२९ जेष्ठ २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कर्मग्याल्पो लामाले आफ्नो वडामा जनताले चाहे अनुरुप नै विकास योजनाहरु सूचारु रहेको बताएका छन् । तेमाल अनलाईनको यूट्यूब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको अन्तरसंवादमा वडा अध्यक्ष लामाले उक्त कुरा बताएका हुन् ।
संवादको क्रममा वडा अध्यक्ष लामाले आफ्नो वडामा ‘खानेपानी छैन, सडक छैन’ भन्ने कोही नभएको बताएका छन् ।
‘जनताले जे माग गर्छ त्यो पूरा गर्दै आएको छु ।’ लामाले भने, ‘मेरो वडामा खानेपानी छैन, सडक छैन भन्ने कोही पनि छैनन् ।’
लामासँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।