कान्छा तामाङ (परिभाषा)

नेपालको राज्य सत्ता र इतिहासले नै ठगिएका तामाङहरु फेरि एक पल्ट आफ्नो अधिकार प्राप्तिका निम्ति बिद्रोह गर्नुको बिकल्प छैन । तामाङका पुर्खाहरुले राणाको बिरुद्ध पञ्चायत ल्याउन, पञ्चायतको बिरुद्ध बहुदल, बहुदलको बिरुद्ध गणतन्त्र ल्याउन होस् चाहे दशबर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन लगायत सबै खाले संघर्षमा महत्वपूर्ण सहयोग र योगदान पु¥याउदै आएका छन् । बिडम्बना आज देशमा संघीय गणतन्त्र आएको १३ बर्ष बिति सक्दा पनि आम तामाङ समुदायको जिबनस्तर, आर्थिक, शैक्षिक हैसियत र राजनैतिक स्तरमा खासै फड्को मार्न सकिरहेका छैनन्। बहुसंख्यक तामाङ जनता गरिबीको रेखामुनि छन् । बिहानको छाक टारे पछि बेलुकाको छाक कसरी टार्ने होला भन्ने चिन्तामा देखिन्छ ।
आफ्नो सन्तानको लालन पोषन शिक्षा, स्वास्थ्य र दैनिकी धान्न धैधै परिरहेका तामाङहरु धेरै छन्। केही थोरै मात्र तामाङहरु सम्पन्न देखिन्छ। उनिहरु यहाँ सबै थोक आएको र अब अरु केही गर्नु आवश्यक ठान्दैन । हाम्रा समाजमा आफुले खान लगाउन र दुई चार पैसा कमाई गर्न सके पछि कुनै केही समस्या नरहेको देख्ने केही सामन्त र दलालहरु छन् । तिनीहरु नै यो समाज परिवर्तनका बाधक हुन्। अझ भन्ने हो भने सामन्त शोसक यथास्थितिमा रहेर आफ्नो बर्चस्व कायम राखि सबैलाई तल राख्नु उनिहरुको नियति नै हो। जनताले त्यस्ता मान्छेहरुलाई बेलैमा चिन्न सक्नु पर्दछ नत्र यस्ता ब्वाँसाहरुले समाजलाई कहिलै पनि माथि उठ्न नसक्ने गरि खोक्रो पार्नुका साथै परिवर्तनका स्वर अनि आवाजलाई रोक्न र छेक्न खोज्ने छन् ।
आज पुरानै संसदीय ब्यवस्था जुन यो मुलुकको लागि अफापसिद्ध र असफल भै सकेको मक्किएको राज्य ब्यवस्था पुनः रुप रंग सिगारेर नाम मात्रको लोकतान्त्रिक गणतन्त्र आएको छ। यो ब्यबाहरत उहीँ पुरानै संसदीय ब्यवस्थाको निरन्तरता नै हो। यसले जनताको जनजिविका, गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य निःशुल्क ग्यारेन्टी र रोजगारी अनिवार्य गरि आर्थिक सामजिक बिकासमा अगाडि बढ्नु पर्दथियो । तर बिडम्बना यो सामाजिक फाँसिवादि दलाल सरकारको नयाँ नेपाल, सुखि नेपाली सम्बृद नेपाल भन्ने नारा त हत्तिको दाँत जुन चपाउन काम लाग्दैन देखाउन मात्र काम लाग्छन् त्यस्तै भएकोछ। उखान टुक्का र नाराले मात्र देश चल्ने भए परिवर्तनको लागि राजनैतिक कन्ति किन आवश्यक पर्थियो र ।
