महाभारत गाउँपालिकाको आठौं वर्षको पन्ध्रौ अधिवेशनमा अध्यक्ष श्री कान्छालाल जिम्बाद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम
सभाका सदस्यज्यूहरु,
जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधरणमा समेत बोध गराउने यस गरिमामय गाउँसभाको पन्ध्रौं अधिवेशनमा गाउँसभाका सदस्य ज्यूहरुलाई हार्दिक स्वागत गर्दछु ।
आज म महाभारत गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । स्थानीय तहको दोश्रो निर्वाचन सम्पन्न भई हामीले कार्य प्रारम्भ गरेको पनि दुई वर्ष व्यतित भइसकेको छ । यस अवधिको हाम्रो कार्यसम्पादनको मूल्याङ्कन गर्ने जिम्मा आम गाउँवासीलाई छाड्दै यस गरिमामय सभामा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु ।
यस महत्वपूर्ण घडीमा राष्ट्रको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस क्षणमा यस महाभारत गाउँपालिकाको भूमीबाट कुल बहादुर राना मगर, ज्ञान बहादुर गोले, प्रविना बज्यू, शक्ति, लिला बहादुर मोक्तान (निर्माण) प्रमिला माझी, विमला वाईबा, राजु नेपाली, प्रहार, दिल बहादुर बोम्जन (दिपक ) सीमा र विष्णु स्याङतान लगायतका सहासिक योद्धाहरुले बलिदान गर्नुभएको छ ।
लोकतन्त्रप्राप्ति लागि विभिन्न चरणको आन्दोलनको क्रममा बेपत्ता, घाईते योद्धा र पीडितहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपालको युगान्तकारी परिवर्तनका लागि भएका आन्दोलनमा अगुवाई गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानप्रति उच्च सम्मान सहित स्मरण गर्न चाहान्छु ।
सभाका सदस्यज्यूहरु.
संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ कि.मी. क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो एक स्थानीय तह हो । वि. स. २०७८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकामा जम्मा घर परिवार सङ्ख्या ३१७४ रहेकोमा कूल जनसंख्या १६,०७९ रहेको छ । जसमा पुरुष ७,८८० र महिला ८ १९९ रहेको छ । २०७८ को जनगणना अनुसार महाभारत गाउँपालिकाको लैङ्गिक अनुपात ९६.११ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर १.२३, जनघनत्व ८६ प्रति वर्ग मि. रहेको छ । यस महाभारत गाउँपालिकाको भूगोल २७ डिग्री २० मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री २७ मिनेट ३० सेकेन्ड उत्तरी अक्षांशसम्म र ८५ डिग्री ३० मिनेट पूर्वी देशान्तरदेखि ८५ डिग्री ४३ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।
आफ्ना छुट्टै भौगोलिक, सास्कृतिक, सामाजिक, राजनैतिक तथा आर्थिक पहिचान रहेको यस गाउँपालिकामा विशेषगरी तामाङ, मगर, नेवार, बाहुनक्षेत्री, माझी, दलित, पहरी समुदायका मानिसहरुको बसोबास रहि आएका छन् । यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिकासँगै पर्यटकीय क्षेत्र भुमीचुली लेक, ताराखसे लेक र चैत्यपानी जस्ता महत्त्वपूर्ण महाभारत लेकले घेरिएको छ, भने यस गाउँपालिकाको पूर्व सिमानामा सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै महाभारत गाउँपालिकाको सिमानाबाट बगेको कोखाजोर खोला रहेको छ । पश्चिममा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानाबाट बग्ने चाउखोलाले घेरिएको छ । यस गाउँपालिकाको उत्तरी सिमानामा प्राकृतिक तथा पर्यटकीय रुपमा रहेको सुन्दर (म्हाबर) लेक समुन्द्र सतहबाट अन्दाजी २५०० मि. उचाईमा रहेको छ । र यस म्हावर लेकबाट अन्तत यस गाउँपालिकाको नामाकरण महाभारत हुन पुगेको हो ।
सभाका सदस्यज्यूहरु.
गाउँपालिका स्थापना भएदेखि नै लोकतान्त्रिक विधि र पद्धति अनुरुप कार्य सञ्चालन गरी छोटो समय सीमाभित्र गाउँपालिकाको सुशासन, विकास र समृद्धिको जग तयार भएको छ । स्थानीय सरकारको नेतृत्वको हैसियतमा हाम्रो पहलमा संघ र प्रदेश सरकारको समेत समन्वय, सहजीकरण एवं साझेदारीमा गाउँपालिकाको समग्र विकासमा तत्कालीन र दीर्घकालीन महत्वका विभिन्न आयोजना तथा परियोजनाहरु अघि बढेको हामी सबैलाई विदितै छ । तथापी सीमित स्रोत र साधनका वावजुद गाउँवासीको असीमित आकाङ्क्षा परिपूर्ति गर्नु निश्चित रुपमा चुनौतीपूर्ण छ, तैपनि सीमित स्रोत र असीमित जनचाहनाका बीच सन्तुलन कायम गर्दै नेपालको संविधान, चालू सोहौ योजना, दिगो विकासका लक्ष्य र आम गाउँवासीको चाहना तथा राजनैतिक दलहरुको प्रतिबद्धता र जनप्रतिनिधीहरुको आकाङ्क्षालाई मध्यनजर गर्दै यो नीति तथा कार्यक्रम तयार गरिएको छ । यो नीति तथा कार्यक्रम तर्जूमा गर्ने क्रममा सल्लाह सुझाव र पृष्ठपोषण प्रदान गर्नुहुने साथै यस कार्यको लागि सहयोग पु-याउने हुने सम्पूर्ण गाउँवासी, राजनैतिक दलहरु, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
सभाका सदस्यज्यूहरु.
लोकतन्त्र आफैंमा जनमुखी शासन हो । स्थानीय सरकारले लोकतन्त्रको मूल्य र विधिलाई कानून तर्जूमा, सेवा प्रवाह, विकास र विपद् व्यवस्थापनका माध्यमबाट स्थानीकरण गरेको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानूनी व्यवस्थाले स्थानीय तहलाई नीति निर्माण, विकास व्यवस्थापन, स्रोत संशाधनको परिचालन, सेवा प्रवाह एंव सुशासन र विपद् व्यवस्थापनको कार्यसूची प्रदान गरेका छन् । स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित नेतृत्वलाई कार्यकारिणी, विधायकी र न्यायिक अधिकार प्रदान गरी लोकतन्त्रको वैधता र विश्वासलाई जनताकै मन मस्तिष्कबाट अनुमोदन हुने अवसर प्राप्त भएको छ ।
सभाका सदस्यज्यूहरु.
स्थानीय तहको विभिन्न चरणको निर्वाचनमा सामेल भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरी महाभारत गाउँपालकाको भविष्यको रुपरेखा कोर्ने अभिभारा हाम्रो काँधमा सुम्पनु भएका सम्पूर्ण गाउँवासीज्यूहरु प्रति पुनः कृतज्ञता प्रकट गर्दछौं । महाभारत गाउँपालिकाको सर्वाङ्गीण विकास मार्फत गाउँवासीको हित र कल्याणका लागि गरिएका प्रतिबद्धता र वचनबद्धता प्रति हामी कटिबद्ध छौं । गाउँपालिकाको गरिमा र ख्यातिलाई उचाईमा पुर्याउनु हुने पूर्व जनप्रतिनिधिज्यूहरुको योगदान विकास प्रतिको लगाव मार्गदर्शनलाई धन्यवाद दिन चाहान्छौं । उहाँहरुको विरासतमा थप नयाँ खुडकिलो थप्ने प्रण समेत गर्दछौं ।
सभाका सदस्यज्यूहरु.
सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प, समस्त गाउँपालिकावासीको समृद्धिको चाहना र हामीले निर्वाचनका क्रममा हाम्रा मतदाताहरु प्रति अभिव्यक्त गरेका प्रतिज्ञाहरु पुरा गर्ने दिशामा हामीले आगामी आ. व. २०८१/८२ को नीति तथा कार्यक्रमलाई अभिमुख गरेका छौं । यसका लागि दीगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्ध गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकासमा हामी प्रतिवद्ध छौं । गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, बेरोजगार र गरिबीको व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान कायम राख्ने र योजनावद्ध रुपमा बस्ती विकासलाई यस नीति तथा कार्यक्रमले प्रमुख प्राथमिकताको रुपमा लिइएको छ ।
सभाका सदस्यज्यूहरु.
