काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ ।
शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती गरेको हो ।
राष्ट्रपति सी विमानस्थल ओर्लनुअघि र पछि इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो । हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाई पनि तयार राखिएको छ ।
राष्ट्रपति सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र चिनियाँ जनमुक्ति सेना गरी चार तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्था मिलाईएको हो । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

 

यो पनि पढ्नुहोस्ः

रात्रीभोजमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सिले के भने ?

चिनियाँ राष्ट्रपति सीले रात्रिभोजमा के–के खाए ?

सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती

आफ्नै परिवारको उत्थान, पतन र फेरी उदयका श्रृंखलाबाट गुज्रेका सी जिनफिङको संघषपूर्ण जिवन

चिनियाँ राष्ट्रपति सी जिनपिङ आइपुगे, राष्ट्रपतिले गरिन् स्वागत

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण [LIVE]

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।