२००७, ०१७, ०३६, ०४६, ०५२ लगायत ०६२।०६३सालमा भएका १९ दिने जनआन्दोलन र १० बर्से जनयुद्ध के सरकार बदल्नका लगि मात्र भएका संषर्ष हुन् त ? सरकार पटक पटक बदले तर यहाँ जनता र रास्टको निम्ति सहिरुपमा ब्यवस्था बदलिएन । बरु नेताहरु र उसका आफन्त नातागाोता आसेपासेहरुको जीवन बदलिए। शहरमा महल ठडिए दुई चार करोड कमाउन सफल भए। एक दुई वटा उद्योग चलाउन सफल बने, केही आसेपासेलाई सरकारी जगिरमा लगाउन सफल भए होला । के यहि हो परिवर्तन ? के नेपली जनताले अपेक्षा गरेको ब्यवस्था यहि हो। समाज गतिशिल छ। समाजको गतिशिलतालाई पक्डेर अझ सहिरुपमा अगााडि बढाउनु गति प्रदान गर्नु नै कान्ति हो। यहाँ दुनियाँको ब्याख्या सबैले गरे, सबै बुझे तर बदल्ने कुरा मुख्य हुन्।
आज तामाङहरु केन्द्रीय राज्यसत्ताका वरपर रहेर पनि उनिहरुको जीवन दैनिकी कस्टकर नै छन् । नेपालको कुनै पनि राजनैतिक परिवर्तनले खासै उनिहरुको जीवन व्यवहार बदल्न सकेन। राज्यसत्ताको पहुँच भन्दा बाहिर नै रहि रहयो। खासै उनिहरुलाई राज्यसत्ताले छोएन। तसर्थ तामाङहरु आज २१ औं शताब्दीमा पनि गरीव दरिद्र भई गरिवीको रेखा मुनि रहेर बाँचिरहेका छन्। तामाङहरु केन्द्रीय सत्ताको उत्पिडनसँगै आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक र भाषिकरुपमा पनि उत्पिडन भोग्न बाद्यय छन्।
भन्नू पर्दा २१ आंै शताब्दीमा यो राज्यसत्ताको दास भएर बाँच्न बाद्यय बनाएका छन्। हामी तामाङहरु दास होईनौ आफ्नो समुदाय र रास्ट्रको बिकास सम्बृद्दीको निम्ति हातेमालो गरेर अघि बढ्न चाहान्छौ। त्यसो हुदाँ तामाङहरुको निमित कान्ति अनिवार्य शर्त हो। पुरानो राज्यसत्ता फालेर नयाँ राज्य ब्यवस्था स्थापना गर्ने अभियान अनिवार्य बन्नपुगेको छ। यहाँ भनिन्छः अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ। यहाँ हरेक आन्दोलन र संघर्षबाट आएको परिवर्तनले तामाङहरु ठगिदै आएकोछ। प्रचण्डको नेतृत्वमा भएको १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट ल्याएको गणतन्त्रमा पनि ताम्सालीङ आएन। डबल नेकपा का समाजवादी भन्ने सरकार त प्रदेशको नामसम्म पनि राख्न नसक्ने बेकुफ सरकार बनेका छन्। यस्ता सरकारले जनहितको पक्षमा कानुन बनाएर लागु गर्ने कुरा त काँशी जाने कुरै त हो। प्रचण्ड बिच बाटोबाट कान्ति छोडी भगेर संसदीय भास एंव आलमा डुब्न पुगे। कन्तिमा अगाडि बढ्न चाहेनन् । एमालेमा लगेर माओवादी पार्टी बिर्सजन गर्न पुगे। केपिको टाँङ मुनि छिर्न पुगे ।
१० बर्षे जनयुद्धका मूल्य मान्यता, आदर्श, विचार सिद्धान्त सबै एमालेलाई तुम शरनम् गरे। तर देशभक्त, प्रगतिशिल, राष्ट्रवादी, कन्तिकारीहरुका निम्ति कान्ति रोकिएन। क्रान्तिले नयाँ मोड लिदै अघि बढे पश्चात् कम्युनिस्ट नामधारी डबल नेकपाका सरकार अतालिन पुगे र अनि अन्धधुन्न एकाएक बिदेशी प्रभुहरुकै सल्लाहमा एकीकृत जनकन्तिलाई प्रतिबन्ध लगाउन पुगे। मान्छेको अभिब्यत्ति स्वतन्त्रता, वाक, बक, प्रेस स्तन्त्रतता र मानव अधिकार माथि दमनको खेल शुरु गरे।
