३० जेष्ठ २०७७
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कृष्णबहादुर तामाङले नगरको विकास निर्माणका लागि आफूहरु एकढिक्क रहेको बताएका छन् । तेमाल अनलाइनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको कुराकानीमा वडा अध्यक्ष तामाङले उक्त कुरा बताएका हुन् ।
जनतासँग निर्वाचनको बेला गरेको बाचाहरु के के पूरा भयो अब समिक्षा गर्ने बेला आएको वडा अध्यक्ष तामाङले बताए ।
‘हामीले निर्वाचनको बेला भोट माग्दा जनतासँग गरेको बाचाहरु के–के पूरा भयो त ? अब समिक्षा गर्ने बेला भएको छ ।’ वडा अध्यक्ष तामाङले भने, ‘जनताको आशा र अपेक्षा अनुरुप नै हामी अघि बढेका छौं । यो अवधिमा भएको विकास निर्माणले यो प्रमाणित गर्दछ ।’
वडा अध्यक्ष तामाङसँगको कुराकानी हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















