डिलबहादुर थोकर, २९ जेष्ठ २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रामशरण हुमागाईंले नमोबुद्ध नगरपालिकामा अपारदर्शीताले सिमा नाघेको बताएका छन् । तेमाल अनलाईनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको अन्तरसंवादमा वडा अध्यक्ष हुमागाईंले उक्त कुरा बताएका हुन् ।
राजस्व संकलनमा अनियमितता गरेको राजस्व संकलन गर्ने कर्मचारीले स्वीकारीसकेको हुमागाईंले खुलासा गरे ।
‘राजस्व संकलनमा खटिएका कर्मचारीहरुको बयान रेकर्ड छ हामीसँग । उहाँहरुले स्वीकार्नु भएको पनि छ ।’ वडा अध्यक्ष हुमागाईंले भने, ‘हामीले माथि पनि पैसा बुझाएका छौं भनेका छन् । माथि भनेको कहाँ हो भनेर सोध्दा ‘हाम्रो ज्यान माथि खतरा छ’ भन्नु भएको छ । संलाग्न जिम्मेवार तहबाटै छ ।’
हुमागाईंसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