भ्रष्टाचार गु्डागर्दी, बलत्कार, तस्कर, माफिया, देश लुटहा, अनिमियतता, अराजकता र बेथितिको बिषयमा बोल्न नपाउने यहि हो लोकतन्त्र । यहि हो केपि प्रचण्डको समाजवाद । भारतले हाम्रो भुमि मिच्न पाउदैन लिपुलेक, लिम्पियाधुरा हामै् हो भन्दा नेपाली जनता गिरफ्तार हुनु पर्ने अनि जेल बस्नु पर्ने। एनसेलले सरकारलाई कर तिर भन्दा गलत हुने। बाँस्तबमै यिनीहरु बिदेशीका दलालहरुनै हुन्। बिदेशीहरुको आदेश र सल्लाहमा देश चलाउने असली दलाल ठेकेदारहरु भन्दा केही फरक नपर्ला। यस्ता सरकारले जनताको लागि केही गर्ने कुरा त आकाशको फल आँखा तरी मर भने जस्तै त हो।
केपि प्रचण्डको समाजवाद र काँग्रेसको समाजवादको भ्रमले आम तामाङ समुदायलाई भ्रममा राख्ने काम भएकोछ। केपि प्रचण्डको समाजवाद भनेको सामाजिक दलाल पुँजीवाद हो भने कंग्ेशको पुँजीवाद तर भन्ने चाहिँ पुँजिवादी समाजवाद हो। वास्तविक उत्पीडनमा परेका तामाङ समुदाय बैज्ञानिक समाजवाद चाहान्छन् । आफ्नो वर्गिय जातिय मुत्ति चाहान्छन्। बैज्ञानिक समाजवादी ब्यबस्था भित्र ताम्सालीङ स्वयत प्रदेश स्थापना गरि रास्ट्रको विकास र सम्बृदीमा सबै वर्ग जाति क्षेत्र लिङ्गको अधिकारलाई सुनिस्चित गरि मानव सभ्यता र आर्थिक भौतिक सम्बृदी चुम्न चाहान्छ।
यसो हुदा नक्कली डबल नेकपा र बिप्लपले नेतृत्व गरेको नेकपामा आकाश पताल फरक छ। रातो झण्डा र हसियाँ हतौडा बोक्दैमा कम्युनिस्ट पार्टी हुदैन। कम्युनिस्ट मुल्य मान्यता, आदर्श, सोच चिन्तन, व्यवहार, आचरण र जनशैलीलाई न्युनतम रुपमा भए पनि ब्यबहारमा उतारेको छ कि छैन। बोलि व्यवहार, आदर्श, सोच चिन्तन, अचरण र शैली मिलेको छ कि छैन भन्ने जाँच्नु आवश्यक पर्दछ। तपाईं आफै भन्नोस केपि प्रचण्डले नेतृत्व गरेका पार्टी कम्युनिस्ट पार्टी हो कि होईन । पहिचान गर्नुहोस्, छाम्नोस्, जाँच्नोस्, राम्रोसँग बुझ्नोस र भ्रममा नरहनोस् । यी सबैले चलाउने र चलाएका ब्यवस्था भनेको दलाल पँुजीवाद नै हो।
सरकारको स्वामित्वमा रहेका राष्ट्रिय उद्योग, कलकारखा, फ्याक्ट्री प्राईभेटिकरण गर्नु । शिक्षा र स्वास्थ्य सरकारले निःसुल्क सेवा प्रवाह गर्ने जिम्मेवारीबाट सरकार भाग्नु र ब्यक्तिलाई चलाउन दिनु आदि। सरकारको स्वामित्व र नेतृत्वमा नयाँ उद्योग, कलकारखाना, फ्याक्ट्टी नखोल्नु समाजवाद होईन पराधिनवाद तिर मुलुकलाइ धकेल्नु हो । बिदेशी लगानीमा बिदेशीहरुलाई कम्पनी, उद्योग, कलकारखाना खोल्न दिनु दलाल पुँजीवाद हो। पुँजीवादको असली बिकासको सुचक भनेको बित्तिय संस्थाहरु जस्तै बैकहरु धेरै बढ्नु हो।
