कार्यपालिकामा छलफलै नगरि सिधै गाउँसभामा, यसरी बन्ला त समृद्ध तेमाल ? तालि बजाएर प्रस्ताव पारित गर्न प्रशासकिय अधिकृतले रुलीङ गरेपछि वडा अध्यक्षहरुको आपत्ति, गाडिको प्रस्ताब फेल भएपछि उपाध्यक्ष माथि लामिछानेको आक्रोश, अध्यक्ष र उपाध्यक्षलाई भन्दा लामिछानेलाई गाडि मोह

डिलबहादुर थाेकर/फागुन २९,काभ्रे, तेमाल । तेमाल गाउँपालिकाको दोस्रो गाउँसभा गत आइतबार सम्पन्न भएको छ । मुख्यतः आर्थिक वर्ष २०७४÷७५ को अर्धवार्षिक समिक्षा गर्ने गरि गाउँसभा भएपनि समिक्षा भने भएन । त्यति मात्र होइन भयो गाउँपालिका अध्यक्ष सलाम सिं तामाङको निर्देशनमा प्रशासकीय अधिकृत शर्मिला लामिछानेले सभामा राखिएको प्रस्ताव समेत पारित भएन ।

विषयगत शाखाका प्रमुखहरुले बजेट माग गर्ने र लेखापालको सामान्य समिक्षा बाहेक गाउँसभामा कुनै छलफल नै भएन । प्रशासकीय अधिकृत लामिछाने आफूले राखेको प्रस्ताव पारितको लागि सभामा रुलिङ मात्र गरिरहेकी थिइन् । गाउँसभाको अध्यक्षता गरिरहेका तामाङ भने मौन बसिरहेको थिए ।

अध्यारोमा दोस्रो गाउँसभा

कार्यपालिकामा छलफलै नगरि सिधै गाउँसभामा

आर्थिक वर्ष २०७४/७५ मा तेमाल गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रम कार्यन्वयनको समिक्षा र प्रस्ताब कार्यपालिकामा छलफल नगरि सिधै गाउँसभामा पेश गरेकोमा सबै वडा अध्यक्षहरुले आपत्ति जनाएका थिए ।

‘यो प्रस्ताब पेश गर्न भनेर कस्ले भनेको तपाईलाई ?’ तपाईं एक्लैले यो सभामा यसरी प्रस्ताब ल्याउन मिल्छ ? उनले प्रस्ताब पेश गर्ने वित्तिकै आपत्ति जनाउँदै ६ नं. वडा अध्यक्ष विकुलाल मोक्तानले भने– ‘तपाईंको व्यक्तिगत हिसाबले प्रस्ताब ल्याउन पाउनुहुन्छ ? अध्यक्ष ज्यू तपाईंले भनेर यो प्रस्ताब ल्याएको हो ?’

यसरी प्रस्न गरिरहँदा अध्यक्ष सलामसिं तामाङ नतमस्तक भएर बसेका थिए । ‘होइन अध्यक्ष ज्यूको निदेर्शनमा मैले प्रस्ताब पेश गर्ने हो ।’ लामिछानेले जवाफ दिईन् । अध्यक्ष तामाङले लामिछानेको कुरा विचैमा काटेर बोल्न थाले । ‘हेर्नुहोस वडा अध्यक्ष ज्यू, हामीले जहाँसुकै पनि जतिखेर पनि प्रस्ताव राख्न पाउँछ । प्रस्ताव राख्नका लागि कसैलाई सोध्नु पर्दैन ।’ तामाङले भने– ‘प्रस्ताब हो, स्वीकार्ने नस्वीकार्ने तपाईहरुको कुरा हो । तपाईहरुले पनि प्रस्ताब राख्न पाईन्छ । सवारी साधन भनेको दुई पांग्रे, चार पांग्रे हुन्छ, किन्ने भए पास गर्नुहोस् नकिन्ने भए पास नगर्नुहोस् ।’

वडा अध्यक्षहरु माथि आक्रमक बनिन लामिछाने

वडा अध्यक्षहरुले कुरा राख्दै गर्दा प्रशासकिय अधिकृत लामिछानेको ध्याउन्न भने गाडि किन्ने प्रस्ताब कसरी पास गराउने भन्नेमै देखिन्थ्यो । अनि वडा अध्यक्ष र सभामा उपस्थित भएका सदस्यहरुले गाडि किन्ने प्रस्ताब पास नगर्ने अवस्था आएपछि वडा अध्यक्षहरु माथि विभिन्न आरोप लगाउँदै आक्रमक बनेकी थिइन् ।

‘चुप लाग्नुहोस् तपाईंहरु, कर्मचारीलाई काम गर्न नदिने तपाईंहरु नै हो ।’ लामिछाने आक्रोशित भावमा भन्दै थिए– ‘वडा अध्यक्षज्यूहरु उहाँहरुलाई काम गर्न किन नदिएको ? काम गर्न दिनुपर्दैन ?’

