युएई । तामाङ समाज यूएईको १०औं केन्द्रीय अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। यस ऐतिहासिक अधिवेशनबाट भिम दोङ तामाङ सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।
तामाङ समुदायलाई एकताबद्ध गर्दै संस्कृति, परम्परा, र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अधिवेशन सम्पन्न गरिएको थियो। यूएईका विभिन्न स्थानबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति र तामाङ सांस्कृतिक प्रस्तुतिबाट कार्यक्रमको उद्घाटन गरियो। कार्यक्रममा केन्द्रीय संरक्षक समितिका प्रमुख राम मोक्तानको प्रमुख आतिथ्यतामा अधिवेशनको विधिवत् सुरुआत गरिएको थियो।
कार्यक्रमका क्रममा समाजको गत वर्षका गतिविधि र आर्थिक प्रतिवेदनमाथि समीक्षा गरिएको थियो। साथै, आगामी कार्ययोजना र तामाङ समुदायको हितका लागि आवश्यक रणनीतिहरू निर्माणबारे गहन छलफल पनि भयो।
भिम दोङ तामाङको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा अन्य पदाधिकारीहरू निम्नानुसार रहेका छन्।
अध्यक्ष: भिम दोङ तामाङ,कार्यकारी अध्यक्ष: अमर लामा,उपाध्यक्षहरू:बेता घिसिङ,प्रताप सिंह तामाङ,खिल बहादुर स्याङ्बो,महासचिव: नवीन दोङ तामाङ,सचिव: सबिन मोक्तान,कोषाध्यक्ष: मनिका योन्जन,सह-कोषाध्यक्ष: कुमार सिंह तामाङ,जनसम्पर्क सचिव: ग्याम्शो लामा,संस्कृतिक सचिव: मनिष लोप्चन, व्यवस्थापन सचिव: पेमा छिरिङ लामा,खेलकुद सचिव: विकास लामा,महिला विभाग प्रमुख: पूर्णिमा घिसिङ,प्रवक्ता: शर्मिला थिङ साथै सदस्यहरू: भिम गोले तामाङ, लावाङ दोर्जे दोङ, निमा ग्याल्बो वाइबा, धिरेन्द्र तामाङ, सुमन तामाङ, सुवास लामा, अन्जित लामा, काजल तामाङ, सिर्जना मोक्तान, शुसिला पाख्रीन, र एक जना अध्यक्षले मनोनयन गर्ने सदस्य चयन भएका छन्।
अध्यक्ष निर्वाचित भिम दोङ तामाङले आफ्नो मन्तव्यमा तामाङ समाजको एकता, विकास, र सांस्कृतिक पहिचानको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले यूएईमा रहेका तामाङ समुदायका सदस्यहरूको हकहित र आवश्यकतामा काम गर्दै तामाङ पहिचानलाई बलियो बनाउन थप क्रियाशील रहन सबैसँग सहकार्य गर्ने बताए।
यस अधिवेशनले तामाङ समाजको एकता र सामाजिक सहयोगलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले तामाङ समुदायलाई थप सुदृढ बनाउँदै अन्तर्राष्ट्रियस्तरमा नेपाली सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न विशेष भूमिका खेल्ने विश्वास गरिएको छ।
नयाँ कार्यसमितिले सांस्कृतिक संरक्षण, सामाजिक सहकार्य, र सामुदायिक हितमा केन्द्रित परियोजनाहरू अघि बढाउने लक्ष्य लिएको छ। यो अधिवेशन तामाङ समुदायको एकता र पहिचानको प्रतीक बनेको छ।