थोरै मान्छे धेरै धनी बन्नु त धेरै मान्छेहरु चाहिँ गरीव बन्नु हो। सारमा गरिबिको रेखा बढ्नु हो। सहकारी र लघुबित्तिय संस्था जनताको लागि सेवा गर्ने नाममा खोलिएका भएता पनि यसको काम सामान्य जनताहरुलाई समेत ठग्ने र चुस्ने भन्दा अरु केही गरेको देखिन्न । आज बैक, सहकारी र लघुबित्तिय संस्थाहरुले त सेवा भन्दा पनि गरीवहरुको घर खेत बारी र बाँस उठाउने र जनतालाई सुकुम्बासी बनाउने भन्दा अरु केही उपलब्धि गरेको पाईन्न । ऋण लिने मरिमेटेर काम गर्ने ब्याज सावा बुझाउने र धनका मालिकहरुलाई उल्टै धनी बनाउने काम मात्र भएकोछ। यो नै दलाल पुँजीवादले जनतालाई र्पुयाउने वास्तविक सेवा हुन् ।
पूँजीवाद
ब्यक्तिगत स्वामित्व र पूजीको प्रयोगमा आधारित अर्थ प्रणाली नै पुँजीवाद हो। यसलाई अर्थ पद्धति वा अर्थवाद पनि भन्न सकिन्छ। लेनिनले अर्थवाद भनेको अन्तर्रास्ट्रिय अवसरवादको एक रुप हो भनेका छन्।
पुजीवादमाः क) ब्यक्तिगत स्वामित्व ख) नाफा केन्द्रीत ग) खुल्ला बजार घ) खुल्ला अर्थतन्त्र ङ) शिक्षा र स्वास्थ्य खुल्ला छोड्नु यसका प्रमुख बिशेष्ता हुन् । पुँजिवादी ब्यवस्थाको पहिचान हुन् ।
क) ब्यक्तिगत स्वामित्वः
उद्योग, कलकारखाना, बित्तिय संस्था, शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत सेवाका काम पनि ब्यक्तिलाई जिम्मा लगाईदिने र सरकार जिम्मेवारी लिन नचाहने। ब्यक्तिगत कर उठाने र राज्य सत्ता नै करमा चल्ने र राष्ट्रिय आय सेत नबनाउने नबढाउने।
ख) नाफा केन्द्रीतः
सबै काम र क्यिाकलाप नाफा कमाउनको लागि मात्र गर्ने। यसले मानव सेवा, सामाजिक मूल्य मान्यता, आदर्श र भावनालाई बुझ्दैन। यहाँ मरिमरि धेरै काम गर्ने भन्दा पुँजी लगानी गर्नेहरु मात्र धनी बन्दै जाने हुन्छन्। गरीवहरु बाच्न र आफ्नो घर परिवार चलाउन जिन्दगी भर श्रम गरि रहनु पर्ने हुन्छ।
ग) खुल्ला बजारः
बजारमा बस्तुहरुको मुल्य उत्पादन र प्रतिस्पर्दाको आधारमा निर्धारण हुने हुन्छ । सरकारको नियन्त्रणमा बजार रहदैन। बस्तुहरुको मुल्य स्वयम् ब्यापारीले तोक्छन्। किसानहरु िनरिह बन्छन् ब्यापारीहरुले तोकेको मुल्यमा आफ्ना उत्पादनहरु बेच्न बाँध्य बनाईन्छ। सरकारले तोक्ने मुल्य, भाउ, दर रेटलाई ब्यापारीहरुले लंगौटीर धोती लगाईदिन्छन्। जे गरिन्छ पैसाको लागि गरिने हुन्छ ।कृषिको आम्दानी भन्दा उद्योग गर्दाको आम्दानी बढि हुन्छ। मानविय भावना कमजोर बन्दै जान्छन् । समाजमा जब पैसा बोल्न थाल्छ त्यहा न्याय सुसाशन कमजोर हुँदै जान्छ। गुण्डागर्दी, डाँका, लुटपाट, चोरी, बेभिचार, हत्या हिंसा, शोसण दमन, अत्याचार, बिकृति र बिसंगति बढ्दै जान्छ।
