काठमाडौं । आइतबार चितवन जिल्ला अदालतले बहुचर्चित गोर्खा जिल्लाको फुजेल हत्याकाण्ड प्रकरणका आरोपी मध्ये १२ जनालाई जिल्ला अदालत चितवनले निर्दोश सावित गरेको फैसला सुनाउको छ । अदालतको फैसलासँगै छवीलाल पौडेल सहित १२ जनाले सफाइ पाएका छन् । फुजेल घटनामा गोरखा स्थायी निवासी कृष्ण अधिकारीको हत्या भएको थियो । छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानका साथ अनसन बसेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भएको थियो भने आमा गंगामायाको अनशनलाई निवर्तमान कानुन तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङद्वारा केही महिनाअघि मात्र अनशन तोडाइएको थियो ।
तत्कालिन माओवादी द्वन्द्वको समय २०६१ साल जेठ २४ गते गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका उनका हजुरबुवा र हजुरआमालाई भेट्न गएका बेला हत्या गरिएको थियो । हत्याका आरोपी मध्ये एकजना रुद्र आचार्य भने पक्राउ नपरेकाले पछि ठहर गर्ने गरी जिल्ला अदालत चितवनले फैसला सुनाएको हो ।
अदालतले माओवादी सशस्त्र संघर्षका बेलामा चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा मुछिएका छविलाल पौडेलले असार २४ गते अदालतमा आत्मसमर्पण गरेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो ।
स्रोतका अनुसार अदालतले थुनामा रहेका छविलाल पौडेललाई निर्दोष ठह¥याएपछि उनको रिहाईको खुसीयालीमा भोलि बिहान ७ बजे ¥याली निकाल्ने कार्यक्रम तय भएको जनाइएको छ ।























