तेमाल गाउँपालिका ५ नारायणस्थान काभ्रेमा बुबा मनवहादुर स्याङ्वा र आमा याङकुरानी दोङ तामाङको कोखबाट २०४२ साल बैषाख ११ गते जन्मनु भएका कुमार स्याङ्वा (हिरा) तामाङ चलचित्र जगतका एक मात्र गीत संगीत क्षेत्रका लोकप्रिय रचनाकार हुनु हुन्छ । करिव एक हजार भन्दा बढि गीतका शव्द दिई सक्नु भएका उहाँ सँग गरिएको छोटो कुराकानी ।

आरामै हुनुहुन्छ ?
हजुर आराम छु ।

 केमा ब्यस्त हुनु हुन्छ ?
हाल म एउटा चलचिको कथा लेख्दै छु र साथमा गीतहरुको पनि काम गर्दै छु ।

तपाई लेखन पक्षलाई समेटेर नै काम गर्दै आउनु भएको छ कस्तो छ नेपाली जगतमा शव्दकारको अवस्था ?
नेपाली मुलधरमा हेर्दा भने धारासाही नै देखिन्छ । म मुख्य गरि तामाङ गीत संगीत र चलचित्र जगतमा भने सुधार आएको छ र तामाङ चलचित्र जगत ब्यवसायीक समेत भएको छ । यसै कारण यो तामाङ चलचित्र जगतको आँखाबाट हेर्ने हो भने शव्दकारको अवस्था राम्रै छ । ५,६ वर्ष पहिला गीतकारलाई हेलांको दृष्टीले हेरिन्थ्यो भने हाल गीतकार खोजेर आउने प्रचलन बढेको छ ।

कहिले देखि यो क्षेत्रका लाग्नु भयो ?
सुरु गत हिसावले हेर्ने हो भने म सानो देखि नै गीतहरु लेख्ने काम गर्थे तर एल्वमका रुपमा नै आएको भने २०५७ सालमा थोपो रेसी क्यावोइ ङ्ही पेसी भन्ने गीतबाट मेरा शव्दहरु बजारीकरण भएको हो ।
पहिलो एल्वम आएपछि कतिको ब्यस्त हुनु भयो ?
पहिलो आउने वित्तीकै भने केहि त्यस्तो भएन तर मेरो निरन्तरताले गर्दा नै पछिल्ला क्रममा मैले धेरैमा काम गर्न थाले ।

सुरुमा चर्चाको शिखरमा पुगेको गीत कुन हो ? 
तामाङ कथानक चलचित्र आले च्याङवाबाट माया एला देन्वान हिन्समबाट अलि चिन्न थाले , एल्वमको जगतमा भने सेलो स्याल्गारको तिमाल गाउँको म च्याङवा बोलको गीतबाट भने सन्तुष्टी प्राप्त भएको थियो यस पछि भने कामको दुः ख छैन ।

हाल भने कुन गीत चर्चाको शिखरमा छ ? 
माया से लासी ३ को गीतहरु , म्हीसे ह्राङ घ्रान आचा माया , घ्रान चलचित्रको तिङ्मी ढुकढुक , सेमरीन मुला माया को ङ्ह्याल्मो दोसी , आर के योञ्जनको ए विना ङा आदि चर्चाको शिखरमा रहेका छन् ।

कति गीतहरु हाल तपाईका बजारमा आइसकेका छन् ?
नेपाली गीतको सवालमा ८ वटा जति मात्र हो तर तामाङ गीतहरुको हेर्ने हो भने एक हजार भन्दा बढि बजारमा आई सकेका छन् ।

आम्दानीको सवालमा कस्तो छ त शव्द लेखन ? 
आम्दानीको हिसावमा राम्रै मान्नु पर्दछ पाँच बर्ष यता भने आम्दानीगत हिसावले राम्रै मान्नु पर्छ ।
यति धेरै गीत लेखि सक्नु भएको छ कस्ता गीतहरु बढि लेख्नु भयो ?
धेरै किसिकका गीत लेखेको छु तर बढि मात्रामा माया प्रेमका गीतहरु नै लेखेको छु हजार चानचुनमा ८ सय भन्दा बढि माया प्रेमका गीत नै लेखेको छु ।

चर्चाको शिखरमा पुगेका गीतहरु सम्झनु पर्दा ? 
म्हाला प्वारको २ गीत नक्कली कान्छीलाई सक्कली सेम, लानी लाला परी पेला , ङाला मायाको केवा केवा दोना , दिनी ह्राङवा लेप्पा लेप्पा , काला दागको एला काङ तोइजि विसम , छामे सोवासे , ङेमा दावाको म्हेन्दोमी बस्ना ठाम्वारी , ताङवा ल्हुइरी छुजी , उइमा ङ्हाउसे , मैच्याङ चलचित्रको तार्ङामी फुर्रफुर्र , एमी ङाला तिङ्ला गुङरी , एहोइ मैच्याङको आस्याङ निला नामसारी , चुल्वुले कान्छीको चुल्वुले कान्छीला तुल्वुले सेम लगाएत सयौं गीतहरु चर्चाको शिखरमा रहेका छन् ।

यती धेरै गीत लेखि सक्नु भयो कस्तो अवस्थाम गीत हरु फुर्छन् त ?
यती खेर उती खेर भन्ने हुन्न कहिले काही हिड्दा हिड्दै पनि आउन सक्छ् । मेरो परिवारले पनि थाहा पाउन्न कति खेर मैले गीत लेख्छु भनेर म थान्का पनि कोर्छु तर जति वेला मेरो दिमागमा गीतका शव्दहरु फुर्छन उती नै खेर म कोरेर राख्ने गर्दछु र पछि मिलाउने काम गर्छु ।

अन्तमा नयाँ आउनेहरुलाई के भन्न चाहनुहुन्छ ?
नयाँ आउनेहरुलाई सके सम्म रहरको रुपमा मात्र नआएर गीत संगीतमा करियर नै बनाउँछु भनेर आउनुहोल । आज आउने भोली हराउने नगरौं । यदि लाग्दै नलाग्नु लागेपछि गीत संगीत क्षेत्रमा उदाहरणिय काम नै गर्छु भनी आउनु होला ।संवाहकबाट

Comments

comments