उपाध्यक्षलाई पनि छोडेनन् लामिछानेले, अध्यक्ष र उपाध्यक्षलाई भन्दा लामिछानेलाई गाडि मोह

गाडि खरीद गर्ने प्रस्ताब गाउँसभाले पारित नगरेपछि लामिछाने नारायणस्थनको मुल सडकमै आक्रोश पोख्दै थिइन् । गाउँपालिका अध्यक्ष दुर्गा लामाले गाउँसभा सकेपछि भाडामा ल्याएको गाडि लिएर घर हिंडेपछि त झन् उनी सडकमै बर्बराउन थालिन् । ‘अध्यक्ष ज्यू, त्यो दुर्गालाई गाडि लान कस्ले भनेको थियो ? हामीलाई ढिलो हुँदैन ?’ लामिछाने ठूलो स्वरमा भन्दै थिइन्– ‘उसको लागि ल्याएको गाडि हो र त्यो ? मलाई नसोधी लान मिल्छ ?’ अध्यक्ष तामाङ भने कुनै जवाफ नदिइकन मुसुमुसु मात्र हाँसेर बसेका थिए ।

उपाध्यक्ष दुर्गा लामाले केही वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई समेत लिएर वडा नं. ८ सम्म गाडि लिएर गएका थिए । लामिछानेले भने ड्राईभरलाई फोन गर्दै जहाँ पुगेको छ त्यहींबाट फर्काउन आदेश दिईरहेकी थिइन् । एकातिर गाडि खरीद गर्ने प्रस्ताब फेल हुनु अर्कोतिर उपाध्यक्ष लामाले गाडि लिएर गएपछि लामिछाने रिस पोख्दै थिइन् ।

योजना कार्यन्वयको समिक्षा भन्दा नि ६५ लाखको गाडि किन्ने प्रस्ताबकै चर्चा

प्रशासकिय अधिकृत लामिछानेले गाउँपालिकामा योजना कार्यन्वयनको अवस्थाकोबारेमा समिक्षा गर्नुभन्दा पनि ६५ लाखको गाडि किन्ने प्रस्ताव नै वारम्बार दोहो¥याइन् । वडा अध्यक्ष र वडा सदस्यहरुलाई ताली बजाएर गाडी किन्ने प्रस्ताव पास गर्न बारम्बार उर्दी जारी गर्दै थिइन् । गत आर्थिक वर्ष २०७४÷७५ सालको बजेट नीति अनुसार नै सवारी साधन खरिद गर्ने शिर्षकमा गाउँपालिकाले ६५ लाख बजेट विनीयोजन गरेको थियो ।

केन्द्र सरकारको मन्त्री स्तरीय निर्णय अनुसार सबै स्थानीय तहलाई गाडि निकिन्न निर्देशन दिईए पनि सवारी साधनको शिर्षकमा यसरी बजेट विनियोजन गरेको थियो । विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जार, बहुमत वडा अध्यक्षहरु र जनसमुदायबाटै यसको व्यापक विरोध आए पछि यो निर्णय उल्टाएका थिए ।

दोस्रो गाउँसभामा ६५ लाखको गाडि खरिद गर्ने प्रस्तावले योजना कार्यन्वयको समिक्षा र अन्य विषय ओझेलमा परेको थियो । अरु विषयमा छलफल भइरहदा पनि उनले बीच–बीचमा गाडी खरिद गर्ने प्रस्ताबको पक्ष र विपक्षमा कहिल्ये ताली बजाउन उर्दी जारी गर्दै थिए भने, कहिल्ये विपक्षमा हुने र पक्षमा हुनेले पालै पालो हात उठाउन उर्दी नै जारी गर्दै थिए ।

८ नं. वडाका वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले नीतिगत व्यववस्था भए मात्र सवारी साधन किन्ने नत्र हुन्न भनेपछि कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु र गाउँसभाका सदस्यहरुले उनको समर्थनमा ताली बजाएका थिए । अन्ततः प्रशासकिय अधिकृत लामिछानेको गाडि चढ्ने सपना चक्नाचुर भयो ।

