काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अपराध र अपराधीलाई लुकाउन र ढाकछोप गर्न राज्यसंयन्त्र नै लागेको आरोप लगाएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेको आयोजनामा कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्दै थापाले यस्तो बताएका हुन् । निर्मलाको बलात्कार पछिको हत्या गर्ने अपराध र अपराधी पत्ता नलागेको मात्र नभई दुई महिना बितिसक्दा पनि सरकारले अपराध र अपराधी पत्तालगाउन नसक्नुले न्यायको निमित्त जनताले कसैमाथि विश्वास गर्न नसक्ने बताए ।
‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन सकेको छैन, देशमा सरकार भएको अनुभव जनताले गर्न पाएको छैन ।’ थापाले भने, ‘दुई तिहाई बहुमत रहेको सरकारले जनतालाई न्यायका लागि सडकमा चिच्याएर हिड्नु पर्ने बाध्यता बनाएको छ । राज्यसंयन्त्रको प्रभावकारितामा ह्रास आएको छ ।’ उनले सबै राज्यको संयन्त्रमा पार्टीको कार्यकर्ता र समर्थक भर्ती केन्द्र बनाएको समेत उनले आरोप लगाए ।
उनले सिहदरवारको अधिकार जनताको घरदैलोमा नभई सिहदवारको कुशासन र भष्ट्राचार जनताको घरदैलोमा पुगेको ठोकुवा गरे ।
उनले अब चाडै नै फुटेको पार्टी एकिकरण हुने समेत कार्यकर्ताले विश्वास दिलाएका थिए । कार्यक्रममा जिल्ला भरिको कार्यकर्ताहरुको सहभागीता रहेको छ ।
























