कुशल र सफल व्यवसायीः सूर्य श्रेष्ठ

(सूर्य श्रेष्ठ यूवा, बृद्ध र समाजका लागि नौलो नाम होईन । सधै समाज र व्यवसायीमा निरन्तर खटिरहेने ब्यक्ति हुन सूर्य । २०३७ सालमा बाबु सन्तबहादुर श्रेष्ठ र आमा देवमाया श्रेष्ठको कोख बाट पाँचखाल–६ तिनपिप्लेमा जन्मिएका सूर्य सधैव बाबु आमा र अझ हजुरबुबा गंगाबहादुर श्रेष्ठलाई सधैव सम्झिरहन्छन् । आज उहाँहरुकै आर्शिवादका कारणले गर्दा आफू यस ठाउँसम्म आईपुगेको बताउछन् । उनको बाल्यकालको इच्छा सधैव कुशल र सफल व्यवसायी बन्ने सफना बोकेर हिडेका सूर्य श्रेष्ठ यति बेला उनले बाल्यकालको सफना बल्ल पूर गर्न भगवानले साथ दिदै गरेको बताउँछन् । लगनशिल र मेहेनती स्वाभवका कारणले पनि उनको व्यवसाय फस्टाउदै गइरहेको छ । उनै सूर्य श्रेष्ठ सगँ बाल्यकालको सघर्ष र अहिले उनको व्यवसायी कस्तो चलिरहेको छ र भावि योजना के कस्ता रहेको बारे गरेको कुराकानी अशं:)

जब मेलापात गरेर पढे

सूर्य सानै उम्मेर देखि सघर्षमा नै आफ्नो बाल्यकाल बितेको पल सुनाउँछन् । कक्षा ४ देखि आफैले मेलापात गरेर पढ्न खर्च जुटाएर पढेको ब्यस्था सुनाउन्छन् । सानैदेखि दुःख कष्ट गरेर एस.एल.सी उर्तिण गर्न सफल भए । घरको आर्थिक अवस्था कमजोर भएका कारण आफूले पढ्न चाहादा समेत पढ्न गाह्रो भएको बताउछन् ।

बिहान बेलुका छाक टार्न धौँ धौँ भएका कारणले पनि उनले गाउँमा मेलापात गरेर पढाई खर्च जुटाएको अनुभव सुनाउँछन् । उनी भन्छन,मैले मेलापात गरेर जम्म गरेको पैसा अरुमा खर्च नगरेपछि बुबा आमालाई माग्नु परेन मेहेनतको फल मिठो हुन्छ भन्थ्ये हो रहेछ । धेरै संघर्षपछि उनले गरेको संघर्षले अहिले उनको परिवारमा खुसीको सिमै छैन ।

उनको मेहिनती र लगानशिलता देखेर घर परिवारमा दुःखका दिन गएका छन् । सानैदेखि चञ्चले र लिडरसिप स्वाभावका सूर्यले जति दुःखकष्ट खेप्नु परेपनि हरेस भने कहिल्यै खाएन् । विभिन्न संघर्षका साथ व्यवसायमा होमिएका सूर्यको कमाई र उनले गरेको काम प्रति देखिने र सुनिने जो कोहीले जिब्रो नटोकिने कमै होलान् ।

पहिला साइकलमा चुरोट बेचिई अहिले मालिक बने

आर्थिक अभावका कारणले उनले सूर्य नेपाल प्रालिमा २०५३ सालदेखि २०६२ सालमा जागिर खाएको अनुभव सुनाए । शुरुमा जागिर खादाँ १८ सय तलब बाट काम शुरु गरेको बताए । बिहान देखि बेलुका सम्म सुक्खा १८ सय तलबमा महिले साइकलमा चुरोट बेचिई । आफूले २०६२ साल सम्म काम गरेरहँदा ७ हजार तलब पुगेको बताए ।

सानै उम्मेर देखि व्यवसायी गर्न धोको रहेकाले पनि महिले काम सिक्नका लागि र व्यापारी कसरी बने भनेर अनुभव समेत यही काम बाट लिई । मैले काम गर्दाखेरी धेरै तितो अनुभव पनि लिए । महिले साइकलमा चुरोट बेच्न हिडिरहदाँ मलाई देख्नेहरुले मेरा बारेमा कुराकाट्ने पनि कम थिएन् । तर महिले अरुले कुरा काट्दै गर्दा समेत मेरो कामको इज्वत आफैले गरि रहि । विभिन्न कठिनाईका बाबजुद मैले आफैले सिकेका सिप व्यवहारमा उतारी । मलाई कसरी हुन्छ सफल व्यवसायी बन्न के कस्ता सघर्ष गनु पर्ने रहेन्छ अहिले आएर महशुस भएको छ ।