घ) खुल्ला अर्थतन्त्रः
पैसा कमाउन सबैखाले काम कारही गर्न छुट पाउने हुन्छ । जुवा तास खेलाउने क्यासिनो, यौन बजार रेड एरिया, गाजा चरेस रक्सि खाने डिस्को बार देखि बैक, सहकारी, फाईनान्स, लघु बित्तिय संस्था सबै खोल्ने चलाउन छुट हुने गदर्छन्। पैसाले पैसा कमाउन सबै खाले गतिबिधि गर्न पाउने हुन्छ । समाजलाई स्वस्थ्य प्रतिस्पर्दा गराउनुको सट्टा अस्वस्थ प्रतिस्पर्दा तिर अग्रसर गराउछ।
ङ) शिक्षा र स्वास्थ्यः
शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार हुन्। यो राज्यसत्ताको दायित्व भित्र पर्दछ । यहाँ शिक्षा र स्वास्थ्य जस्ता महत्त्वपूर्ण सम्वेदनशील सेवा आधा सरकारले आधा ब्यक्तिलाई चलाउन दिने गरेका छन्। शिक्षा र स्वास्थ्यमा मनपरि तन्त्र कायम रहनुका साथै दलालीकरण मौलाई रहेका छन्। निस्शुल्क भनी राज्यकोषबाट पैसा छुटाउने जनताले तिर्न नसक्ने गरि शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ। यो ब्यबसाय गरि जति पनि कमाउन छुट रहेकोछ।
पुँजीवादको सारः
उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच रहेको अन्तर बिरोध नै वर्ग संघर्षमा अभिब्यक्त हुने हुन्छ। असमान तरिकाले पैसाको केन्द्रीकरण हुन्छ। पैसावालहरुको बोलवाला चल्न थाल्छ । गरिवहरुको जीवन संकटतिर धकेलिदिन्छ। पैसाको लागि सबै खाले कर्म गर्ने हुँदा यहाँ पैसा बोल्ने हुन्छ । पैसा, पावर, गुण्डाराज, आफन्तवाद, नातावाद कृपावाद सबै चल्ने हुँदा समाजमा मानवीय भावना, न्याय, सुशासन कमजोर हुने हुन्छ। धनी र गरिब, गरि खाने र बसि खाने, सक्ने र नसक्ने बिचको खाडल फराकिलो बन्दै जान्छन् । केहि सिमित मान्छेको हातमा मात्र राज्य सत्ता र शक्ति कायम रहने हुन्छ ।
बहुसंख्यक जनता माथि थोरै मान्छेले राज चलाउने हुन्छ । त्यसो हुने हुदाँ पुजिवाद भनेको द्वन्द्वको बीउ हुन्। झगडाको पोका हुन् । पुँजिवादले कहिल्यै शान्ति ल्याउदैन। यसको सट्टामा कान्ति अनिवार्य शर्त बन्दै जान्छ। रोपने बेलामा निमको बोट रोपने स्वाद भने तेजपत्ता (दालचिनीको बोट) को खोज्ने काहीँ मिल्छ र । त्यसो भएको हँुदा नेपालमा दलाल संसदीय लोकतान्त्रिक ब्यवस्थाको अनिवार्य खारेजी र बिकल्पमा बैज्ञानिक समाजवादी ब्यवस्था अपरिहार्य बन्दै गएकोछ। बैज्ञानिक समाजवादी ब्यवस्था नै समाजमा स्थायी शान्ति, सुशासन, न्याय, समानता, आर्थिक भौतिक सम्बृद्दी र रास्ट्रीयताको रक्षा गर्न सक्ने एक मात्र नबिनतम ब्यवस्था हुनेछ।