हरेक दिन २ देखि ३ हजार युवाहरू रोजगारीको खोजीमा मातृभूमी छोडेर रोजगारीका लागि प्रवासी जानुपर्ने अवस्थाले हामी सबैलाई गम्भीर बनाएको छ । आन्तरिक र बाह्य बसाइँसराइका कारण ग्रामीण क्षेत्रका गाउँघरहरू सुनसान वस्तीका रूपमा रूपान्तरित हुन पुगेका छन् । उर्वर खेत बारी बाँझो हुन पुगेका छन् । यस सन्दर्भमा युवालाई देशभित्रै रोजगारीको अवसर सृजना गर्ने र गाउँघरको बसाइलाई आकर्षक र विकसित बनाउने चुनौती हामी सबैको साझा मुद्दा हुन पुगेको छ ।
विश्व अर्थतन्त्रमा आएको संकुचनले नेपाललाई हालसम्म पनि निरन्तर प्रभाव परिरहेको हामी पाउन सकिन्छौं । साथै नेपालको अर्थतन्त्रमा आएको आर्थिक मन्दी लगायतको कारण संघीय सरकारको समानीकरण अनुदान, संघीय राजश्व बाँडफाँट र प्रदेश सरकारबाट प्राप्त अनुमानित सवारी करमा प्रभाव पर्न गई स्थानीय तहले पाउनु पर्ने वित्तीय हस्तान्तरण बापतको अनुदानमा गम्भीर तथा नकारात्मक असर पुगि चालू योजना तथा आयोजनाहरुको भुक्तानीमा समेत असर परेको छ । जसले गर्दा यस महाभारत गाउँपालिकाले ठूलो परिमाणमा आर्थिक व्ययभार समेत खेप्नुपर्ने स्थिति देखिन्छ ।
सभाका सदस्यज्यूहरु,
उल्लेखित विशिष्ट परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुनर्उत्थानशील क्रियाकलापमार्फत अगाडि बढाउदै तीव्र र दिगो आर्थिक विकास गरी समृद्ध महाभारतको निर्माणसगैं समृद्ध नेपाल सुखी नेपालीको मूल लक्ष्य हासिल गर्नु परेको छ । यसका लागि हाम्रो गाउँपालिकामा स्थानीय आर्थिक विकासका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने अवस्था सृजना भएको छ ।
सभाका सदस्यज्यूहरु.
हाम्रा सामु देहाय् बमोजिमका विद्यामान चुनौतीहरू रहेका छनः
१. रोजगारउन्मुख सीपमूलक शिक्षाको विकास गर्नु ।
२. बजारको सूचना कृषकलाई समयमा नै उपलब्ध गराउनु ।
३. गुणस्तरीय बीउबिजन मलखाद समयमा नै उपलब्ध गराउनु ।
४. युवा जनशक्तिलाई कृषि व्यवसाय प्रति आकर्षित गर्नु ।
५. व्यवसायिक कृषकको संख्या वृद्धि गर्नु ।
६. वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त युवाको सीप तथा पूँजीलाई उद्यम विकासमा उपयोग गर्नु ।
७. निर्माण भएको पूर्वाधारको मर्मतसंभार पद्धतिको विकास गर्नु ।
८. सडक लगायतका पूर्वाधारको उपयोग योजना, डिजाइन तथा ड्रोइङ विना गरिने सडक तथा अन्य पूर्वाधारका संरचना निर्माणको कार्यलाई रोक्नु ।
भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका वस्तीमा भवन निर्माण कार्यलाई रोक्नु ।
१०. अव्यवस्थित बस्ती बिस्तारको क्रम रोक्नु तथा व्यवस्थित बस्ती विकास गर्नु ।
११. वैज्ञानिक, जलवायु उत्थानशील तथा व्यवहारीक एवम् उपयुक्त भूउपयोग योजना तर्जूमा
लागू गर्नु ।
१२. सञ्चार सेवा प्रदायक संस्थाहरूबाट प्रभावकारी सेवा प्राप्ति र व्यवस्थित गर्नु
१३. प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को मापदण्ड अबलम्बन नगरी अत्यधिक दोहन रोक्नु ।
१४. विभिन्न कालखन्डमा गाउँपालिकामा निर्माण भएका पूर्वाधारका संरचना ( पूँजीगत सम्पत्ती) को लगत तयार तयार गर्नु मूल्याङ्कन गर्नु तथा सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गर्नु ।
सभाका सदस्यज्यूहरु,
गाउँपालिकाको पूर्वाधार विकास निर्माणको कार्यमा गाउँपालिकाभित्रका आम उपभोक्ताहरु, सर्वसाधारण जनता, उद्योग ब्यवसायीहरु, सामाजिक संघसंस्थाहरु तथा विकास साझेदारहरूको निरन्तर सहयोग रहदै आएको छ। विकास र सुशासनको लागि जनप्रतिनिधिहरुले स्पष्ट दृष्टिकोण सहित अगुवाई गर्ने हो भने प्रशासनिक संयन्त्रले त्यसलाई प्राविधिक तथा कानुनी ढाँचाभित्र आवद्ध गराउने हो । आम नागरिकहरुले साथ सहयोग, सुझाव दिने हो ।
जनसहभागीता एवं जनपरिचालनको क्षेत्रमा गाउँपालिकाले कायम गरेको इतिहासलाई अक्षुण्ण राख्दै शासकीय प्रबन्धमा जवाफदेहिता, पारदर्शिता, गुणस्तरीयता एवं स्वच्छतायुक्त जनसहभागीता सुनिश्चित गरिनेछ ।
गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण (O & M) लाई अद्यावधिक गरी छरितो एवं चुस्त संगठन संरचना मार्फत प्रशासनिक तथा चालु खर्चलाई मितव्ययी बनाइनेछ । यसबाट सेवा प्रवाहलाई प्रभावकारी तथा विकेन्द्रित तुल्याउदै पूँजीगत खर्च बढाउने नीति लिइएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान एवं वित्तिय हस्तान्तरणको उच्चतम् र प्रभावकारी परिचालन एवं उपयोग गर्दै वित्तिय आत्मनिर्भरता कायम गर्न प्रयत्न गरिने छ ।
यस गाउँपालिकाले आफ्नो क्षेत्रमा समृद्ध, समावेशी, स्वच्छ, सुरक्षित, स्वावलम्बी र सुशासित समुदाय निर्माण गर्ने उद्देश्य लिएको छ । जनताको मौलिक अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि सहभागिताका माध्यमबाट पारदर्शिता र जवाफदेहीतालाई जोड दिइनेछ ।
सभाका सदस्यज्यूहरु,
नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेख भएको नीतिगत व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानुपर्ने प्रावधान राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौं आवधिक योजनाको मूलभूत पक्षहरू दिगो विकासका लक्ष्य २०३० को मार्गचित्र, आम नागरिकको विभिन्न चरणको सहभागितामूलक प्रक्रिया आदिलाई मार्गदर्शनको रुपमा लिएर यस महाभारत गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम तयार गरिएको छ । साथै गाउँपालिकाको आवधिक योजना, मध्यमकालीन खर्च संरचना, गाउँपालिकाले कार्यान्वयनमा ल्याएका कानूनी प्रावधान समेतलाई ध्यानमा राखी यो नीति तथा कार्यक्रम ल्याइएको छ ।
सभाका सदस्यज्यूहरु,
अब म यस सम्मानित सभामा आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अगाडि गत आर्थिक वर्ष ०८०/८१ मा हामीले गरेका महत्त्वपूर्ण कामहरुको समीक्षा गर्न चाहन्छु ।
सभाका सदस्यज्यूहरु.
