३० जेष्ठ २०७७
नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ९ का अध्यक्ष मेलबहादुर तामाङले युवाहरुलाई कृषिमा लगाएर रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिएका छन् । तेमाल अनलाईनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको संवादमा वडा अध्यक्ष तामाङले उक्त कुरा बताएका हुन् ।
तामाङले नमोबुद्ध नगरपालिकाले आजसम्म नगर भित्रको बेरोजगारी समस्या हल गर्न कुनै योजना बनाउन नसकेको बताए ।
‘अब कृषि मै अगाडि बढ्नु पर्छ । युवाहरु विश्वको विभिन्न देशमा र गाउँबाट काठमाडौंमा गएर काम गरिरहेका छन् ।’ वडा अध्यक्ष तामाङले भने, ‘अबको दिनमा युवाहरुलाई लक्षित गरेर कृषिलाई अगाडि बढाउनुपर्छ । नमोबुद्ध नगरपालिकाले युवाहरुलाई रोजगारको सृजना गर्न सकेको छैन ।’
तामाङसँग गरिएको कुराकानी हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।