बैज्ञानिक समाजवादी ब्यवस्थामाः
क) शिक्षा र स्वास्थ्य जस्ता आधारभुत सेवा राज्यको दायित्व भित्र रहने हुन्छ। राज्यले यो सेवा जनतालाइ निस्शुल्क प्रधान गर्ने ब्यवस्था मिलाउछन्।
ख) ब्यक्तिगत स्वामित्वको ठाउमा सामुयिक स्वामित्वको बिकास उन्मुख हुन्छन् । एक्लै काम गर्नुको सट्टामा धेरैले गर्ने हुन्छ । धेरै जनाले मिलेर काम गर्ने हुँदा देश र समाजको बिकासमा गति आउने हुन्छ । मुलुक चाँडै बिकास र सम्बृद्दीमा फट्को मार्ने हुन्छ ।
ग) नाफाको लागि काम गर्ने भन्दा पनि मानव सेवा सुबिधा र हित उन्मुख काम गर्ने हुन्छ। नाफा कमाउन मरिमेट्ने र अस्वस्थ प्रतिस्पर्दा गर्ने भन्ने हुदैन। मानवीय जीवन याापनको निमित सिमित समय काम गर्दा हुन्छ। पैसाको निम्ति दिन रात काम गर्नु पर्दैन।
घ) बजार (भाउ दर रेट) सबै सरकारको नियन्त्रणमा हुन्छ । सरकारले तोकेको मुल्यमा खरिद बिक्रीवितरण चल्ने हुन्छ। कृषिजन्य उपज अन्नबाली खाद्यान्न , तरकारी, माछामासु, फलफुल सबैको सरकारले मुल्य तोक्छन् र देशै भर उहीँ मुल्यमा सेवा प्रवाह गर्छन् ।
ङ) आबश्यकता अनुसार किसानलाई खेति गर्न सरकारले जमिन उपलब्ध गर्ने हुन्छ ।
च) समुहिक उत्पादका लागि सरकारले पहल लिन्छन् । सामुहिक उत्पादनमा सहभागी सबैले नाफा पाउने हुन्छ ।
छ) प्रतिस्पर्दात्मक व्यापार ब्यबसाय भन्दा समुहिक ब्यापार ब्यावसाय दीर्घकालीन स्थायी हुन्छन् । प्रतिस्पर्दात्मकले अस्वस्थ विचार चिन्तन र खराप कुराको बिकास गर्छन् भने सामुहिकरणले एक आपसको सहयोगात्मक सोच बिचार मुल्य मान्यताको विकास गर्ने हुन्छ ।
ज) रास्ट्रिय गौरवका उद्योग, कलकारखाना सरकार आफैले सञ्चालन गर्छन्। जनतालाई कुनै खाले चिजको अभाव हुन दिदैन। देश र जनता आत्मनिर्भर हुन्छन् । मुलुक पराधिन अरु देशसँग आस र भर पर्नु पर्ने कुराको अन्त्य हुन्छ । रास्ट्रिय पुजिको बिकास गर्छन् ।
झ) देश र जनतालाई केन्दमा राखेर रास्ट्रिय अर्थनीती बनाउछन्। कृषिजन्य उत्पादन, उद्योग र कलकारखाना सन्चालनमा सरकारले विशेष सहयोग र जोडदिन्छन्।
ञ) जो मान्छे शिपालु र क्षमता बहान हुन्छन् । धेरै सयम काम गर्छन् उनै धनी बन्ने हुन्छ । काम नगरि बस्ने मान्छे धनी बन्न सक्दैन। जे काम गरे पनि उहीँ सम्मान पाउने हुन्छ । काम चोर, कुरैटे, खुरापाते, दलाल सबै अन्त्य हुन्छ । ठगि खाने र लुटि खाने प्रथा बन्द हुन्छ । मिहिनेती र श्रम गर्नेको सम्मान गर्ने संस्कार र संस्कृतिको बिकास हुन्छ ।