यस गाउँपालिका भौगोलिक विकटताका भएपनि कृषि बालीवस्तु उत्पादनको प्रचुर सम्भावना बोकेका यस गाउँपालिकामा नेपालको अन्य स्थानीय तहको तुलनामा सबैभन्दा गुणस्तर कफी उत्पादन गरेको पछिल्ला तथ्यङ्कहरुले पुष्टी गरेको छ । अन्य बालीवस्तु उत्पादनको लागि अझ बढी सम्भावना बोकेको यस गाउँपालिकामा ६० वटा भन्दा बढी प्लास्टिक टनेल र प्लास्टिक पोखरी वितरण, विभिन्न जातका फलफूल तरकारी, मिनिकिट वितरण, कफी विकास कार्यक्रम अन्तर्गत ९५ हजार कफी विरुवा वितरण ११ वटा मिनिटिलर, ९५ वटा कफी पल्पर मेशिन, विभिन्न फलफुलका नयाँ नर्सरी स्थापना गरिएको छ, भने किसानहरुमा थप उत्साहका साथ कफी खेती गर्ने प्रतिस्पर्धा चलेको छ ।
यस महाभारत भूगोलका कफी नेपालमा मात्र नभई अन्तराष्ट्रिय रुपमा समेत निर्यात हुन थालेको छ । आजभोलि महाभारतका किसानहरु आफैले नै भन्ने गरेको छ कि, “छाहारी मुनि कफीको बोट किसानको घरमा विदेशीको नोट” भन्ने मुल अभियानको साथ कफी क्षेत्रको विकास कार्यक्रमले महाभारतको उत्पादन र रोजगारीमा महत्वपूर्ण टेवा पुगेको छ । यता वर्षौंदेखि मलको अभाव भई उत्पादनमुखी खेतीहरुमा देखिएको समस्या समाधान गर्न गाउँपालिकाले यस वर्षदेखि किसानको घर घरमा समयमै मल पु-याएको छ । उता पशुपंक्षी क्षेत्रमा प्रशस्तै सम्भावना बोकेका यस गाउँपालिकाले बास्ना प्रवर्द्धन कार्यक्रम, बंगुर प्रवर्द्धन कार्यक्रम तथा कृषक स्तरिय विभिन्न तालि गोष्टी अभिमूखीकरण कार्यक्रम सञ्चालन गरी किसानहरुमा “मेरो सरकार स्थानीय सरकारको ‘ अनुभूति भएको छ । सामाजिक सचेतना कार्यक्रम तर्फ पनि नेपाल प्रहरी र गाउँपालिकाको साझेदारीमा महिला तथा घरेलु हिंसा, बाल विवाह विरुद्धको अभियान गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरुमा सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरी अन्तत हिंसा तथा अपराध जन्य गतिविधिहरुमा जिल्ला प्रहरी कार्यालय काभ्रेको वार्षिक तथ्याङ्क अनुसार जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा कम हिंसा तथा अपराध हुने स्थानीय तहको सूचीमा समावेश भएको छ । गुणस्तरिय शैक्षिक विकास क्षेत्रमा पनि यस गाउँपालिकाको अथाह प्रयास र निरन्तर जारी नै छ ।
विगतमा दरवन्दी अभावले कक्षा सञ्चालनमा देखिएको समस्या समाधान गर्न दरबन्दी मिलान मार्फत यस गाउँपालिकामा ५२ वटा दरबन्दी प्राप्त गरी तत् स्थानहरुमा वितरण गरिएको छ । भौतिक संरचनाको अभाव हुनु नदिन गाउँपालिकामा संचालित माध्यमिक विद्यालयहरु सुविधा सम्पन्न आधुनिक भवनहरु निर्माण भएको छ । तथापि केही निर्माण व्यवसायीको ढीलासुस्तीका कारण पनि विद्यालयहरुको निर्माण कार्य निरन्तर भइरहेको छ ।
शैक्षिक सुदृढीकरणको लागि विद्यालयलाई प्रविधिमैत्री बनाउन आइसिटी ल्याब, साइन्स ल्याब, स्मार्ट बोर्डको प्रयोग संगै विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रमले शिक्षा क्षेत्रमा थप सुधार थपेको छ । गाउँपालिकाको आफ्नै स्थानीय पाठ्यक्रमको निर्माण तथा कार्यान्वयनले शैक्षिक क्षेत्रमा अब्बल पालिकाको रुपमा परिचय दिएको छ । यद्यपि छोटो समयमै केहि विषयगत शिक्षकको सरुवा भई समयमै शिक्षक पदपूर्ति गर्न नसक्दा शैक्षिक गुणस्तरमा देखिएको समस्यामा हामी गम्भीर रहेको कुरा सम्मानित सभामा अवगत गराउन चाहन्छु ।
सभाका सदस्यज्यूहरु,
यता, स्वास्थ्य क्षेत्रमा भने स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैत्री स्वास्थ्य संस्था बनाउन सबै स्वास्थ्य संस्थाहरुमा ल्यापटप, प्रिन्टर, ईन्टरनेट, मोबाईल सेट जस्ता सामग्रीहरु वितरण तथा प्रयोगबाट प्रगती विवरण समयसीमा अवधिमा अनलाइन प्रविष्ट गर्न सहज भएका छन । स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्तीहरुमा डाक्टर सहितको घुम्ति शिविर मार्फत नसर्ने रोगहरु, आँखा, नाक, कान, घाँटी, कुपोषण, स्त्री रोग तथा प्रजनन स्वास्थ्य लगाएत सामान्य रोगहरु सम्बन्धी सेवाहरु सञ्चालन गरी करिब १५०० नागरिकहरुलाई सेवा दिएका छौं । साथै क्षयरोग रोकथाम तथा नियन्त्रण गर्नको लागि डाक्टर सहितको एक्सरे सेवा लिएर वडा वडामा स्वास्थ्य शिविर सञ्चालन गरी झन्डै ११०० जना भन्दा बढी शङ्कास्पद मानिसहरुलाई चेकजाँच गरी लक्ष्य अनुसार प्रगती हाँसिल गरिएको छ ।
मातृ तथा नवशिशु मृत्युदर सङ्ख्या कम गराउन राष्ट्रिय खोप कार्यक्रम ९० प्रतिशत भन्दा बढी प्रगती भएको छ । यसैगरी संस्थागत सुत्केरी बढाउन ८० जना भन्दा बढी गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिएको र ४ जना गर्भवती महिलालाई निशुल्क हेलि उद्धार मार्फत प्रति गराउन हामी सफल भएका छौं । सामुदायिक इकाई आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरु त RCC भवनहरु बनाउन सफल भयो नै आधारभुत स्वास्थ्य सेवालाई थप विस्तार गर्नको लागि महाभारत गाउँपालिका स्थित घर्तिछापमा १० शैयाको अस्पताल निर्माण कार्य जारी रहेको र निकट भविष्यमा नै सम्पन्न हुने विश्वास यस सभामा गराउन चाहन्छु ।
सभाका सदस्यज्यूहरु,
यस पालिकाको आर्थिक दायित्व तथा प्रशासनिक कार्यभार समेत अध्ययन गरी कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (Organization and Management survey) गरी प्रदेश कितावखानामा दर्ता गरिएको छ । सेवा प्रवाहलाई चुस्त र परिणाममुखी बनाउन नीतिगत व्यवस्थानुरुप समीक्षात्मक गोष्ठीहरु तथा प्रतिवेदन प्रणालीलाई यथाशक्य कार्यान्वयनमा ल्याइएको छ । संघीयता कार्यान्वयनको आधारस्तम्भ कानून निर्माणको क्षेत्रमा पहल भई ४० भन्दा बढी कार्यविधि निर्देशिका र मापदण्ड निर्माण भएका छन् भने, उपभोक्ता समिति दर्ता कार्यविधि पारित गरी २५ भन्दा बढी खानेपानी उपभोक्ता समिति र अन्य समितिहरुको दर्ता भएको छ ।
कर्मचारी छनौटमा योग्यता, निष्पक्षता र तटस्थता : सेवा प्रवाहमा चुस्तता” भन्ने मूल मन्त्रलाई आत्मसात् गरी करार कर्मचारी नियुक् सम्बन्धी प्रक्रियालाई वस्तुनिष्ठ बनाउने प्रयास स्वरुप विभिन्न सेवाको कर्मचारी नियुक्ति गरी सेवा प्रवाहलाई थप शीघ्र तथा चुस्त बनाउने प्रयास भएको छ । अभिलेख व्यवस्थापन तथा सूचना व्यवस्थापनको क्षेत्रमा वैज्ञानिक फाइलिङ पद्धतिको अनुशरण गरी कार्यसम्पादन गर्दै सूचनाको हकको व्यवहारिक अनुभूति हुने गरी कार्य भएको छ ।
आ.व.०८०/०८१ मा यस महाभारत गाउँपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विका कार्यक्रम(MEDPA) अन्तर्गत वडा नं. २, ३ र ८ मा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत उद्यमशीलता विकास तालिम सीप विकास तालिम उपयुक्त प्रविधि हस्तान्तरण व्यवसाय परामर्श बजारीकरण जस्ता बिबिध कार्यक्रमहरु सञ्चालन गरेको हो । यसैगरी पालिकाको बिभिन्न वडाका लघु उद्यमीहरुलाई व्यवसाय विस्तार तथा सुधार तालिम सामेत सञ्चालन गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत रोजगार सेवा केन्द्रमा मार्फत पालिकाको सबै वडामा “श्रमको प्रधानमन्त्री को अधि कार्यक्रम नियमित पोलार सेवा तन गए मार्फत जसबाट वडाळा व सम्पको नागरिकले वैदेशिक रोजागारी स्वरोजगारमा आबद्ध हुने प्रक्रिया लगाएतको विषयमा जानकारी लिन सफल भएका छन । त्यस्तै महाभारत गाउँपालिकाका एक वडा बाहेक ७ वटा वडामा अनलाईन प्रणालीमार्फत घटना दर्ता सुचारु भएको छ । सामाजिक सुरक्षा भत्ता पूर्ण रुपमा EFT प्रणाली मार्फत बैङ्क खातामा रकम भुक्तानी भएको छ ।
