भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा न –४ का वडाध्यक्ष किशन राई आफ्नो वडामा विकास निर्माणको काममा भ्रष्टाचार नभएको बताउँछन् । भन्छन् ‘सोलिङ, तारजाली, ब्रेकर, टर्निङ बनाउने र ढिस्को काट्ने काम भएको हो । शनिबारे हाँट डाँडा वडा नम्बर ४ र ३ को क्षेत्रमा पर्छ ।’ उनले दूईवटै बडाका वडाध्यक्षहरूसँग कामको गुणस्तरबारे छलफल गरेको र सबैले काम राम्रो भएको बताएको बताए ।

शनिबारे हाँट डाँडामा बजार सम्याउने तथा माटो भर्ने कामका लागि ४० लाख खर्च भएको छ । स्थानीयवासीले बताए अनुसार, डाँडामा माटो भर्ने र सम्याउने काममा मात्रै ४० लाख खर्च भएको हो ।

हाँट डाँडाको स्तरोन्नतिमा ठूलै रकम भ्रष्टाचार भएको हो भनी रिर्पोटर्स क्लबले सोधेको प्रश्नको जवाफमा शनिबारे हाँट उपभोक्ता समिति अध्यक्ष कुमार गुरुङ भन्छन्, ‘माटो भर्ने काम मात्रै भएको छैन ।

त्यहाँ हामीले तारजाली पनि गरेका छौँ । हाम्रो कामको अनुगमन समितिको संयोजक उपमेयर मेरिका राईले र मेयर बिरवल राईले पनि गर्नुभएको छ । नगरपालिकाले बजेट फरफारक गरिसकेको छ भ्रष्टाचार भएको होईन ।’

डाँडा नजिक रहेको खोल्साको पानी थुन्न नगरपालिकाले अलगसित २०० र ३०० बोरा माटो भरेर बाँध हालेको छ । यसरी पानी थुनिन्छ त ? मेयर बीरबल राई भन्छन्, ‘यो तत्कालका लागि अपनाईएको उपाय मात्रै हो ।’

नगरपालिका भित्र विकास निर्माणका काममा भ्रष्टाचार बढेको उनी स्वीकार गर्छन् । भन्छन्, ‘धेरै योजनामा यस्तो भएको छ । हामी आरोपीतहरूको वयान लिईरहेका छौँ । दोषीलाई कारवाही गर्ने छौँ ।’ मेयर आफैँले पनि विकास निर्माण भईरहेको क्षेत्रमा अनुगमन गरेको तथा स्थानियवासी र जनप्रतिनिधिहरुसँग कुरा बुभ्mदा काम नभएको तथा रकम हिनामिना भएको गुनासो आएको बताए ।

काम राम्रै भएको थियो तर बर्खा लागे पछि पानिले गर्दा काम नराम्रो देखिएको हो । यो योजनामा कुनै भ्रष्टाचार नभएको अनुगमन समितिका संयोजक नगरपालिकाको उपप्रमुख मेरिका राईले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।