सुदिप
समस्त बिज्ञान लिएर साथमा
स्वयंदृश्य भुल्छ जो जिएर मातमा
कपो र कल्पित अनि केन्द्र सस्तो
कता हो कस्तो परजीव जस्तो
लगाइ शृङ्गार अनि हार हातमा
स्वयंदृश्य भुल्छ जो जिएर मातमा
आक्रान्त भाका र चिर्बिर बिहङ्गा
स्वतन्त्रता ले हेरे शुद्ध चङ्गा
वायु को स्पन्दन रची शुद्द रातमा
स्वयंदृश्य भुल्छ जो जीएर मातमा
त्यो अन्त्य के हो अनि प्रश्न बग्दा
उत्तर हजारौं अनि शुन्य दग्दा
मानव फुलेझै ढकमक्क वातमा
स्वयं दृश्य भुल्छ जो जिएर मातमा
सरगम छ खोला अनि पानी पानी
उद्गम छटा को के पो हो कहानी
भुल्नु छ सर्वत्र कीट कीट जातमा
स्वयंदृश्य भुल्छ जो जीएर मातमा
जीवन मरण हो तर भुल्छ कत्ती
फुकाली वस्त्र न शर्माइ रत्ती
त्यो प्राणवायु सरी बग्छ पातमा
स्वयं दृश्य भुल्छ जो जीएर मातमा
पिल्पिल क्षितिजले जब सुर्य ढाक्छ
जहाँ चाद चम्की नव सौर्य भाक्छ
त्यहीँ सुर्य चन्द्र पनि हुन्छ घातमा
स्वयं दृश्य भुल्छ जो जीएर मातमा
यस्तै छ पागल अनि मार्गचित्र
सुन्यौं र शुन्य हरपल बिचित्र
सोचै अनेकौ हर प्रश्न खातमा
स्वयं दृश्य भुल्छ जो जीएर मातमा