अस्तव्यस्त सभा त्यसमाथि आँध्यारो भित्र

सदन सञ्चालन मर्यादित हुनुपर्नेमा अस्तव्यस्त र अव्यवस्थित थियो । विषय बस्तुमाथि कुरा राख्ने, आपत्ति जनाउने र सभा अध्यक्षले कसरी रुलीङ गर्ने भन्ने नै त्यहाँ देखिएन । उपभोक्ता समिति, वन समितिको भेलाहरु बरु व्यवस्थित हुन्छ तर गाउँ सभा त्यति पनि व्यवस्थित देखिदैन थ्यो । बोल्नलाई आ–आफ्नो पालो नै नआउनुपर्ने त नियम नै बनिसकेको देखिन्थ्यो ।

आँध्यारो कोठा, त्यसमाथि नयाँ निर्माण हुँदै गरेको विद्यालय भवनलाई सभा हल बनाएको थियो । ‘आँध्यारो भित्र उज्यालोको निर्णय कसरी सम्भव होला त ?’ वडा सदस्यहरु भन्दै थिए ।
७ नं. वडा अध्यक्ष ज्ञानबहादुर मोक्तानले सदन सञ्चालन विधि माथि नै प्रस्न उठाएका थिए । ‘सदन भनेको के हो ? कसरी सञ्चालन हुन्छ ? यहीं नै हो सदन सञ्चालन गर्ने गरिका ?’ मोक्तानले भने– ‘केही छलफल नै नगरी ‘ताली बजाउ, हात उठाऊ’ मात्र भन्ने हो ?’

यसैगरि ९ नं वडा अध्यक्ष चन्द्रबहादुर लामाले पनि सदन सञ्चालन विधि प्रति आपत्ति जनाएका थिए । ‘अध्यक्ष ज्यू, हामी तालि मात्र बजाउन यहाँ आएका हौं ? यो सम्मानित सभाको जवाफदेही हामी कार्यपालिका सदस्यहरु पनि हौं ।’ लामाले भने– ‘तपाईंले जे–जे प्रस्ताब ल्यायो हामीले तालि बजाउने ? कार्यपालिकाको बैठकमा छलफल गरेर गाउँसभामा पेश गर्नुपर्ने विषय एक्कासी यहाँ किन प्रस्तुत भयो ?’

कार्यपालिकाको बैठक फागुन १८ र १९ गते राखेको तर ७ नं. वडा अध्यक्षको बहिनीको विहे भएकोले रोकेको जानकारी दिदै २१ गते राखेकोमा कोही पनि उपस्थिति नभएकोले प्रस्ताव माथि छलफल गर्न नसकेको जवाफ दिए । ‘तपाईहरु कोही पनि आएनन् बैठकमा जति आउँछ त्यतिको वैठक बसेको कोरम नपुगेपछि निर्णय लेखेनौं ।’

 

 

तेमालमा अस्पष्ट भएको कुरा धुलिखेलमा कसरी स्पष्ट भयो ?

गाउँसभामा कक्षा ८ को परिक्षा सञ्चालन सम्बन्धि नियमन कार्यविधि–२०७४ पनि प्रस्तुत भएको थियो । शिक्षा समितिको संयोजक विकुलाल मोक्तानलाई समेत थाहा नदिइ निर्माण गरेको यो कार्यविधिको बारेमा समेत वडा अध्यक्षहरुले आपत्ति जनाए । यो कार्यविधि कहाँबाट कसरी आयो भन्ने प्रश्न राख्दै शिक्षा समितिका संयोजक मोक्तानले यो कार्यविधि विधि मार्फत नआएको बताए ।

‘यो कार्यविधि तेमाल गाउँपालिकामा अस्पष्ट हुने तर धुलिखेलमा पुग्दा कसरी प्रष्ट भयो ?’ उनले भने– ‘शिक्षा नियमवलीलाई उल्लांघन गरेर कार्यविधि निर्माण गर्न मिल्दैन ।’ शिक्षा शाखाको प्रमुख चन्द्रप्रसाद मैनालीले यो कार्यविधि धुलिखेलमै बसेर ड्राफ्ट गरेको स्वीकारे । परिक्षा नजिक आएकोले बनाउन बाध्य भएको उनले बताए ।

 