सारः पुँजीवादी ब्यवस्था भन्दा बैज्ञानिक समाजवादी ब्यवस्था धेरै नै प्रगतिशिल, उन्नत, सुन्दर समाज निर्माण ब्यवस्था हो। त्यसो भएको हुँदा बैज्ञानिक समाजवादी ब्यवस्थाले मात्र आम तामाङ समुदायलाई मुक्ति दिलाउने हुदाँ राज्य सत्ता परिवर्तनको यात्रामा सरिक बन्नु अनिवार्य हुन आउछ।
राज्य भनेको एउटा वर्गीय संस्था हो, राज्यको उत्पति वर्ग विभेदको कारणले भएको हो र राज्य संस्थाले सधै नै शोषक वर्गको सहायकको रुपमा कार्य गर्दै आएको छ । माक्र्स राज्य सत्ताको जन्म श्रम र पुजीको उत्पादन र विकासको पक्षपात, असमानता, अन्याय, अमानबीय ब्यवहारका कारण भएको हो।राज्य सत्ता मानव जातिको श्रम चेतना, सम्बन्ध, गति र विकासको राजनैतिक अभिब्यक्ति हो। राजनीति चेतना जगाउने र तेज पार्ने उत्प्ेरक हो। त्यहि चेतनाले वर्गसंघर्ष हुँदै आफ्नो वर्गीय हक हित र अधिकार खोज्दछ। खोजेर माग्दछ, नदिएमा बलपूर्वक खोस्दछ पनि। चेतना अब्बल बल हो।
लेनिनले भनेका छन्ः राजनीतिले श्रमजीवी वर्गमा चेतनाको सञ्चार गर्दछ, यस चेतनाबाट वर्गसंघर्षको जन्म हुन्छ ।झझ वर्गसंघर्ष उत्पादक शक्ति र सम्बन्ध बिच रहेको अन्तरबिरोध नै वर्गसंघर्ष हो। राजनीति विज्ञान र कला दुबै हुन्। राजनीतिको मुख्य काम समाज परिवर्तन गर्नु हो। राजनीति राजनीति गर्नको लागि मात्र गरिन्न। राजनीति सत्ता संञ्चालन गर्न र समाज रुपान्तरण गर्न गरिन्छ। कान्ति पछि राजनीति सामाजिक विकास र पुनस्थापनाको साधन बन्न सक्छ। राजनीतिको मुख्य काम समाजमा परिवर्तन ल्याउनको लागि चेतनालाई जागृत गर्नु हो। माओले भन्नू भएकोछः जनता नै ईतिहासका निर्माता हुन् ।
आजसम्मको ईतिहास नै वर्गसंघर्षको ईतिहास हो । ईतिहास जित्नेहरुको हो। हार्नेहरु ईतिहासमा हराउदै जान्छन् । बहादुर, साहशी, निडर, आँटी, जनप्रेमी मान्छेहरूले नै नयाँ ईतिहास जन्माउछन् ।
अब तामाङहरु सुतेर बस्ने बेला होईन। तामाङहरु ताम्सालीङ स्वयत प्रदेश प्राप्तिको निम्ति जाग्नु पर्दछ। तामाङ वर्गको मुक्तिसँगै नेपालमा रहेका सम्पुर्ण जातजाति, भाषाभाषि, क्षेत्र, लिङ्ग, धर्मावलम्बीहरुको मुक्तिका लागि एकाकार बन्दै मुक्ति अभियानमा अगाडि बढ्नु पर्दछ। सबैको मुक्ति आफ्नो पनि मुक्ति हो। सबै जनताको सम्बृद्धी सिङ्गो रास्ट्र र मुलुककै सम्बृद्धी हो। यो नै हाम्रो बैज्ञानिक समाजवादको यात्रा हो। मिलेर अघि बढे सबै सम्भव छ। सम्भावना मानव जिवनको भविस्य हो। भविस्य देख्नु नै नयाँ जीवन हो।
(लेखकः विप्लब नेतृत्वको भातृसंगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रिय संयोजक हुन् ।)

Comments

comments