उपेन्द्र घिसिङ भए काभ्रे निर्माण व्यवसायी संघको अध्यक्ष, को–को भए निर्वाचित ?

धुलिखेल । निर्माण व्यवसायी संघ काभ्रेको छैटौ अधिवेशनले उपेन्द्र घिसिङ अध्यक्षमा निर्वाचित भएका छन् ।
भदौ २२ र २३ गते सम्पन्न संघको ९ औं साधारणसभा र छैटौं अघिबेशनले घिसिङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा विजय लामा, प्रथम उपाध्यक्षमा लनम दोङ, द्धितिय उपाध्यक्षमा अनिस बल, महासचिवमा चेतप्रसाद गौतम, सचिवमा अमित लामा, कोषाध्यक्षमा सुवास श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा विदुर केसी, कृष्ण लामा ङेमा सि लामा, डिएस लामा, सुजन लामा, सुवर्ण लामा, प्रेमबहादुर लामा, उमेश तौजले, झलक लामा, अरुणकुमार गौतम ,हिराकुमार बल, पशुपतिबहादुर पन्त, विक्रम चौलागाई, रोशन तिमल्सीना र प्रदिप गौतम रहेका छन ।

आफू अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष घिसिङले निर्माण व्यवसायीहरु सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा लागेकाले सरकारकै सहयोगी भएर अघि बढ्ने प्रतिबद्धता जनाए । निर्माण व्यवसायीहरुको अधिकारको लागि पनि आफू सदैव लडिरहने उनले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।