प्रशासकिय अधिकृत लामिछानेले भने नियमावली नभएकोले कार्यविधि बनाएको प्रष्ट पारे । ‘शिक्षा ऐन वेभसाइटमा राखेको छैन, शिक्षा नियमावली मात्र देखें । ऐन बनेपछि मात्र नियमावली बनाउनुपर्ने हो यो भएन ।’ उनले भनिन्– ‘त्यसैले अहिले हामीले गाउँ शिक्षा नियमावली बनाउन मिल्दैन, कार्यविधि मात्र बनाउन मिल्छ ।’

‘मलाई वडा अध्यक्षहरुकै असहयोग’
गाउँसभाको समापन मन्तव्य राख्ने क्रममा तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले आफूलाई वडा अध्यक्षहरुबाटै असहयोग भएको गुनासो पोखे । ‘मलाई वडा अध्यक्षहरु असहयोग भयो ।’ उनले भने– ‘यो तेमाल मेरो मात्र हो र ? तपाईंहहरुको सहयोग विना म मात्र कसरी अघि बढ्न सक्छु ?’ वडामा महिनाको ३ पटक वैठक बस्न गरेको निर्णय कार्यन्वयन नभएको जनाउँदै वडा सदस्यहरुलाई वैठक कति पटक बस्छ भनेर सोधेका थिए ।

जवाफमा वडा सदस्यहरुले नियमित वैठक बसेको जानकारी दिएका थिए ।

कर्मचारीले नटेरेको गुनासो
तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले आफूलाई कर्मचारीहरुलो पनि नटेरेको गुनासो गरे । विषयगत कार्यालयहरु रहेता पनि कार्यालय खाली भएको बताए ।

कर्मचारीले नटेरेको प्रति इंगित गर्दै अध्यक्ष लामाले भने, ‘तेमाल गाउँपालिकाले तलब ख्वाएपछि गाउँपालिकामा बस्नुपर्दैन ?’ उनले विषयगत कर्मचारीहरुलाई एक एक गरि निर्देशन समेत दिए । ‘कृषिको अफिस छ, अफिसमा कर्मचारी कहिल्यै भेट्दैन ।’ उनले भने– ‘कर्मचारी भयो भन्दैमा हुन्छ ? मलाई नटेर्ने ? रुलमा रहनुपर्छ कि पर्दैन ?’ गाउँसभामा वडा सचिवहरु समेत उपस्थित नभएकोमा आक्रोश पोखे ।

अध्यक्षले समापन मन्तव्य राख्दै गर्दा प्रशासकिय अधिकृत लामिछाने बीचैमा कुरा काटेर वडा अध्यक्षहरुलाई नै गालि गर्दै थिइन् । ‘सचिवहरुलाई ल्याउने जिम्मा वडा अध्यक्षहरु को हो, खोइ ल्याएको ?’ उनले सोधिन् ।

वडा सहयोगीको व्यवस्था गरिएता पनि वडा कार्यालय जाँदा बन्द रहेको भेटेको भन्दै यसो गर्न नमिल्ने बताए । लेखापाल विनोद शाहले उपभोक्ता समितिलाई अनावश्यक दुःख दिएको गुनासो आएकोले अब यसो नगर्न उनले निर्देशन दिए ।
यसैबीच उनले जनप्रतिनिधिलाई नहेप्न पनि कर्मचारीलाई निर्देशन दिए । ‘कर्मचारी भयो भन्दैमा हामीलाई हेप्ने ? जनप्रतिनिधिले भनेको कुरा मान्नुपर्दैन ?’ उनले भने ।

काम विना नै भत्ताको लागि लाईन

गाउँसभामा योजना कार्यन्वयनको समिक्षा र प्रस्ताब माथि छलफलै नभई गाउँसभा समापन भयो । गाउँसभा विना उपलब्धि र विना निष्कर्ष समापन भयो । कर्मचारी र जनप्रतिनिधिहरु भने भत्ता बुझ्न लाईन नै बसेका थिए ।

भत्ता पाउँछ भन्ने थाहा नभएर बाहिर गएकाहरुलाई समेत सम्बन्धित वडा अध्यक्षहरुले बोलाई बोलाई भत्ता बुझ्न लगाएका थिए ।

गाउँसभा मार्फत जनताको काम गर्न पुगेका जनप्रतिनिधिहरु जनताको कामै नगरी यसरी भत्ता मात्र बुझेर फर्किनु कत्तिको जायज होला ? अलिकति सोच्ने पो हो कि ?????

गाउँसभाकोबारेमा यसरी ढाकछोप गरे अध्यक्ष सलाम सिं लामाले

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।