सभाका सदस्यज्यूहरु,
यस गाउँपालिकाको पूर्वाधार विकासतर्फ पनि संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका बीचको समन्वय र सहकार्यमा महाभारत गाउँपालिकाको प्रत्येक वडा, बस्ती तथा टोलहरुमा पुग्ने सडक पुल कल्भट, सिंचाई, खानेपानी धारा, विद्युतीकरण लगायतको भौतिक पूर्वाधारहरुको निर्माणले समृद्ध महाभारतको निर्माणलाई सुनिश्चित गर्दै लगेको छ भने गाउँपालिका केन्द्रबाट जिल्ला सदरमुकाम जोड्ने छोटो दुरीको सडक तीनखुट्टे सर्दुङ बुढाखानी सडक निर्माण कार्य भईरहेको छ । जसमा २.३ कि.मि ग्राभेल नाली र २ वटा कल्भर्ट निर्माण कार्य सम्पन्न भएको छ, भने महादेवटार सर्दुङ खण्डमा ढलान (RCC pavement) कार्य भइरहेको छ ।
जिल्ला सदरमुकामबाट गाउँपालिका जोड्ने वैकल्पिक सडकहरुको निर्माण र स्तरोन्नती गर्ने कार्य तीव्र रुपमा भइरहेको छ । जसअन्तर्गत घमाइलो चौडिक घ्याप्रिङ देविटार सडक निर्माण कार्य अन्तिम चरणमा रहेको छ, कोल्टार वडा नं ३ मसानेभन्ज्याङ महादेवटार सडकको ठेक्का सम्झौता भई निर्माण कार्य अगाडि बढेको छ । गाउँपालिकाको केन्द्रदेखि वडाको केन्द्रसम्म जोड्ने सडकहरुको स्तरोन्नती कार्यलाई प्राथमिकतामा राखी निर्माण कार्य भइरहेको छ । महाथान फिरिम आपटार चिर्का धाप सडकको निर्माण स्तरोन्नती कार्य सम्पन्न भएको छ ।
जसअन्तर्गत १ वटा कल्भर्ट, ३०० मि नाली, ६ वटा कजवे तथा ५ कि.मि सडक स्तरोन्नती कार्य सम्पन्न भएको छ । गत आर्थिक वर्षदेखि अधुरा रहेका आयोजनाहरुको निर्माण कार्य यस वर्ष सम्पन्न गरिएको छ । साथै झोलुङ्गे पुलहरुको निर्माण कार्य अगाडि बढेको छ । गाउँपालिकाको भू-उपयोगक्षेत्र निर्धारण गर्ने नीति अनुरुप गाउँपालिकाभित्र रहेका जग्गा वर्गीकरणको कार्य यसै वर्ष अगाडि बढाइएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको छ ।
“एक घर एक धारा” को नीति अवलम्बन गरिएअनुसार संघीय विशेष अनुदानबाट सञ्चालित बुढाखानी गोठडाँडा खानेपानी, चौडिक चारकिल्ला खानेपानी र मगरगाउँ बनखु सल्लेनी चौखोला खानेपानी आयोजाहरुबाट ७०० घरमा धारा निर्माण कार्य सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिएको छ । त्यस्तै काभ्राखोल्सी हलिदे खानेपानी आयोजना अन्तर्गत काभ्राखोल्सी ( वडा न ६ गोल्टारमा) निर्माण कार्य सम्पन्न भएको छ, भने हलिदे खानेपानी ( वडा न ८) को निर्माण कार्य अन्तिम चरणमा रहेको छ । जसमा ३०० घरमा धारा निर्माण भएको छ ।
अन्य विभिन्न आयोजनाहरुबाट यस आ व मा जम्मा ४०० घरमा धारा निर्माण भएको छ । साथै यस आ.व. को प्रारम्भिक चरणमा बागमती प्रदेशको गौरवको आयोजना र यस महाभारत गाउँपालिकाको बहुप्रतिक्षित आयोजना, विकासको मेरुदण्ड अन्तर्गत जनमुक्ति राजमार्गको निर्माण कार्य अत्यन्त तीव्र गतिमा अगाडी बढाउन सफल भएको छ । गाउँपालिकाभित्रको मुख्य सडकलाई प्रादेशिक राजमार्गको रुपमा आयोजना समावेश गर्न हरपल सहयोग गर्नुहुने तथा उक्त आयोजनालाई शिलान्यास गर्नुहुने सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल (प्रचण्ड) ज्यू, त्यसैगरी बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय श्री शालिकराम जमरकटेल, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलाल तथा यस कार्यमा महत्वपुर्ण सहयोग गर्नुहुने संघीय सरकारका मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, लगायत मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, विभिन्न राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, बुद्धिजिवी, सञ्चार जगत लगायत आम जनसमुदाय सबैमा यस गरिमामय सभा मार्फत हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
सभाका सदस्यज्यूहरु,
अन्ततः हाम्रो लामो संघर्ष र त्यागबाट अन्धकार मुनी रहेको महाभारतबासीलाई उज्यालो महाभारत बनाउन विगत ५ वर्ष देखिको निरन्तर प्रयास संगै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९, नाकाबन्दी, आर्थिक मन्दी, भौगोलिक कठीनाई लगायतको चुनौतिहरुको सामाना गर्दै नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र यस गाउँपालिकाको सहकार्य र निरन्तर समन्वयमा दुई पटकको ठेक्काबाट करिब महाभारत गाउँपालिकाको ३४२७ घरधुरीमा केन्द्रीय विद्युतीकरण पु-याई उज्यालो महाभारतको अभियानलाई यसै आ.व. को उत्तरार्धमा एक उत्साहमय कार्यक्रम मार्फत नेपाल सरकारका उर्जामन्त्री माननीय शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा साथै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष उपस्थितिमा महाभारत गाउँपालिकाको वडा नं ८ स्थित सोला भन्ज्याङमा उज्यालो महाभारत घोषणा गर्न हामी सफल भएका छौं ।
फलस्वरुप: आज महाभारत गाउँपालिकाको सबै वडामा केन्द्रीय विद्युत प्रशारणको पहुँच पुगेको छ । यद्यपी यसबाट आम गाउँपालिकाबासी नागरिकको दैनिक जिवनयापनमा नयाँ उर्जा पैदा भएको छ । सदियौं देखिको महाभारतबासीको सपना क्रमशः पुरा हुदै गएको मैले महशुस गरेको छु । मलाई लाग्छ, यस उपलब्धिलाई इतिहास र भावी पुस्ताले मूल्याङ्कन गर्ने नै छ । यस अवसरमा म पुनः महाभारतबासी नै आमा-बुबा दाजुभाई तथा दिदीबहिनी लगायत आम सरोकारवाला र सहयोगी सम्पूर्णमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु ।
सभाका सदस्यज्यूहरु,
स्थानीय सरकार स्थापना पछि स्थानीय सरकारहरुलाई विभिन्न सुचाङ्कहरु मार्फत मापन गर्ने गरेको यहाँहरुलाई अवगत नै छ । जसअन्तर्गत स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) महत्वपूर्ण सुचाङ्कमा पर्दछ । यस गाउँपालिकामा स्वीकृत दरबन्दी अनुसार कर्मचारी अभाव हुँदा पनि जिल्ला समन्वय समिति काभ्रेले गरेको (FRA) मूल्याङ्कनमा महाभारत गाउँपालिका जिल्लाकै पहिलो स्थानमा पर्न सफल भएका छौं, भने यसले सुशासन र वित्तीय जोखिम न्यूनीकरणको वास्तविकतालाई उजागर गरेको छ । त्यसैगरी देशभरिको ७५३ वटा स्थानीय तहमध्ये आ.व. ०७९ । ८० को महालेखा परीक्षक कार्यलयको ६१ औं वार्षिक प्रतिवेदन अनुसार यस महाभारत गाउँपालिका इतिहासकै पहिलो पटक शुन्य बेरुजुमा पर्न सफल भएको छ । यस सुखद अवसरमा सफलता हाँसिल गर्न अहोरात्र आफ्नो तन, मन, वचन र कर्मले सहयोग गर्नुहुने जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी लगायत राजनैतिक दल नागरिक समाज संचार जगत एवं सम्पूर्ण महाभारतबासी आम जनसमुदायमा धन्यवाद व्यक्त गर्दछु ।
सभाका सदस्यज्यूहरु.
