२९ जेष्ठ २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उद्धप्रसाद काफ्लेले आफ्नो वडामा स्वास्थ्य, शिक्षा र खानेपानीमा राम्रै प्रगति भएको बताएका छन् । तेमाल अनलाईनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको संवादमा वडा अध्यक्ष काफ्लेले उक्त कुरा बताएका हुन् ।
आफूले वडामा एक घर एक मिटर जडित धारा जनतासँग प्रतिबद्धता जाहेर गरेकोमा पूरा गरेको काफ्लेले बताए ।
वडा अध्यक्षहरुबीचमा कुनै असझदारी नरहेको उले प्रष्ट पारे । ‘हामी वडा अध्यक्षहरुबीचमा कुनै पनि खालको असमझदारी छैन । समझदारीमै अघि बढिरहेको छ ।’ वडा अध्यक्ष काफ्लेले भने, ‘हाम्रो एकताले नै नमोबुद्ध नगरपालिकामा विकास भएको छ ।’
वडा अध्यक्ष काफ्लेसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















