भक्तपुर । यूके निवासी समाजसेवी एच. के. मोक्तानले दुवै मृगौला पिडित अमिन सिंतानलाई उपचारको लागि आर्थिक सहयोग गरेका छन् ।
यूकेमा रहेका नेपालहिरुसँग संकलन गरेको उक्त रकम कलेजो पिडित कर्ण मोक्तानको लागि संकलन गरेकोमा मोक्तानको उपचारको क्रममा निधन भएपछि उक्त रकम मृगौला पिडित सिंतानलाई हस्तान्तरण गरेको एच.के. मोक्तानले तेमाल अनलाईनलाई बताए ।
कलेजो पिडित स्वर्गीय मोक्तानको श्रीमति बाइस्या तामाङको नाममा उक्त रकम यूकेबाट पठाएका थिए । सोमबार तामाङले मृगौला पिडित सिंतानकै निवासमा पुगेर यूकेबाट पठाएको २२ हजार एक सय रुपैयाँ पैसा हस्तान्तरण गरेकी थिइन् । साथै कर्णको नाममा उठेको रकम मध्यबाट उनले २६ हजार रुपैयाँ रकम सिंतानलाई हस्तान्तरण गरेकी थिइन ।
यो सँगै पिडित सिंतानले ४८ हजार १ सय रुपैयाँ रकम प्राप्त गरेका छन् । यस अघि मोक्तानले यूकेबाट मृगौला पिडित सिंतानलाई २८ हजार रुपैयाँ आर्थिक सहगोग गरेका थिए ।
























