३१ जेष्ठ २०७७
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शेरबहादुर तामाङले आफ्नो नगरपालिका भित्र रहेका मापदण्डा पूरा नगरेका क्रसर उद्योग बन्द गर्ने बताएका छन् । तेमाल अनलाइनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको कुराकानीमा वडा अध्यक्ष तामाङले उक्त कुरा बताएका हुन् ।
‘नेपाल भरिको क्रसरले मापदण्ड पूरा गरेको छैन । खोलामा बालुवा फिल्टर गर्दा पानीलाई सङ्लो बनाएर पठाउनुपर्ने हुन्छ । तर त्यसो गरेको छैन ।’ वडा अध्यक्ष तामाङले भने, ‘जसरी पनि डाँडा फोर्ने, जथाभावी गर्न खोजे क्रसर उद्योगको पनि इंट्टा भट्टाको जस्तै हालत हुन्छ । अटेर गरे कुनै बेला हामी क्रसरलाई पनि हटाउँछौं ।’
कुराकानीको क्रममा वडा अध्यक्ष तामाङले अबको बजेट कृषिमा केन्द्रित हुने बताए ।

(भुलसुधारः यस समाचारमा यस अघि नमोबुद्ध नगरपालिका वडा नं. ८ हुनुपर्नेमा अन्यथा हुनगएकोमा क्ष्माप्रार्थी छौं )

तामाङसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।