काभ्रे । जिल्लाको बनेपादेखि अब महाभारत गाउँपालिका वडा नं. १ गोकुले धापसम्म बस सञ्चालन शुरु भएको छ । आज (मंगलबार) काभ्रे बस व्यवसायी संघ र महाभारत गाउँपालिका बीच दैनिक बस सेवा सञ्चालन सम्झौता भएको हो ।
बस सञ्चालनसँगै महाभारत गाउँपालिकाका जनताले सिन्धुली घुमेर सदरमुकाम धुलिखेल आउनुपर्ने बाध्यताको अब अन्त्य भएको छ । बससेवा सञ्चालनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनतालाई सस्तो सुलभढंगले सदरमुकाम पु¥याउने आफ्नो धोको पूरा भएको बताए ।
‘अब महाभारत गाउँपालिकाको जनतालाई सदरमुकाम धुलिखेल पुग्न धेरै समय लाग्ने छैन । त्यति मात्र होइन सिन्धुली घुमेर बनेपा पुग्न बाध्य भएको थियो । यसको अन्त्य भएको छ ।’ उनले भने, ‘समयको मात्र कुरा होइन, अब सस्तोमा धुलिखेल बनेपा पुग्ने छ । गोकुले धापबाट सिन्धुली हुँदैजाँदा प्रतिव्यतिm रु.७ सय ७० लाग्थ्यो अब धापबाट बनेपासम्मको भाडा प्रतिव्यक्ति रु. ५ सय ८०मात्र लाग्ने छ ।’
बससँगे पुगेका काभ्रे बस कम्पनी प्रा.लिका अध्यक्ष वर्ण शाक्यले अब निरन्तर सेवा दिने प्रतिबद्धता व्यक्त गरे । उनले कच्चिबाटो भएकोले विद्यार्थी सहुलियत दिन नसक्ने बताए । ‘अधिकाशं सडकखण्ड कच्ची रहेकोले विद्यार्थीको लागि सहुलियत दिन सक्दैनौं ।’ शाक्यले भने, ‘बरु जेष्ठनागरिकको सम्मान स्वरुप निःशुल्क सेवा प्रदान गर्छौं ।’
यो रुटमा अब ६ वटा बस सञ्चालन हुने स्थानीय रेशम योञ्जनले बताए । योञ्जनका अनुसार बनेपाबाट विहान ७:३०, ९:३० र ११ बजे बस छुट्ने छ भने गोकुले धापबाट पनि विहान ७:३०, ९:३० र ११ बजे बस छुट्ने छ ।
बस सञ्चालनको रुट वनेपा, रोशी सिपाली, बुढाखानी, फोक्सिंटार मसाने भन्ज्याङ, खानीटार, बनखु, देबिटार, घर्तिछाप, गोकुले धाप मैन डाँडासम्म तय भएको छ ।
छिटो पनि र भाडादर पनि सस्तोमा बनेपा धुलिखेल पुग्न पाएपछि स्थानीय खुशी भएका छन् ।
यस्तोछ भाडादर

Comments

comments