१७ चैत्र, काभ्रे, कोशीपारी । काभ्रेलाई पूर्ण सरसफाई बनाउने अभियान अन्तर्गत जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समिति जिल्ला भरि क्रियाशिल रहेको छ । पूर्ण सरसफाईको पहिलो खुड्किलाको रुपमा सबै स्थानीय तह र यसको वडाहरुलाई खुल्ला दिशा मुक्ता क्षेत्र घोषणा गर्ने क्रम तिब्र बनेको छ ।
यो अभियान अन्तर्गत जिल्लाको कोशीपारी चौरीदेउराली गाउँपालिका र भुम्लु गाउँपालिकामा खुल्ला दिशा मुक्त वडा घोषणा गर्दै गाउँपालिकालाई नै खुल्ला दिशामुक्त गाउँपालिका घोषणाको तयारी गरिरहेको छ । चौरीदेउराली गाउँपालिकालाई शनिबार (आज) खुल्ला दिशा मुक्त गाउपालिका घोषणा गर्ने कार्यक्रम रहेको छ भने भुम्लु गाउपालिकाले तिब्र तयारी गर्दै छ । यससँगे चौरीदेउराली गाउँपालिका जिल्लाकै दोस्रो खुल्ला दिशामुक्त गाउँपालिका हुनेछ ।
यसैबीच भुम्लु गाउँपालिका वडा नं. १ र ५ अब खुल्ला दिशामुक्त वडा भएको छ । बुधबार र विहिबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेपछि यो वडा अव खुल्ला दिशामुक्त वडा भएको हो ।
भुम्लु गाउँपालिका, ५ नं. वडा ४२ औं स्थानमा
भुम्लु गाउँपालिका वडा नं. ५ ले आफूलाई खुल्ला दिशामुक्त वडा घोषणा गरेर जिल्लाको (साविकको गाविस अनुसार) ४२ औं स्थानमा दर्ज गर्न सफल भएको छ । महाविनासकारी भुकम्पका कारण यो अभियान अवरुद्ध हुन पुगेपनि पुनर्निर्माणसँगै ५ नं. वडाबासीले शौचालय निर्माण गरेर वडालाई दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएको हो ।
वडालाई खुल्ला दिशामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले पूर्ण सरसफाईको लागि सबै लाग्न अनुरोध गरे । ‘पूर्ण सरसफाई भनेको हामीसबै मिलेर गर्न सक्ने कुरा हो । यस प्रति हेलचेक्राई नगरौं ।’ सरसफाई जीवनसँग जोडेको भन्दै कुवरले थपे– ‘सरसफाईमा ध्यान नदिनेलाई गाउँपालिकाको सेवा सुविधाबाट बञ्चित गराउँछौं ।’ उनले खानेपानी सरसफाईको मुख्य सर्त भएकोले सबै टोल टोलमा खानेपानीको व्यवस्था अर्को वर्षमा गरिने प्रतिबद्धता जनाए । गाउँपालिका नजिक रहेको मानेडाँडा बजार र आसपासका सबै बजार एरिया सरसफाइ नभए कार्वाही हुने बताए ।
कार्यक्रममा विशेष अतिथि समेत रहेका डिवास सिसी तथा जिल्ला खानेपानी डिभिजन कार्यालयका अधिकृत रामकाजी काफ्लेले पुर्ण सरसफाई अभियानका विभिन्न खुचरणहरुकोबारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । जथाभावी गरेको दिशाका कारण लाग्ने विभिन्न रोगकोबारेमा जानकारी दिंदै उनले अबका दिन देखि कसैको मुखमा पनि दिशा नपर्नेमा आफू विश्वस्त भएको काफ्लेले बताए । उनले सल्लेभुम्लोका पहिचान फेरिएको बताउँदै पूर्ण सरसफाई अभियानमा लागेका विभिन्न राजनीतिक दल, संघ÷संस्था, व्यक्तिहरुलाई धन्यवाद समेत दिए । कार्यक्रममा जिल्ला खानेपानी डिभिजन कार्यालयका प्राविधिक नवराज हुमागाई लगायतका अतिथिहरुको सहभागीता रहेका थिए ।
यस वडामा ५ सय १ घरधुरी रहेकोमा १ सय ५३ स्वैच्छिक र जिल्ला खानेपानी डिभिजन कार्यालयको सहयोगमा १ सय ३० वटा निर्माण भएको छ । बाँकी निर्माण कार्य भइरहेको वडा अध्यक्ष अञ्चल लामाले जानकारी दिए । उनका अनुसार शौचालय हुँदै नभएको यस वडामा ६ घरधुरी रहेको छ ।
भुम्लु गाउपालिका १ नं. वडा ४३ औं स्थानमा
पूर्ण सरसफाई अभियानकै क्रममा भुम्लु गाउँपालिका १ नं. वडा सापिङले आफूलाई ४३ औं स्थान (साविकको गाविस अनुसार) कायम गर्न सफल भएको छ । यस वडामा विहिबार खुल्ला दिशामुक्त वडा घोषणा भएको हो ।
वडालाई खुल्ला दिशामुक्त घोषणा गर्दै कार्यक्रमका प्रमुख अतिथि भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले गुमानध्वज कुवर अब सरसफाई अभियान शुरु भएको बताए । सरसफाईलाई विशेष जोड दिएर गाउँपालिकालाई पूर्ण सरसफाई गाउँपालिका बनाउने योजना अघि सार्ने उनले वताए । ‘गाउँपालिका भरि एक घर, एक धारा हाम्रो संकल्प हो ।’ उनले भने, ‘खानेपानीको व्यवस्थापन विना सरसफाई अभियान सफल हुन्न, त्यसैले अर्को वर्ष खानेपानी वर्षको रुपमा गाउँपालिकाले योजना बनाउनेछ ।’ उनले ‘एक टोल एक बाटो, एक घर एक धारा’ आफ्नो गाउँपालिकोको संकल्प रहेको प्रष्ट पारे ।