हिजो महिले साइकलमा चुरोट बेच्न नहिडेको भए आज त्यहाबाट काम सिकेर यस ठाउँ सम्म आउन सक्दिन थिई होला । महिले करीब १० वर्ष जागिर खाएर त्यस कम्पनी बाट केही कुरा सिक्न पाई । म अहिलेको अवस्था सम्म आईपुग्नका लागि मेरो सधैव हित चाहाने मेरा अग्रहहरुलाई धन्यवाद दिन चाहान्छु । त्यसमा सूर्य नेपाल प्रालि साहुजी राजेन्द्र पसछे, मेरो हजुर बुबा गंगाबहादुर श्रेष्ठ, नोर्वु छिरङ लामा, पूर्ण प्रधान, विकास श्रेष्ठ र दुर्गा कुमार लगायत सबैमा ।

अब आफ्नै केही गर्नु पर्छ र महिले बाल्यकालको सघर्षलाई सपना मात्र हैन विपनामा नै त्यसलाई ल्याउनु पर्छ भनेर पानस सप्लायर्स कम्पनी दर्ता गरेर भाई विकास श्रेष्ठसँग मिलेर काम सुरु गरियो । ढुंगा गिटीको कामले खासै उपलब्धी भएन । त्यसपछि बनेपा–७, धनेश्वरमार्गमा पानस फर्निचर तथा कष्ठ उद्योग सञ्चालन गरियो आफ्नै लगानीमा । उनले अहिले पानस सप्लायर्स, पानस फर्निचर उद्योग, पानस अटो सर्भीसिङ र पानस पार्टी प्यालेस सञ्चालन गरिरहेका छन् ।

रिगा डेभलपार्स प्रालिबाट जग्गाको खरिद बिक्री

उनले जग्गा खरिद बिक्रि समेत गरेको अनुभव सुनाए । आफूले एक जना दाई सग मिलेर रिगा डेभलपार्स प्रालिबाट पाचखाल, धनेश्वर लगायत ठाउँ जग्गा खरिद बिक्रिबाट पनि आफू यस ठाउँमा आईपुगेको बताउछन् ।

आफूले पछिल्लो समय जग्गा प्लटिङ गरेर बेच्दा समेत जग्गा बाट पनि राम्रै भएको बताए । कसैलाई नमारी सिधा र प्रष्ट गरि काम गरेमा सबै ठाउँमा भगवानले समेत हेर्दा रहेछन् भन्ने पछिल्लो जग्गाको काम बाट आफूलाई अनुभव लिएको बताए ।

गाउँका युवालाई रोजगारी र भावियोजना

विस्तारै आम्दानीको श्रोत पढन थालेपछि मैलेफेरी पानस अटो सर्भिसिङ सेन्टर धनेश्वरमार्गमा सुरु गरियो । विभिन्न व्यवसाय गरेर उनले ५० जना युवाहरुलाई रोजगार दिएका छौँ । उनीहरुले खाएर १८ हजारदेखि ३५ हजारसम्म कर्मचारीहरुलाई रोजगारीको सिर्जना गरेको बताउँछन् । मैले साइकलमा चुरोट बेचेर अहिले मालिक बन्न पाउँदा म यसैमा सन्तुष्टि छु । धेरै व्यवसाय सञ्चालन गरे । अब रिगा डेभलपार्स प्रालिबाट जग्गाको खरिद बिक्री गर्ने पनि काम गरेको छु ।

अब तिहार पछाडी चण्डेश्वरीमा सुविधासम्पन्न पानस पार्टी प्यालेस सञ्चालनमा ल्याउने तयारीमा जुटीरहेको छु । त्यसपछि पाँचखालमा १० वटा रुमसहितको रिसोर्ट ल्याउने तयारी भएको बताए । यस रिगा डेभलपार्स प्रालि बाट सुविधा सम्पन्न सस्तो मूल्यमा हाउजिङ बिक्री गर्ने लक्ष्यका साथ हाउजिङको काम पनि शुरु गर्ने योजना रहेको बताए ।