अब म, आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम तर्जूमा गर्दा लिएका प्रमुख नीतिगत आधार र मुख्य मार्गदर्शन प्रस्तुत गर्न अनुमति चाहान्छु ।
१. गाउँसभाबाट आ.व. ०८०/०८१ मा पारित नीति तथा कार्यक्रम ।
२. नेपालको संविधानले निर्दिष्ट गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्बन्धि विषय तथा प्राथमिकताहरु
३. नेपालको संविधानले निर्देशित गरेका स्थानीय तहको काम कर्तव्य तथा अधिकार सम्बन्धि विषय तथा प्राथमिकताहरु ।
४. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताका आधारहरु
५. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकता तथा सन्तुलनका आधारहरु ।
६. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको नीतिगत व्यवस्था
७. स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७८ ले निर्दिष्ट गरेको वार्षिक योजना तथा बजेट तर्जूमाका आधारहरु ।
८. संघ र प्रदेश सरकारले जारी गरेको नीति कानून तथा मापदण्डहरु
९. संघ सरकार र प्रदेश सरकारबाट प्राप्त अन्य मार्गदर्शन एंव निर्देशिका तथा सुझावहरु
१०. चालू सोहौ योजनाले निर्दिष्ट गरेका लक्ष्य एंव उद्धेश्यहरु
११.स्थानीय तहको निर्वाचनको क्रममा जनतासँग मत माग्दा व्यक्त गरेका प्रतिवद्धताहरु
अब म, आ. व. २०८१ / ८२ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।
१. आर्थिक विकास
क. कृषि
१. “जस्ले रोप्छ कफीको बोट उसले पाउछ २० को नोट” भन्ने नारालाई आत्मसाथ गर्दै दिगो कफी बगैचा क्षेत्र विस्तार कार्यक्रम संञ्चालन गरिनेछ ।
२. कफी उत्पादनमा वृद्धि महाभारतको समृद्धि” भन्ने मूल नारालाई आत्साथ गर्दै दिगो तथा गुणस्तरीय कफी उत्पादनको लागि कफी खेती क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरिनेछ ।
३. खाद्य वस्तुको आयात घटाउन र बालीहरुको प्रतिस्थापन दर बढाउन कृषकहरुलाई सहज तरिकाबाट उन्नत बिउबिजन तथा उत्पादन समाग्रीको आपूर्ती गरिनेछ ।
४. रासायनिक मल र रासायनिक विषादीको प्रयोगबाट हुने नोक्सानी कम गर्न प्रांगारिक मल उत्पादन तथा वानस्पतीक विषादीमा जोड दिइनेछ ।
५. कृषि पेशालाई प्रविधिसँग जोडी विश्व बजारमा प्रतिस्पर्धा गर्न यन्त्र उपकरण जस्ता प्रविधिमा जोड दिइनेछ ।
६. वर्षैभरि गरिने कार्यक्रम, कृषि क्षेत्रमा दिनानुदिन भइरहने परिर्वतन तथा नविनतम् प्रविधिको प्रयोगमा कृषकसम्म जानकारी गराउने उद्देश्यले वडामा भएका अगुवा कृषक, कृषक समूह तथा सहकारी तथा जनप्रतिनिधिहरुसँग त्रैमासिक गोष्ठि तथा अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
७. कृषि प्रसार सेवालाई थप प्रभावकारी बनाउन नयाँ जात, नयाँ प्रविधिहरुको परीक्षण प्रदर्शन, कृषि मेला प्रदर्शन, कृषक पाठशाला, कृषक दिवस, कृषक भ्रमण, बाली उपचार शिविर लगायतका कार्यक्रम सञ्चालनमा जोड दिइनेछ ।
८. बढ्दो जलबायु परिवर्तन तथा जोखिम नियन्त्रण गर्न भिरालो जमिनमा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन गरिनेछ ।
९. स्थानीय स्तरमा नै गुणस्तरीय फलफूल कफी तथा तरकारीको विरुवा सहजै उपलब्ध गराउन पालिकास्तरमा एउटा नमूना नर्सरी स्थापना गरिनेछ ।
ख. पशु
१. कृषकहरुलाई गुणस्तरीय प्राविधिक सेवा उपलब्ध गराउनको लागि” एक गाउँ एक प्राविधिकलाई निरन्तरता दिईनेछ ।
२. सामुदायिक छाडा कुकुरहरुबाट रेबिज जस्ता प्राणघातक रोग सर्न सक्ने भएकोले रेविज विरुद्धको लागि सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
३. पशुपंक्षीबाट विभिन्न माध्यमबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगहरुको बारेमा अध्ययन अवलोकन | case study ) कार्यक्रम संचालन गरिनेछ ।
४. कृषकहरुलाई निर्वाहमुखी पेशाबाट व्यावसायिक पेशामा लैजानको लागि “पालिकास्तरिय कृषक तालिम” को लागि बजेटको व्यवस्था गरिनेछ ।
५. कृषकहरुको लागि प्राविधिक ज्ञानको अभाव नहोस भन्नको लागि कृषक प्राविधिक पुस्तिका प्रकाशन गरी वितरण गरिनेछ ।
६. पशुपंक्षीजन्य महामारी रोग नियन्त्रणको लागि आवश्यक व्यवस्था गरिनेछ ।
७. पशुपंक्षीको गुणस्तरिय उपचारको लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिनेछ ।
ग. सहकारी सम्बन्धी नीति तथा कार्यक्रम
१. सहकारीसँग सहकार्य गर्ने मूल उद्देश्यका साथ यस गाउँपालिका क्षेत्रभित्र स्थापना भएका सबै सहकारी संस्थाहरुको लगत संकलन, अद्यावधिक र नवीकरण गर्ने 10. क् हकहरुलाई लागत कार्यमा विशेष जोड साझेदारीमा विभिन्न
कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिईनेछ ।
२. सहकारी माध्यमबाट स्थानीय स्रोत श्रम, साधन सीप र पूँजीको अधिकतम परिचालनगरी आर्थिक, सामाजिक रुपान्तरण गरीनेछ ।
३. गाउँपालिकाभित्र रहेका सहकारी तथा वित्तीय क्षेत्रहरुसँग सहकार्य गरी उत्पादनमूलक कार्यक्रममा लगानीमैत्री वातावरण सिर्जना गरीनेछ ।
४. गाउँपालिकाभित्र रहेका सहकारी संस्थाको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।
२. सामाजिक विकास
क शिक्षा
१. “शिक्षामा लगानी ल्याउछ सुनौलो विहानी” भन्ने मर्ममा आधारित भई शिक्षामा लगानी बढाइनेछ ।
२. गाउँपालिकाभरिका सामुदायिक विद्यालयहरको स्तरोन्नति गरिने नीति लिइनेछ ।
३. समग्र विद्यालयको गुणस्तर सुधारका लागि गाउँपालिका र प्रधानाध्यापकसँग कार्य सम्पादन सम्झौता बमोजिम प्रधानाध्यापक र विद्यालयको कार्यसम्पादन मूल्याङकन गरिनेछ । साथै प्रधानाध्यापक र शिक्षकसँग समेत कार्यसम्पादन गर्ने व्यवस्था मिलाईनेछ
४. ” अध्यक्षसँग विद्यार्थी र अभिभावक ” कार्यक्रमलाई विकास गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावकहरुलाई सामुदायिक विद्यालयप्रति अपनत्व बोध गराउन आवश्यक नीति लिईनेछ ।
५. शिक्षाको गुणस्तर सुधार र विकासको लागि विद्यालय व्यवस्थापन समिति प्रधानाध्यापक शिक्षक अभिभावक विद्यार्थी तथा सम्बद्द शैक्षिक सरोकारवालासँग आवश्यक संवाद छलफल सहकार्य तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरी थप जिम्मेवार बनाइनेछ ।
६.विद्यालयमा कार्यरत प्र अ शिक्षक तथा अन्य कर्मचारीहरुको पेशागत विकास तथा नैतिक मनोबल बढाउन आवश्यक नीति लिईनेछ ।
७. विद्यार्थीहरुलाई संघीयता, सुशासन, स्थानीय सेवा प्रवाह, भ्रष्टाचार निवारण, उपभोक्ता हक, साइवर अपराध, लागुपदार्थ दुर्व्यसनी, वालविवाह, लैङ्गिक हिंसा, स्वास्थ्य तथा नैतिक शिक्षा लगायतका विषयमा अनुशिक्षण गर्न विद्यार्थीसँग गाउँपालिका कार्यक्रम सञ्चालन गरिनेछ ।
८. गाउँपालिका अन्तर्गत रहेको प्राविधिक विद्यालयलाई महाभारतबासीको सम्पतिको रुपमा विकास गरी सबैको पहुँचमा पुर्याउने नीति लिईनेछ ।
९. सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षाको अपरिहार्यताको रूपमा एकीकृत गर्दै विद्यालयमा आधुनिक प्रविधिको पूर्वाधार विकास गर्ने र शिक्षण सिकाई प्रक्रियालाई सूचना प्रविधिमैत्री बनाउने कार्यलाई व्यापक बनाउन शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरी आधुनिक प्रविधिको प्रयोग गर्ने कार्यलाई उच्च प्राथमिकता दिइनेछ ।
१०. पाठ्यक्रम तथा पाठ्यसामाग्रीको तदारूकता साथ कार्यान्वयन गर्ने र शिक्षकहरुका लागि तालिम, सेमिनार र गोष्ठी सञ्चालन गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिनेछ।
११. स्थानीय पाठ्यक्रमको निर्माण भई कार्यान्वयन समेत भईसकेकाले स्थानीय विषयको पाठ्यपुस्तक यसै आ.व भरीमा विद्यार्थीको हातहातमा पुर्याउने व्यवस्था गरिनेछ ।
१२. शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी वहन गर्दै पेशा वा जिम्मेवारीप्रति उत्तरदायी बनाउन पेशागत आचारसंहिता बनाई लागू गर्ने व्यवस्था गरिनेछ ।
१३. विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावनाको विकास गराउन गाउँपालिकास्तरिय खेलकुद र अतिरिक्त क्रियाकलाप संचालन गरिनेछ ।