जनताको अगाडि सरकारः कुवर
खुल्ला दिशाामुक्त वडा घोषणा गर्न पुगेका गाउँपालिका अध्यक्ष कुवरले जनताको गुनासो एक एक गरि सुने । ‘लौ सरकार तपाईंको आँगनमा आईपुगेको छ, के–के छ गुनासो सुनाउनु होला ।’ अध्यक्ष कुवरले भने ।
दिदिबहिनीहरुले चाहे रक्सी बन्द हुन्छ
रक्सी जथाभावी विक्रि वितरण भएको कारण गाउँमा महिला हिंसा बढेको गुनासे सहभागी महिलाहरुले गरे । कुवरले गुनासोको जवाफ दिंदै महिलाहरुले आँटे रक्सी बन्द हुने बताए । ‘रक्सी दिदिबहिनीहरुले आँट गरे बन्द हुन्छ ।’ उनले सुझाए– ‘आफ्नो लोग्नेले रक्सी खाएर आए घर भित्र नछिराउनुहोस् । अति नै भए प्रहरी पठाउछु, गिरफ्तार गरेर कार्वाही गराउँछु ।’ गिरफ्तार भैसके पछि आफ्नो मान्छु छुटाउन नआउन पनि उनले गुनासो कर्ताहरुलाई अनुरोध गरे ।
अल्छि मास्टर चाहिएन
शिक्षकहरुकोबारेमा गुनासो आएपछि अध्यक्ष कुवरले पढाउन अल्छि गर्ने शिक्षकलाई अकौं विद्यालयमा पठाउने चेतावनी दिए । ‘पढाउनु त कता हो कता सुतेर बसेको शिक्षक पनि मैले देखेको छु ।’ उनले भने– ‘अब अल्छि शिक्षका दिन गए ।’
महिला स्वयंविकाको प्रशंसा
कुवरले महिला स्वयंसेविकाको खुलेर प्रशंसा गरे । विना तलब, विना कुनै सुविधा जनताको स्वास्थ्य प्रति इमान्दार भएर लागेकोले अर्को वर्षदेखि महिनाको १ हजार भत्ता दिने उनले बताए । महिला स्वयंसेवीकाहरुलाई टेलिफिल्मको देवी बन्न पनि अनुरोध गरे । ‘टेलिफिल्मको देवी बन्नपर्छ तपाईहरु ।’ उनले भने । कुवरले गरिब र दलितको घरमा सबैभन्दा पहिला सेवा पु¥याउन अनुरोध गरे । ‘मैले सुनेको छु, दलित र गरिबको घरमा तपाईंहरु जान आनाकानी गर्ने गरेको छ रे ।’ अध्यक्ष कुवरले भने– ‘दलित र गरिबकोमा सबैभन्दा बढी जानुहोस्, धनिले एम्बुलेन्स प्रयोग गर्छन्, जुनसुकै अस्पतालमा लान सक्छन् ।’
कार्यक्रममा जिल्ला खानेपानी डिभिजन कार्यालयका रामकाजी काफ्लेले र आधारभूत सरसफाइ पूरा गरे पूण सरसफाई उन्मुख तिर जान सबै लाग्नुपर्ने बताए ।
उनले जन्मेदेखी मृत्युुसम्म सरसफाइ गर्ने कार्य नसकिने बताउँदै स्वच्छ र सरसफाइ घोषण र पुर्न सरसफाइ उन्मुख घोषणाको लागि तयारी गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा उपाध्यक्ष कल्पना श्रेष्ठले सरसफाइमा सबैभन्दा बढी जिम्मेवार महिला भएकोले महिलाहरुले विशेष जोड दिन अनुरोध गरे । उपाध्यक्ष श्रेष्ठले सार्वजनिक शौचालय निर्माण नभएसम्म पुर्ण सरसफाइ नहुने भएकोले सबैको ध्यान सार्वजनिक शौचालय निर्माण तिर जान आवश्यक रहेको बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले वडा अध्यक्ष खिरबहादर श्रेष्ठलाई खुल्ला दिशा मुक्त वडाको प्रमाणपत्र दिएका थिए । साथै खुल्ला दिशामुक्त वडा घोषणाका लागि सहयोग गर्ने विभिन्न संघ÷संस्था, समाजसेवी, विद्यालय लगायतलाई प्रशंसा पत्र दिएका थिए /
कार्यक्रममा स्वास्थ्य चौकीका उपाध्यक्ष कमल गिरि, स्वास्थ्य चौकी इन्चार्ज पर्वत शंकर, समाजसेवी लेखनाथ श्रेष्ठ, सबल कार्यक्रमका सहजकर्ता किरण माझी, हरियाली महिला सहकारीका प्रतिनिधि मायादेवी पराजुली, भुम्लु गाउपालिका स्वास्थ्य शाखाका कृष्ण केसि, पत्रकार संन्तोष दाहाल लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
यस वडामा ११ सय ८ घरधुरी रहकोमा १ हजार ६५ शौचालय निर्माण कार्य सम्पन्न भइसेको छ भने बाँकी निर्माणाधिन अवस्थामा रहेको छ । सामूहिक प्रयोग गरेको शौचालय भने ३७ वटा रहेको छ ।
यस अघि चौरीदेउराली गाउँपालिकाको ३ वटा वडामा शौचालय निर्माणको अवस्था अनुगमन गरेको थियो ।