चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा स्थानीय तह स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । वागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सांसद रत्न ढकालले आज एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले खेलकुदले व्यक्तित्व विकासमा टेवा पुर्याउने बताउँदै देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुद क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए ।
यसैबीच गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले प्रतियोगिता समयसिमा भित्रै सकाउन पाएकोमा खुशी व्यक्त गर्दै विद्यार्थीहरुको खेल प्रतिभा पहिचान हुने बताए । खेलकुदले आत्मानुशासन, स्वस्थ हुने बताउँदै उनले आत्मानुशासन र स्वस्थ मान्छेले मात्र देशको लागि योगदान पुर्याउन सक्ने बताए । ‘हाम्रो गाउँपालिकाले समयसिमा भित्र स्थानीय तह स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु ।’ अध्यक्ष चौंलागाईंले भने, ‘खेलले आत्मानुशासन र स्वस्थ बनाउँछ । आत्मानुशासन र स्वस्थ व्यक्तिले मात्र देशको लागि योगदान पुर्याउन सक्छ । त्यसैले खेलको महत्व बुझ्न जरुरी छ ।’
अध्यक्ष चाैंलागाईंले प्रतियाेगितालाई पर्वकाे रुपमा लिन विद्यार्थीहरुलाई अनुराेध समेत गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, पं्रवक्ता एवं ८ नं. वडाका वडा अध्यक्ष धनबहादुर तामाङ, वडा नं. ५ का वडा अध्यक्ष कृष्णप्रसाद गौतम, वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईं, वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद चौंलागाईं, गाउँपालिका पूर्व उपाध्यक्ष ताराकुमारी चौंलागाईं, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु लगायतका सहभागी भएको थियो ।
प्रतियोगितामा गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालय र ३ वटा आधारभूत विद्यालय गरि १३ वटा विद्यालय सहभागी रहेको शिक्षा शाखा प्रमुख टोपप्रसाद अधिकारीले जानकारी दिए ।
शिक्षा शाखा प्रमुख अधिकारीका अनुसार प्रतियोगिता आगामी कार्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।
सो अवसरमा दोस्रो मैत्रिपूर्ण शिक्षक भलिवल प्रतियोगिता पनि आयोजना हुने छ । प्रतियोगिता वडा नं. ५ मा रहेको गाउँपालिका स्तरीय खेल मैदान तिर्थ स्मृति खेल मैदानमा भइरहेको छ ।
प्रतियोगितामा यी खेलहरुमा प्रतिस्पर्धा हुँदैछः
१. भलिवल (छात्र र छात्रा)
२. एथ्लेटिक्स
क. दौड
छात्रः १०० मि., २०० मि., ४०० मि., ८०० मि., ४८ १०० मि. रिले, ४८ ४०० मि. रिले
छात्राः १०० मि., २०० मि., ४०० मि., ८०० मि. ४ १०० मि. रिले, ४८ ४०० मि. रिले
ख. उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ
छात्रः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सपफुट १२ पाउन्ड,
छात्राः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम, सपफुट ८ पाउन्ड
याे पनि पढ्नुहाेस्
चौंरीदेउरालीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्तिकमै हुने
चौंरीदेउरालीका शिक्षकहरुबीच भलिवल प्रतियाेगिता हुने, यस्तो छ पुरस्कार
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