कुशल व्यवसाय बन्ने धोको पुरा

विद्यालयमा सानैदेखि अध्ययन गर्ने बेलामा पनि श्रेष्ठले गाउँमा मेलापात गरेर आफ्नो अध्यायनलाई निरन्तता दिए तर उनले जिवनमा हरेस भने कहिल्यै खाएन । केही गर्न केही गुमाउनु पर्छ भन्ने सपना बोकेका श्रेष्ठले अध्यायनको क्रममा घरबाट खर्च दिनु परेनन् । किन की उनले गाउँमै मेलापात गरेर जीवन संघर्ष गरीरहे । सानै उमेरदेखि कुशल व्यवसाय बन्ने धोको थियो सूर्यको तर उनको त्यो धोका पूरा भएको छ । उनले दर्जनौ युवाहरुलाई विभिन्न व्यवसाय गरेर गाउँका युवाहरुलाई रोजगार दिएका छन् ।

दृढ इच्छाशक्तिको आवश्यकता

विभिन्न समस्याहरूको कारण सामाजिक परिस्थिति र अव्यवहारिक शिक्षा प्रणालीले व्यापार व्यवसायमा लाग्न केही समस्या भएपनि व्यवसायको अथाह सम्भावनाहरू छन् । यसलाई सफल बनाउने आधारहरू पनि छन् ।

पहिलो आधार भनेको दृढ इच्छाशक्ति, सीप, कार्यसम्पादनको जानकारी हो । जसका लागि नीतिगत कुराको जानकारी, आधुनिक लेखाप्रणाली, दक्ष जनशक्ति लगायत स्वः अनुशासन हुनुपर्छ । व्यवसायलाई ग्राहक वा उपभोक्ता मैत्री बनाउनुपर्छ । त्यस्तै समयानुकुल व्यवसाय सम्बन्धी तालिमहरू लिनुपर्छ ।

उद्यमशीलताले नै देशलाई समृद्धिको बाटोमा डो¥याउछ

कुनै पनि क्षेत्र या व्यवसायमा समस्या त अवश्य नै हुन्छ । तर, यस व्यवसायमा चाँहि अस्वस्थ प्रतिस्पर्धा नै मुख्य कारण छ जस्तो लाग्छ । यस क्षेत्रमा धेरै युवा पुस्ता पहिलो पुस्ताका व्यवसायीको रूपमा देखिएका छन् । मजदुरको समस्या । यसको लागि राज्यले पनि गम्भिर ढंगाले लिनुपर्छ ।

उद्यमशीलताले नै देशलाई समृद्धिको बाटोमा डो¥याउछ । त्यसैले पहिलो पाठशामै हरेक व्यक्तिलाई उद्यमशील बन्न सिकाउनुपर्छ । अभिप्रेरित गर्नुपर्छ । लगानीको सम्भावना पहिल्याउनुपर्छ । व्यवसायीहरूले पनि आफू बसेको समाजको हितको लागि आफूसक्दो सहयोग गर्नुपर्छ । आफू पनि एक व्यवसायी भएकोले सम्पूर्ण युवाहरूलाई सीप अनुसार व्यवसायमा लाग्न अनुरोध गर्दछु ।

आर्थिक क्रान्ति ल्याउने चक्करमा सूर्य

सूर्य श्रेष्ठले व्यवसायमा राम्रो आम्दानीको श्रोत बढदै गएपछि अनेक व्यवसाय सञ्चालन गरिदै आइरहेका छन् । उनले अब बंगुर पालन व्यवसाय पनि गर्ने योजना बुनिरहेका छन् । व्यवसाय क्षेत्रमा चक्कर चलेका उनले भकुण्डेबेसीको बुच्चाकोटमा १३ रोपनी जग्गा खरिद गरी सकेका छन् ।

कृषी व्यवसायबाट आर्थिक क्रान्ति ल्याउने चक्करमा छन् । देशविदेश घुमेर धेरै अनुभव बटेलेलका उनले विदेश पलायन भएका युवाहरुलाई रोजगारको सिर्जना गरी गरी विदेश पलायन हुनबाट रोक्नको लागि कृषि फर्म सञ्चालन गर्ने योजना बुनिरहेका छन् ।

प्रस्तुती: शिखर चिमौरीया

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला