संखुवासभामा बौद्ध धर्मअनुसारको माने, चौतारा लोभ हुँदै

मोहन तामाङ
संखुवासभा । बौद्ध धर्मअनुसारको लहरे माने, माने, चौतारा, छ्योर्तेन, बौद्ध र मणि ढुङगा लोभ हुँदै गएको छ । २५६२ बर्ष अगि भगवान गौतम बुद्धको पाला देखि सुरु भएको बौद्ध धर्ममा विभिन्न धार्मिक आस्था, संस्कार, संस्कृतिहरु छन् त्यस भित्र पर्ने मृतकको सम्झनामा बनाईने माने, चौताराहरु पछिल्लो पुस्ता संगै लोभ हुन थालेका छन् ।

पहिले जस्तो धार्मिक आस्था पनि कर्म मात्रमा पाईन्छ सबै आफ्नै स्वर्थमा रमाउछन् धार्मिक आस्था कमै हुदै जाँदा परम्परा अनि संस्कृति माथि निकै ठुलो असर परेको छ । बौद्ध धर्ममा आस्था राख्ने टिबिटेन, शेर्पा, तामाङ, गुरुङ र केहि अन्या जातिहरु पनि विभिन्न धर्ममा रमाउन थाले पछि बौद्ध धर्मअनुसारको परम्परा र यस्ता कार्यहरु कमैले मात्र गर्न थालेका छन् ।

पहिला ढुङगामा मणि लेख्ने चौतारा बनाउने बौद्ध बनाउने छ्योर्तेन बनाउने र आफ्नो कुल पितृको मृतक आत्माले शान्ती पाउँछ र आफ्नो नाममा बनाईयो भने आयुमा बाधा आउँदैन र अर्काे जन्ममा उत्त कर्मको फल पाईन्छ भन्ने विश्वास थियो तर अहिले त्यस्ता विश्वास हटे संगै यस्ता बौद्ध धर्मअनुसारकोे विभिन्न धार्मिक स्थल भन्ने कार्य निकै हराउँदै गइसकेको छ । र विभिन्न बौद्ध धर्मविद तथा केहि लामा गुरुहरु पनि गलत ढंगले लाग्ने गरेकोले पनि यो कार्यहरु र परम्परा लोभ हँुदै गएको पाईन्छ ।

नेपालमा एकछत्र हिन्दु राज्याको दमन पछि बौद्ध धर्म अझै पनि बिंजिन सकेको छैन अझै तामाङ, शेर्पा गुरुङ लगायत बौद्ध धर्ममा आस्था राख्ने जातीहरु अझै पनि हिन्दु धर्मको धङधङिमा छ । र यस्लाई नेपालको राजनीतिले पनि निकै ठुलै प्रभाव पारेको देखिन्छ । यस बाट निस्किन सके बौद्ध धर्ममा भएका यस्ता लोभ हुँदै गएका जिर्ण धार्मिक स्थलहरुको संरक्षण र यसको विकास पनि अझै हुने बौद्ध धर्मका आस्थावान र पुर्खाहरु बताउँछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।