काठमाडौं । बौद्ध धर्म अनुसार प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालको आयोजनमा भोली (मंगलबार) बौद्ध –६ मा दशा ग्रह तथा मन्छाउने पुजा (सिर्ङीङ धोक्दोक) गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई सस्थाका प्रमुख धर्मगुरु ङक्पा पेमा ह्राङडोलले सम्बोधन गर्नेछन् ।
त्यसैगरी ३ गते पण्डित महासिद्धि लोपोन गुरु पेमा ज्युङनेको जन्मदिन तथा दशमी तिथिको पावन अवसरमा बज्र गुरु जप कार्यक्रम हुने सस्थाको उपाध्यक्ष सोनाम थोकरले तेमाल अनलाइनलाई जानकारी दिएका छन् ।
उक्त धर्मिक कार्यक्रममा हजारौ भतmजनहरुको उपस्थित भर्ई पुण्य लाभ आर्जन लिने विश्वास लिएका छन् ।
सस्थाले स्थापनाकाल देखि नै निरन्तर रुपमा निःशुल्क दिउसो १ बजे देखि ३ बजे सम्म सम्भोटा लिपि सिकाइ कक्षा, २ बजे देखि ३ः३० सम्म झ्योर्लोक र ३ः३० देखि ५ बजे सम्म च्योई प्रशिक्षण कक्षाहरु संचलान भइ रहेको सस्थाका सचिव कुमार थोकरले बताएका छन् ।
























