काभ्रेको तेमाल गाउँपालिकाको आयोजनामा भएको लैंगिक हिंसा सम्बन्धि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तीन दिने सो अन्तरक्रिया शनिबार सम्पन्न भएको हो ।

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा बिरुद्ध अभियान’ भन्ने मूला नाराका सथ विहिबारदेखि शुरु भएको सो अभियान तेमाल गाउँपालिका वडा नं. ८ र ९ मा पुगेर सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका उपाध्यक्ष डिएम थोकरले लैंगिक हिंसाकोबारेमा सबैले बुझ्नुपर्नेमा जोड दिए । ‘हिंसा भन्ने चिज नै गलत चिज हो । हामी सबैले बुझ्यो भने हिंसा नै हुदैन । लैंगिक हिंसा के हो सबैले बुझ्नुपर्छ ।’ उपाध्यक्ष थोकरले भने, ‘सबैभन्दा बढी जो समस्यामा परेको छ त्यसलाई बुझाउन यो कार्यक्रम आयोजना गरेको हो । पुरुषहरु पनि हिंसामा परेका छन् । तर सबैभन्दा बढी महिला हिंसामा परेका छन् ।’

थोकरले लैंगिक हिंसा विरुद्ध तेमाल गाउँपालिका सधैं रहिरहने प्रतिबद्धता समेत जाहेर गरे ।
यसैबीच कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले आफू विरुद्ध भएको हिंसा लुकाउनु पनि हिंसा भएकोले आफूलाई अन्यायमा परेको छ भने सम्बन्धित निकायमा उजुरी दिनुपर्ने बताए ।

त्यसैगरि तेमाल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले तेमाललाई लैंगिक हिंसा मुक्त गाउँपालिका बनाउन आफूहरु लागिरहेको बताए ।

कार्यक्रममा वडा नंं ८ का वडा सदस्य औलथ सिं तामाङ, वडा नं. ९ का वडा सदस्य श्याम तामाङ, कमला विक, वडा नं. ८ का मेलमिलापकर्ता संयोजक बेनिबहादुर श्रेष्ठ, नारायणथान प्रहरी चौकीका प्रमुख यमबहादुर मोक्तान लगायतका सहभागी थियो ।

स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालक न्यायिक सहजकर्ता सरस्वती त्रिपाठी थिए भने कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखा प्रमुख दीपा नेपालीले गरेका थिए ।

अभियान पालिकाको ३ स्थानमा भएको थियो । कार्यक्रमको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गरेका थिए ।

याे पनि पढ्नुहाेस्

तेमालमा लैंगिक हिंसा सम्बन्धि अन्तरकृया हुने

लैंगिक हिंसाको अन्त्य तेमालबाट गर्ने अध्यक्ष लामाको उद्घोष

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।