन्दी, गुण्डागर्दी आदि इत्यादि विकृति र विसङ्गति चरमसिमामा पुगेको छ । सङ्गठन वास्तविक विद्यार्थीको पहुँचबाट धेरै टाढा पुगेको छ, शैक्षिक संस्था र विद्यार्थीको समस्या र दुःखबाट बेखबर छ अनि विद्यार्थी सङ्गठन गैरविद्यार्थीको थलो बनेको छ । आज विश्वविद्यालय तहसनहस भएको छन र विद्यार्थीहरू विदेशिने क्रम बढ्दो छ। विश्वविद्यालयमा भ्रष्ट पदाधिकारी नियुक्ति भइरहेका छ।
शिक्षा मा जुन मात्रामा परिवर्तन हुनुपर्ने हो त्यो भए को छैन।। राष्ट्रको विकास को जिम्मा अब विद्यार्थीको हो तर ।सङ्गठन वास्तविक विद्यार्थीको पहुँचबाट धेरै टाढा हुदैगरेको छ।
शिक्षामा जुन मात्रामा परिवर्तन हुनुपर्ने हो त्यो भए को छैन।। राष्ट्रको विकास को जिम्मा अब विद्यार्थीको हो तर । सङ्गठन वास्तविक विद्यार्थीको पहुँचबाट धेरै टाढा हुदैगरेको छ।अब पनि विद्यार्थी सङ्गठन सार्वजनिक शिक्षा सुधारमा र विद्यार्थी केन्द्रित भएनभने त्यही विश्वविद्यालय र विद्यालय आज बन्द हुने अवस्थामा पुग्ने छन र क्रमशः विद्यार्थी आन्दोलन हराउने छ।
नाम : रोमन श्रेष्ठ
पाटन संयुक्त क्याम्पस,। ललितपुर
अखिल क्रान्तिकारी
9863252958
Gmail : romansth234@gmail.com
Comments