१४. विद्यालयको आर्थिक प्रशासन चुस्त दुरूस्त राख्न विद्यालयका लेखा शिक्षक र ख कर्मचारीको लागि आवश्यक तालिमको व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
१५. विद्यालयको भौतिक, शैक्षिक र प्रशासनिक पक्षमा सुधार गर्न विद्यालय सरोकारवालाको सहभागितामा आधारित सहकार्य गर्ने नीति लिईनेछ ।
१६. आधारभूत विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई अध्ययन निरन्तरताको व्यवस्था मिलाउने नीति लिइनेछ ।
१७. विद्यालयलाई प्राविधिक सहायता प्रदान गर्ने पद्धतिको विकास गर्ने र शैक्षिक कार्यक्रमको नियमित अनुगमन तथा सुपरिवेक्षण गर्ने नीति लिइनेछ ।
१८. सबै सामुदायिक विद्यालयहरुमा घुम्ति नर्श सेवा कार्यक्रम सञ्चालन गरिनेछ ।
ख. स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम
१. महाभारत बन्दैछ, बा आमालाई सन्चै छ” भन्ने नाराका साथ मुटु तथा रक्तनली, दम, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोग जस्ता नसर्ने रोगहरुको प्रकोपलाई न्यूनीकरण गर्न र समयमा नै निदान गर्न टोल टोलमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि सहितको एकिकृत घुम्ति शिविरहरु संचालन गरि उपलब्ध भए अनुसार औषधि वितरण गर्ने साथै सम्बन्धित निकायमा प्रेषण गर्ने व्यवस्था मिलाईनेछ ।
२. नेपालको संवैधानिक व्यवस्थानुरुप नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक र आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चितता गर्न प्रतीकारात्मक, उपचारात्मक तथा प्रवर्द्धनात्मक र पुनर्स्थापनात्मक सेवालाई जोड ३. उपचारात्मक तथा प्रवर्द्धन दिईनेछ ।
३. Zero Home Delivery ( शुन्य होम डेलिभरी ) वडा बनाउन गर्भवती, सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा सहित संस्थागत सुत्केरी आमालाई पोषण खर्च वितरण कार्यक्रमलाई नियमित गरिनेछ ।
४. स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र सामाजिक समावेशिता सुनिश्चित गर्न साथै सेवाग्राहीको सशक्त सहभागिताको लागी सवल बातावरण बनाउन स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार, स्वास्थ्यकर्मी, औषधी तथा औजार उपकरण व्यवस्थापनमा जोड दिईनेछ ।
५. कुपोषण र विभेद, महाभारतमा निषेध’ भन्ने नाराका साथ बालबालिका तथा किशोर किशोरीहरुको नियमित स्वास्थ परिक्षण गरि जोखिमहरु समयमा नै पहिचान गर्ने, उचित परामर्श दिने, स्वस्थ जिवनशैली तथा खानपनका व्यवहारहरु सिकाउने, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा दिने, कुपोषित बालबालिकालाई पोषण खर्च वितरण साथै पोषणमैत्री र किशोर किशोरी मैत्री स्वास्थ्य संस्था संचानलको व्यवस्था मिलाइनेछ ।
६. स्वास्थ्य क्षेत्रमा सुशासन प्रणालीलाई कायम गर्न स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण गरिनेछ ।
७.गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न न्यूनतम सेवाको मापदण्डहरु व्यवस्थापन गर्न जोड दिईनेछ ।
८.बर्थिङ्ग सेन्टर र स्वास्थ्य क्लिनिकहरुको सेवाको स्तरोन्नति गर्ने क्रममा प्रयोगशाला सहितको सेवा उपलब्ध गराउने कार्यक्रम संचालन गरिनेछ ।
९.महिला स्वयंसेविकाहरुलाई दक्षता विकास तालिम उपलब्ध गराई जनस्वास्थ्य सम्बन्धी शिक्षा जनसमुदाय सम्म पु-याइनेछ ।
१०.स्वास्थ क्लिनिकहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको शुल्कलाई नियमन गरिनेछ ।
११.स्वास्थ चौकीहरुमा ल्याब सेवा सञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।
१२.अति गरिबको सूचीमा परेका जेष्ठ नागरिक, दलित तथा असक्त अपाङ्गहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदानलाई निरन्तरता दिईनेछ ।
१३.सरुवा रोगहरु (डेंगी, टि.वि, कोरोना, मंकीपक्स) लगायत अन्य रोगहरुको संक्रमणबाट बच्नको लागि रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गरी उपचार तथा प्रेषणको व्यवस्थामा जोड दिइनेछ ।
१४. प्रत्येक स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउनको लागि आवश्यक नीति ल्याइनेछ ।
१५. महिला प्रजनन स्वास्थ्य (पाठेघर तथा स्तन क्यान्सर) सम्बन्धी जनचेनामूलक कार्यक्रम तथा स्वास्थ्य जाँच सम्बन्धी शिविरहरु सञ्चालन गरिनेछ ।
१६.स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न गाउँघर क्लिनिक र खोप क्लिनिकलाई सुधार गरी सेवा प्रवाहमा थप प्रभावकारी बनाइनेछ ।
१७.संस्थागत सुत्केरी सङ्ख्या बढाई मातृ तथा नवजातशिशु मृत्युदर घटाउन राष्ट्रिय महिला स्वास्थ्य स्वयसेविका परिचालन तथा प्रोत्साहन कार्यक्रममा निरन्तरता दिइनेछ ।
१८.स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख क्षमता विकास तालिमको व्यवस्था गरी ज्ञान सीपको वृद्धि गरिनेछ ।
१९. घर्तिछाप स्वास्थ्य चौकीमा सञ्चालित ल्याव सेवालाई निरन्तरता दिई सेवाको दायरामा थप गरी थप सेवा प्रदान गर्ने व्यवस्था गरिनेछ ।
२०. ग्रामीण भिडियो एक्सरे सेवा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२१. घर्तिछाप स्वास्थ्य चौकीमा रहेको भ्याक्सिन सब स्टोरलाई निरन्तरता दिइनेछ
२२. प्रत्येक वडामा रहेको स्वास्थ्य आमा समूहबाट स्वास्थ्य शिक्षा दिने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
२३. गर्भवती महिलाहरुको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।
ग. युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम
१. खेलकुदको विकास गर्न विभिन्न खेलहरुका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरीनेछ ।
२. वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सीप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि गाउँपालिकाको स्थानीय आर्थिक विकास योजना अन्तरगत समावेश भएका नवप्रवर्तनशील, लगायतका प्रोत्साहनमुखी कार्यक्रमसँग आबद्ध गरीनेछ ।
३. युवा उद्यमशीलता विकासका कार्यक्रमहरु मार्फत युवालाई ‘विदेश हैन बिजनेस’ भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख गराइनेछ ।
४. युवा बेरोजगारी न्यूनीकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा निजी क्षेत्रको समन्वय र सहकार्यमा सिप तथा उद्यमशील क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरीनेछ ।
५. गाउँपालिकाका गौरवका रुपमा रहेका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहकार्य र साझेदारी गरिनेछ ।
घ. संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम
१. गाउँपालिकालाई खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मूर्तिकला, चित्रकला जस्ता symbol हरु निर्माण गरिनेछ ।
२. गाउँपालिकाभित्र बोलिने विभिन्न जातजातिका मातृ भाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लिपी तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति लिइनेछ ।
ङ. लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रम
१. लैङ्गिक विभेद अन्त्य गर्दै लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरीनेछ ।
२. महिला, बालबालिका, अल्पसंख्यक, भूमिहिन, अति गरिब, आदिवासी जनजाति र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
३. ऐतिहासिक कालदेखि जीवन निर्वाहको रुपमा अपनाइ आएका परम्परागत पेशालाई
व्यवसायिक उद्यमको रुपमा विकास गर्न पुँजी लगानी सहयोग गरिनेछ ।
४. अपाङ्गता पुनस्थापनाको लागि पुनर्स्थापन कार्यक्रमहरु सञ्चालन गरीनेछ ।
५. ज्येष्ठ नागरीक परिचयपत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाईनेछ ।
६. “हिंसा मुक्त गाउँपालिकाहाम्रो पहिचान’ अभियान सञ्चालन गरी सबै प्रकारका हिंसा विरुद्ध शुन्य सहनशीलता नीति लिइनेछ ।
७. गाउँपालिकाको बजेट तथा कार्यक्रममा लैङ्गिक परीक्षण गर्ने व्यवस्था मिलाईनेछ ।
३ भौतिक पूर्वाधार विकास
क. यातायात
