मृगौला पिडितद्वय अमित र सुवासलाई समाजसेवी एच.के. मोक्तानको आर्थिक सहयोग

२२ मंसिर २०७५
काठमाडौं । यूकेलाई आफ्नो कर्मभूमि बनाउदै आएका बरिष्ठ समाजसेवी एच.के मोक्तानको पहलमा संकलन भएको रकम मृगौला पिडितहरुलाई आज (शनिबार) एक कार्याक्रमका बीच हस्तान्तरण गरेको छ ।

यूकेमा संकलित उक्त रकम दुबै मृगौला फेल भएका मकवानपुर निवासी अमीत मोक्तान र रसुवा निवासी सुवास तामाङलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपाल मार्फत औपचारिक रुपमा उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो । सस्थाका अध्यक्ष टसी कुमार लामाको सभापतित्व र क्याब्जे टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा एच.के.मोक्तानले संकलत गरि पठाइएको रकम मध्य अमीत मोक्तानलाई १ लाख ९५ हजार ३ सय ५० रुपैयाँ र सुबास तामाङलाई २५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो । उक्त सहयोग रकम प्रमुख अतिथि समेत रहेका तामाङ रेन्पोछेबाट हस्तान्तरण गरिएको थियो । साथै उक्त हस्तान्तरण कार्यक्रममा संकलन भएको ३३ हजार २० रुपैयाँ नगद रकम दुबै जना बिरामीलाई बराबर बितरण गरिएको थियो ।

बरिष्ठ समाजसेवी एच.के. मोक्तानलेको पहलमा भएका कार्यहरुः

यस अघि विभिन्न पिडितहरुलाई बरिष्ठ समाजसेवी मोक्तानले पटक पटक आर्थिक सहयोग गर्दै आएका छन् । यसक्रममा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध न. पा. ५ स्थायी निवासी कलेजो पीडित कर्ण मोक्तानलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

त्यसैगरि मकवानपुर जिल्ला निवासी दुबै मृगौला पीडित अमिन सिन्तानलाई पहिलो पटक रकम २८ हजार रुपैयाँ र दोश्रो पटक २२ हजार गरि ५० हजार पठाएका थिए ।

मोक्तानका अनुसार उनले जापान, कोरिया, स्पेन, साईप्रस, पोर्चुगल, अमेरीका, दुबाई र मलेसीयामा सहयोगको लागि अनुरोध गरेका छन् भने केही ठाउँबाट आर्थिक संकलन हुँदै गरेको छ ।  आफ्नो पहलमा यसपाली ७९ सँग आर्थिक संकलन गरेको मोक्तानले तेमाल अनलाईनलाई बताए ।

कार्यक्रममा बरिष्ठ समाजसेवी मोक्तानले पठाएको पत्र उपाध्यक्ष सोनाम थोकरले बाचन गरेका थिए ।  सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य देवशंकार पौडेल, लोक कृष्ण भट्टराई, तामाङ चलचित्र संघका अध्यक्ष एवम समाजसेवी विकु थोकार, विनोद योन्जन लामा, पूर्ण सिं लामा, किरण लामा, शेरप शेर्पा, हरी श्रेष्ठ लगायतका उपस्थिति रहेका थिए ।

सहयोगीहरुको विवरण यस्तोछः

सहयोगीहरुको विवरण यस्तोछः

सहयोगीहरुको विवरण यस्तोछः

सहयोगीहरुको विवरण यस्तोछः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।