१. गाउँपालिकाभित्रका सम्पुर्ण सडकहरुको मापदण्ड कायम गरी सोही अनुरुप गाउँपालिकाको यातायात गुरुयोजना (RMTMP) लाई अद्यावधिक गरी कार्यान्वयनमा ल्याइनेछ ।
२. गाउँपालिकाभित्रका सडकहरुको मर्मत कार्यलाई प्रभावकारी बनाउन मुख्य मुख्य सडकहरु बाह्रै महिना सञ्चालन हुनेगरी ममर्तसम्भार कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइनेछ ।
३. पूर्वाधार निर्माणका आयोजनाहरु सञ्चालन गर्दा लागत लाभ बिष्लेषणका आधारमा उच्च नतिजा एवम् प्रतिफल दिने समतामूलक विकासको आधारको रुपमा रहने पिछडीएका र कम विकसित क्षेत्रलाई मुल प्रवाहिकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरु पहिचान गरी आयोजना बैङ्क तयार गरिनेछ । सो आयोजना बैङ्कमा समाविष्ट भएका आयोजनाहरुलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरिनेछ ।
४. विगत आर्थिक वर्षदेखिका अधुरा आयोजनाहरुलाई बजेट विनियोजन गरी यस आ. व. मा सम्पन्न गरिनेछ ।
ख. भवन तथा आवास
१. गाउँपालिकाभित्रको जग्गा बर्गिकरण प्रतिवेदन अनुसार भू-उपयोग क्षेत्र निर्धारण गरी वस्ती विकास भवन निर्माण तथा अन्य सार्वजनिक निर्माण कार्यलाई थप व्यवस्थित र गुणस्तरीय रुपमा सञ्चालन गरिनेछ ।
२. घर निर्माणमा जनताको अनुत्पादक खर्च नहोस भन्ने उद्देश्यले घर निर्माण गर्नुपूर्व नागरिकलाई घरको आवश्यकता, लागत, मापदण्ड र उपयोग सम्बन्धमा निशुल्क परामर्श दिइनेछ ।
३. वस्ती विकास तथा भवन निर्माण मापदण्ड र नक्सापास को लागि कार्यविधि बनाई यसै आ.व. देखि कार्यान्वयनमा लगिनेछ ।
४. गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गरी नयाँ भवनबाट सेवा प्रवाह
गर्नका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
५. गाउँपालिकाको स्वामित्वमा रहेका भौतिक संरचनाहरुको मर्मत सम्भारको लागि कार्ययोजना बनाई कार्यान्वयनमा लगिनेछ ।
६. पूर्वाधार आयोजनाको निर्माण तथा सञ्चालनमा निजी क्षेत्रसँगको साझेदारीका लागि विभिन्न आयोजना तयार गरी कार्यान्वयन गरिनेछ ।
ग. खानेपानी तथा सरसफाई
१. एक घर एक धारा नीतिलाई नियमित रुपमा अवलम्बन गर्दै खानेपानीको जटिलतमसमस्याको तत्कालीन अल्पकालीन र दीर्घकालीन समाधानका लागि स्रोतहरुको खोजि तथा खानेपानीको उत्पादन र वितरण कार्यलाई थप व्यवस्थित बनाउदै लगिनेछ ।
२. गाउँपालिकाभित्र रहेका खानेपानिका मुहान, सिमसार क्षेत्रको संरक्षण गर्दै ति स्रोतहरुबाट खानेपानीको आपूर्ति गर्ने प्रबन्ध गरिनेछ ।
३. विभिन्न खोला नदी तथा अन्य स्रोतबाट खानेपानी आपूर्ति गर्ने व्यवस्थाको लागि सम्भाव्यता अध्ययन गरी संघ सरकार र प्रदेश सरकारको सहकार्यमा निर्माण कार्य अगाडि बढाइनेछ ।
४. सडक किनारा र सार्वजनिक स्थानहरुलाई हरियाली र सफा सुन्दर राख्ने कार्य गरिनेछ ।
घ. जलस्रोत तथा सिँचाई
१. गाउँपालिकाभित्र रहेका कृषियोग्य जमिनमा सिंचाईको उपलब्धता सुनिश्चित गर्न सिँचाईको मुहानको खोजि तथा सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा लगिनेछ ।
२. कफी उत्पादनको लागि थोपा सिँचाईलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
३. ठूला सिँचाई आयोजनाहरु सञ्चालन गर्न संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण कार्य अगाडि बढाइनेछ ।
ङ. वातावरण, जलवायु तथा विवद् व्यवस्थापन
१. गाउँपालिकाबाट सञ्चालन हुने प्रमुख आयोजनाहरुको कार्यान्वयन गर्दा वातावरणी अध्ययन गर्नको लागि आवश्यक कानुन बनाई कार्यान्वयनमा लगिनेछ ।
२. गाउँपालिकाभित्र ढुङ्गा गिट्टि बालुवा जस्ता नदिजन्य पदार्थहरुको अनाधिकृत दोहनलाई नियन्त्रण गरी व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानुन बनाई कार्यान्वयनमा ल्याइनेछ ।
३. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा जलवायु उत्थानशीलता योजना तर्जूमा गरी सोअनुसार विपद् पूर्व तयारी विपद् न्यूनीकरण प्रतिकार्य र पुनर्स्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
४. गाउँपालिकाभित्र बढ्दै गइरहेको आगलागिको समस्या न्यूनीकरण गर्ने कार्यलाई विशेष प्राथमितामा राखि कार्यान्वयनमा लगिनेछ ।
५. खाली जग्गामा वृक्षारोपण हरियाली प्रवर्द्धन तथा वनको संरक्षण र हैसियतमा सुधार गरी जल जमिन तथा वातावरणको संरक्षण कार्यमा बृद्धि गरिनेछ ।
४. क) सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम
१. “सार्वजनिक जवाफदेहिता: शासन विकास र सेवा प्रवाहमा पारदर्शिता” भन्ने आदर्शलाई अनुशरण गरी सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षणलाई अनिवार्य अवलम्बन गरी गाउँपालिकाका नागरिकहरुको समस्या तथा गुनासो र सेवा सम्बन्धी जिज्ञासा सुन्ने र सो को सम्बोधन अनलाईन प्रणाली कै माध्यमबाट गर्ने गरी नागरिक गुनासो व्यवस्थापन प्रणाली (Citizen Grievances Response App) यथाशीघ्र तयार गरी लागू गरिनेछ ।
२. प्रशासनिक अनुशासन तथा वित्तीय सुशासन कायम गर्ने सम्बन्धमा बाँकीको बक्यौता, पेश्की, बेरुजु लगत विवरण अद्यावधिक गरी कडाईका साथ असुल उपर एवम् फछ्यौट गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
३. प्रत्येक महिनाको आय / व्ययको मास्केवारी गाउँपालिका तथा वडा कार्यालयकोसूचनापाटी तथा वेवसाइटमा प्रकाशित गर्ने कार्यलाई अनिवार्य रुपमा लागू गरिनेछ ।
४. “राजनीतिक प्रतिबद्धता र प्रशासनिक सक्षमताः जनप्रतिनिधी र कर्मचारीमा दक्षता ” भन्ने मूल नारालाई आत्मसात् गर्दै जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई निरन्तर तथा परिणाममुखी बनाईनेछ ।
५. गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा र विकास निर्माण एवम् शासकीय गतिविधिमा हुनसक्ने अनियमितता, अपारदर्शिता तथा ढिलासुस्तीमा शुन्य सहनशीलताको नीति अख्तियार गरी सो कार्यलाई चुस्त र प्रभावकारी बनाउन प्रत्येक वडा कार्यालय र सार्वजनिक स्थानहरुमा गाउँपालिकाको तर्फबाट सुझाव पेटिकाहरु राखिने छ ।
६. योजना तथा कार्यक्रम ( PPMS), लेखाङ्कन प्रणाली, राजश्व सुधार, ई सिफारिस (दर्ता चलानी), अभिलेख व्यवस्थापन लगायत गाउँपालिकाबाट प्रवाह हुने सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी विद्युतीय प्रणाली तथा शासनलाई कार्यान्वयनमा ल्याइनेछ ।
७. गाउँपालिकाको काम कारबाहीलाई व्यवस्थित, पारदर्शी तथा नागरिकमैत्री बनाउन “हाम्रो महाभारत” नामक मोबाइल एप निर्माण गरी नागरिक वडापत्रहरु, सूचनाहरु र गाउँपालिका प्रोफाईल आदिको जानकारी प्रदान गर्ने कार्य अगाडि बढाइनेछ ।
८. गाउँपालिकाको सुरक्षालाई चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउन कार्यालय वडाका विभिन्न ठाउँ, धार्मिक तथा पर्यटकीय स्थल साथै सुरक्षा संवेदनशील क्षेत्रहरुमा सि. सि.टि. भि. क्यामेरा मर्मत तथा जडान गर्ने कार्य अगाडि बढाइनेछ ।
९. गाउँपालिकाभित्रका सार्वजनिक तथा सरकारी सम्पत्ति र जग्गाहरुको गहन खोज तथा अध्ययन गरी अभिलेख व्यवस्थापन गर्दै त्यस्ता जग्गाहरु माथिको अतिक्रमण रोकी संरक्षण गरिनेछ ।
१०. सार्वजनिक सेवा प्रवाहलाई सुशासनयुक्त बनाउन छिटो छरितो मितव्ययी र प्रभावकारीरुपमा विधुतीय शासनलाई अवलम्बन गर्दै कार्यालय तथा मातहतका निकायमा स्वचालित प्रणाली Automation System क्रमशः लागु गर्दै लगिनेछ ।
११.पालिकाका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन सहितको कर्मचारी व्यवस्थापन प्रणाली PIS)सफ्टवेयर निर्माण गरी कार्यसम्पादनमा आधारित दण्ड पुस्कार प्रणालीको कार्यान्वयन गरिनेछ ।
१२.सार्वजनिक खर्चलाई वैज्ञानिक, अनुमानयोग्य र नतिजामुखी तुल्याउन मध्यकालिन खर्च संरचना (MTEF) पद्धति निर्माण गरी वार्षिक बजेटसँग तादाम्यता मिलाइनेछ ।
१३. कर्मचारीहरुको पदीय जिम्मेवारी र जवाफदेहिता प्रवर्द्धन गर्न मासिक त्रैमासिक अर्धवार्षिक र वार्षिक प्रगति समिक्षा प्रतिवेदन तयारीको कार्यलाई अनिवार्य, परिणाममुखी तथा वस्तुनिष्ठ बनाईनेछ ।
१४.स्थानीय तहमा हुने निर्णय निर्माण प्रक्रिया, तह, आवश्यक राय र सोको व्याख्या तथा सामान्य ढाँचा सम्बन्धी आवश्यक मापदण्ड निर्माण गरी अभ्यासमा ल्याइनेछ ।
१५. चुस्त अनुगमन तथा सुपरीवेक्षण सार्वजनिक निकायमा व्यवस्थापन परीक्षण भन्ने भनाईलाई सार्थक तुल्याउन कार्यालय तथा मातहतका निकायहरुको कामकारवाहीलाई प्रभावकारी तथा परिणाममुखी बनाउन अनुगमन तथा सुपरीवेक्षणलाई निरन्तरता दिईनेछ ।
१६. संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहहरुसँग आपसी सहकार्य र समन्वयको लागि अन्तर समन्वय तथा सहकार्यको नीति तर्जूमा गरिनेछ ।
राजस्व तथा आन्तरिक श्रोत परिचालन नीति तथा कार्यक्रम
१. आन्तरिक आय व्यवस्थापन, प्राकृतिक स्रोत बिक्रि सम्बन्धी ऐन तथा नियमावली तर्जूमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित तुल्याइनेछ ।
२. आन्तरिक आयका स्रोतहरूको सम्भाव्यता अध्ययन, राजश्व बाँडफाँड, अन्तर सरकारी वित्तीय हस्तान्तरण, तथा गैससको स्रोत परिचालनको लागि स्थानीय सरोकारवाला, प्रदेश सरकार, र नेपाल सरकारका निकाय तथा गैसस र विकास साझेदार संग परामर्श, समन्वय, र साझेदारी गरीनेछ ।
३. करको दर सम्भव भएसम्म न्यूनतम गर्दै करको दायरा विस्तार गर्ने नीति लिइनेछ । प्रगतिशील कर प्रणाली अवलम्बन गरी नागरिकहरु बिच रहेको असमानता न्यूनीकरण गर्दै लगिनेछ ।
४. गाउँपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि करका नयाँ सम्भाव्य क्षेत्रहरु पहिचान गरीनेछ ।
५. ढुंगा, गिट्टी बालुवा जस्ता नदीजन्य पदार्थको करको दायरामा ल्याई गाउँपालिकाबाटै उत्खनन गरी बिक्री गर्ने विधि अवलम्बन गरीनेछ ।
६. करदाताहरुलाई आफूले तिर्नु पर्ने मोटामोटी कर दायित्व र कर तिर्ने समयसीमा समयमै जानकारी दिन निजहरुको सेल नम्बरमा विद्युतिय प्रणालीद्वारा सन्देश प्रावहित गर्ने नीति लिइनेछ ।
७. कर प्रशासनलाई सूचना प्रविधिमैत्री एवं करदातामैत्री तुल्याउदै लगिनेछ ।
ख. स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन ) सामाजिक सुरक्षा तथा पञ्जीकरण
१. “समयमै व्यक्तिगत घटना दर्ता आमा बुबालाई भत्ता भन्ने नारा अनुसार व्यक्तिगत घटना दर्ता सबै वडाहरुमा अनलाईन प्रणालीबाट प्रत्येक वर्षको वैशाख १ देखी ७ सम्म घटना दर्ता सप्ताह मनाइनेछ ।
२. सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन वडामा भुक्तानी शिविर मार्फत वितरणको व्यवस्था मिलाइनेछ ।
३. राष्ट्रिय परिचयपत्र मार्फत बायोमेट्रिक भेरिफिकेसन गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गरि सामाजिक सुरक्षामा हुने अनियमितामा शुन्य प्रतिशत कायम गरिनेमा प्रतिबद्ध रहेकोछ ।
ग. वित्तीय
१. गाउँपालिका क्षेत्रभित्र संचालित वित्तीय संस्थाहरुलाई विपन्न र पिछडिएको समुदायमा परिचालन गर्न प्रोत्साहन गरिनेछ ।
२. गाउँपालिका क्षेत्रमा संचालित बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँपालिकामा दर्ता हुन र नयाँ वित्तीय संस्था खोल्नु पूर्व अनिवार्य रुपमा गाउँपालिकाको स्वीकृति लिनु पर्नेछ ।
३. गाउँपालिकाभित्र रहेका वित्तीय संस्थाहरुको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।
घ. न्यायिक समितिको निति तथा कार्यक्रमहरु
१. सबै गाउँपालिका बासीहहरुलाई छिटो छरिटो पहुँच योग्य र प्रभावकारी न्याय सेवा प्रदान गर्ने निति अबलम्बन गरिनेछ ।
२. न्यायिक समितिले मेलमिलाप केन्द्र संचालन र व्यवस्थापन गरिनेछ ।
३. प्रत्येक विद्यालयहरुमा न्याय सम्बन्धी कार्यक्रम गरिने व्यवस्थापन गरिने छ । ४. न्यायिक समितिका पदाधिकारी मेलमिलाप कर्ताहरुलाई सम्बन्धित विषयको / विज्ञलाइ ल्याई तालिमको व्यवस्था गरिनेछ ।
५. मेलमिलाप केन्द्रहरुको अनुगमन गर्ने कार्यलाइ प्रभावकारी बनाईनेछ ।
६. गरिबी असाहाय तथा पिछडीएको व्यक्तीहरुलाई निशुल्क कानूनी परामर्श तथासहयोग उपलब्ध गराईनेछ ।
५. प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा स्वरोजगार कार्यक्रम
१. रोजगारिमा खटिनु पूर्व सबै श्रमिकहरुलाइ अभिमुखिकरण कार्यक्रम सन्चालन गरिनेछ
२. यस गाउँपालिकाले रोजगार रणानीति तर्जूमा गरी कार्यान्वयन गर्नुका साथै आन्तरिक रोजगारि प्रवर्द्धन अभियान सम्बन्धि कार्यक्रम सन्चालन गरिनेछ ।
३. रोजगार संवाद मञ्चलाई व्यवस्थित तरिकाले सञ्चालन गरिनेछ ।
४. प्रधानमन्त्री रोजगार कार्यक्रम सन्चालनका लागि आवश्यक पर्ने निर्माण सामग्री तथा अन्य सामग्री स्थानीय तहको लागत साझेदारीमा खरिद गर्ने व्यवस्था मिलाइनेछ ।
५. सबै खाले कामको सम्मानको लागि श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धी क्रियाकलाप संचालनलाइ निरन्तरता दिइनेछ ।
६. वैदेशिक रोजगारिमा जाने व्यक्तिहरुका लागि गरिने श्रम एग श्रम स्विकृती र पुनः श्रम स्विकृती यसै कार्यलयबाटै दिइने व्यवस्था मिलाइनेछ ।
७. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ थप प्रभावकारी बनाउन बेरोजगार सुचिमा सूचीकृत हुन बेरोजगार आवेदन फाराम भर्न भराउन बेरोजगार युवा पुस्तालाई सुसुचित एवं प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
६. गरिवी निवारणको लागि लघु उद्यम विकास
१. “एक घर एक उद्यमी भन्ने नाराका साथ पालिकाको सबै वडाहरुमा लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
२. लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गरिने छ ।
३. स्थानीय स्तरमा उपलब्ध हुने कच्चापदार्थ सूची तथा सो को विश्लेषण गरी व्यवसाय छनौट गरिने छ ।
४. स्थानीय सीप तथा स्रोतलाई आधार मानि नयाँ लघु उद्यमी सिर्जना गरिने छ ।
५. सक्रिय उद्यमीहरुको लागि एडभान्स सीप तालिम प्रविधि सहयोग तथा बजारीकरण कार्यक्रमहरु संचालन गरिनेछ ।
६. उद्यमशील संस्कारको विकास गर्न उद्यमशीलता बिकास तालिम सञ्चालन गरिने छ ।
७. स्थानीय तथा रैथाने उत्पादनहरुको प्रयोग गर्न प्रोत्साहन गरिनेछ ।
८. गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
गाउँसभाका सदस्य ज्यूहरु,
अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट सुशासन, सामाजिक न्याय, उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना भई गाउँपालिकाको आर्थिक सम्वृद्धि र जीवनस्तरमा गुणात्मक सुधार आउने अपेक्षा गरेको छु । प्रस्तुत नीति तथा कार्यक्रम महाभारतको भविष्यको मार्गदर्शक दस्तावेज हो । पालिकालाई सम्वृद्ध बनाउन सबै गाउँपालिकाबासीको आ-आफ्नो ठाउँमा उत्तिकै महत्त्वपूर्ण भूमिका छ । यो नीति तथा कार्यक्रम सरकारी, गैरसकारी, निजी, सहकारी लगायत विकास सबै साझेदार वा पक्षधरको लागि मार्गचित्र हो ।
यस गरिमामय सभामा पेश भएको नीति तथा कार्यक्रम तयार गर्न मार्गदर्शन गर्ने एवम् सुझाव तथा पृष्ठपोषण गर्नुहुने नेपाल सरकार, बागमती प्रदेश सरकार, विकास साझेदार, क्रियाशील राजनीतिक दल र नीति तथा कार्यक्रमलाई बजेटसँग तादम्यता गर्दै व्यवहारिक र वस्तुपरक नीति छनौटमा सहयोग गर्नुहुने पालिका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा गाउँसभाका सदस्यहरु, राष्ट्रसेवक कर्मचारीहरु लगायत संचारकर्मीहरु, नागरिक समाज, निजी, सहकारी तथा सामुदायिक संघ संस्था र गाउँबासी आमाबुबा दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दै गाउँबासीको तमाम अपेक्षा र चाहनाको प्रतिविम्ब हुने गरी नागरिकको सबैभन्दा नजिकको अभिभावक र सरकारको भूमिका निर्वाह गर्ने दिशामा गाउँबासी र सम्पूर्ण सरोकारवाला निकायबाट भएको साथ, सहयोग, सहकार्य र समन्वयका लागि हार्दिक धन्यवाद प्रकट गर्दछु । साथै आगामी दिनमा पनि यहाँहरुको निरन्तर सहयोग रहने छ भन्ने विश्वास व्यक्त गर्दछु ।
कान्छालाल जिम्बा
अध्यक्ष
२०८१ असार ७ शुक्रबार
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।